फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती भाषा-हजारौं वर्षदेखि रहिआएको मूल्यवान सामानको नयाँ छवि

(GMT+08:00) 2011-05-16 14:54:41

              हजारौं वर्षदेखि तिब्बती भाषा तिब्बती जातिबीच तथा तिब्बती र अरु जातिबीच आदान-प्रदान गर्ने महत्वपूर्ण साधन मात्र नभई त्यसले तिब्बती जातिको पुराना ऐतिहासिक संस्कृतिको रेकर्ड गरेको छ। त्यो तिब्बती संस्कृतिको एउटा महत्वपूर्ण विषय हो। अहिले तिब्बती भाषा चीनका अल्पसंख्यक जातिहरुका भाषाहरुमध्ये अन्तर्राष्ट्रिय मापदण्डसँग अनुकूल रहेको तथा विश्वको सूचना एक्सप्रेसमार्गको पास प्राप्त गरेको पहिलो भाषा बनेको छ। हजारौं वर्षको इतिहास भएको तिब्बती भाषा ताराको फूलजस्तै दिन प्रतिदिन उज्यालो रंग हुँदै आएको छ।

               तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा शहरको छङ क्वान क्षेत्रको दोस्रो प्राथमिक विद्यालयका विद्यार्थीहरु तिब्बती भाषामा पढिरहेका हुन्। सो प्राथमिक विद्यालयका प्रिन्सिपल निमा चामजोरका जानकारीअनुसार, सम्बन्धित योजनाअनुसार, हरेक बिहान कूल बाह्र वटा कक्षाका विद्यार्थीहरु तिब्बती भाषाको पढाइ लिइरहेका छन्। तिब्बत स्वायत्त प्रदेशको शिक्षा व्यूरोद्वारा तोकिएको नियमअनुसार, एउटा सेमिस्टरमा तिब्बती भाषाको पढाइ कम्तीमा एक हजार चार सय चालीस घण्टा पुग्नुपर्छ। एउटा मुख्य विषयको रुपमा तिब्बती भाषाले भविष्यमा विद्यार्थीहरु माध्यमिक विद्यालय तथा विश्व विद्यालयमा पढ्न, तिब्बती भाषा पढाइसँग अभ्यस्त हुनका लागि राम्रो आधार बसाल्नुका साथै प्राचीन कालदेखि रहिआएको तिब्बती संस्कृतिको विकासलाई अघि बढाएको छ।

            तिब्बत स्वायत्त प्रदेशको शिक्षा व्यूरो कार्यालयका प्रमुख दावाले भन्नुभयो, तिब्बतका सम्पूर्ण ग्रामीण तथा पशुपालन क्षेत्र तथा शहरमा तिब्बती भाषा तथा हान जातिको भाषा साथसाथै पढाइने व्यवस्था छ। तिब्बतका विद्यार्थीहरु प्राथमिक विद्यालयदेखि उच्च माध्यमिक विद्यालयसम्म तिब्बती भाषा तथा हान जातिको भाषा पढ्छन्। तिब्बती भाषा कक्षा तिब्बती विद्यार्थीहरुका लागि परीक्षामा हुने आवश्यक कक्षा हो।

             तिब्बतको एउटा मिलीजुली विश्व विद्यालयको रुपमा तिब्बत विश्व विद्यालयले तिब्बती जातिको उन्नतिशील परम्परागत संस्कृतिको प्रचार-प्रसार गर्न तथा त्यसको विकास गर्न, तिब्बती भाषा साहित्यसम्बन्धी प्रधान विषय निर्माण गर्न, तिब्बती शास्त्रीसम्बन्धी योग्य व्यक्तिलाई तालिम दिन तथा तिब्बती शास्त्रको अध्ययन गर्न अथक प्रयास गरेको छ। पुस्तौं पुस्ताका तिब्बतीशास्त्रीहरुको अथक प्रयासमा तिब्बती भाषा साहित्यसम्बन्धी प्रधान विषयमा ठूलो विकास भएको छ।

             तिब्बत विश्व विद्यालय अन्तर्गत साहित्य इन्स्टिट्यूटका उप-प्रमुख केल्जाङ वाङदुले भन्नुभयो, पुस्तौं पुस्ताका तिब्बतीशास्त्रीहरुको अथक प्रयासमा हाम्रो विश्व विद्यालयको तिब्बती भाषा साहित्य विषय तिब्बतमा सबैभन्दा ठूलो विशेषता रहेको एउटा नमुना विषय बनेको छ। तिब्बती भाषा साहित्य विषयको प्रमाण-पत्र तहमा पढ्ने विद्यार्थीहरुको संख्या एक हजार पाँच सय जना भन्दा बढी पुगेको छ भने स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको संख्या एक सय अठहत्तर जना पुगेको छ।

               सूचनाकरण युग आउने शिलशिलामा प्राचीन तिब्बती भाषामा झन् झन् बढी जीवन्त शक्ति देखापरेको छ। हाल तिब्बतका विभिन्न क्षेत्रका बासिन्दाहरुले हरेक दिन तिब्बती भाषासम्बन्धी रेडियो तथा टेलिभिजन कार्यक्रमहरु सुन्न अथवा हेर्न सक्छन्। उनीहरु तिब्बती भाषामा छापिएको समाचार-पत्र हेर्न सक्छन् तथा इन्टरनेट र मोबाइलमा तिब्बती भाषामार्फत एस.एम.एस. पठाउन सक्छन्। तिब्बती भाषाले विभिन्न क्षेत्रमा प्रशस्त उपलव्धि हासिल गरेको छ।

                प्राप्त जानकारीअनुसार, सन् 1959मा तिब्बत जन रेडियो स्टेशनको स्थापना भएदेखि यता त्यसले तिब्बती भाषाको राम्रो कार्यक्रमलाई महत्व दिँदै आएको छ। हालसम्म तिब्बत जन रेडियो स्टेशनका तिब्बती भाषामध्ये वै तिब्बती भाषा तथा खाङ बा भाषा दुई किसिमको रेडियो कार्यक्रमहरु समावेश छन्। तिब्बती टेलिभिजन स्टेशनको तिब्बती भाषा च्यानलको औपचारिक प्रसारण सन् 1999 देखि सुरु भएको थियो। अहिले तिब्बती भाषाको प्रसारण हरेक दिन चौबीस घण्टा हुने गरेको छ। त्यसबाहेक तिब्बत स्वायत्त प्रदेशले हरेक वर्ष पच्चीसवटा चलचित्र तिब्बती भाषामा अनुवाद गर्छ। "तिब्बत दैनिक समाचार-पत्र"को तिब्बती भाषा पृष्ठको विस्तार सन् 2007को जुलाई एकतीस तारिखदेखि भएको थियो। त्यसको पृष्ठ हरेक साताको अट्ठाइस वटाबाट बढेर छत्तीस वटा पुगेको छ।

               चिनियाँ तिब्बत समाचार वेभसाइटमा तिब्बती भाषाका सम्पादक मिङमारले कार्यालयको कम्प्युटरअगाडि बसेर किबोर्डमा टाइप गरेर धेरै वटा तिब्बती भाषाका अक्षर टाइप गर्नुभयो। उहाँले भन्नुभयो, चिनियाँ तिब्बत समाचार वेभसाइटको तिब्बती भाषाको वेभसाइटको संचालन अहिलेसम्म साढे एक वर्ष भयो। त्यसमा भएका समाचारहरु "तिब्बत दैनिक समाचार-पत्र", "तिब्बत वाणिज्य समाचार-पत्र", "ल्हासा सन्ध्याकालीन समाचार-पत्र"बाट आएका हुन्। यस वेभसाइट तिब्बती जातिको सँस्कृति, धर्म, तिब्बती चिकित्सा तथा तिब्बती औषधि, तिब्बतका दृश्यावलोकन क्षेत्रलगायत विषयहरुबारे जानकारी दिन्छ।

              तिब्बती क्षेत्रमा सबैभन्दा प्रचलित भाषाको रुपमा तिब्बती भाषाले सूचनाकरणको युगमा प्रवेश गरेको अवधिमा यस प्राचीन भाषाको नयाँ जीवन्त शक्ति पनि देखापरेको छ।

              सन् 2008 को नोभेम्बरमा पहिलो "तिब्बती भाषा, हान जातिको भाषा तथा अँग्रेजी भाषासम्बन्धी विद्युतीय शब्दकोष" बजारमा विक्री सुरु भयो। त्यसका आविस्कारक तिब्बत विश्व विद्यालयका शिक्षक लोजाङ हुनुहुन्छ। श्री लोजाङले कम्प्युटरमा तिब्बती भाषा टाइप गर्ने राष्ट्रिय मापदण्डको तर्जुमा गर्नुभएको थियो। उहाँले तिब्बती भाषाको पहिलो वेभसाइटको स्थापना गर्नुभएको, तिब्बती भाषा, हान जातिको भाषा तथा अङ्ग्रेजी भाषासम्बन्धी पहिलो विद्युतीय शब्दकोष तथा तिब्बती भाषासम्बन्धी पहिलो किबोर्डको आविस्कार गर्नुभएको थियो।

                तिब्बती भाषा अध्ययन गरेका अल्पसंख्यक जातिका कर्मचारीको हैसियतले तिब्बत स्वायत्त प्रदेशको तिब्बती भाषा कार्य समिति कार्यालयका प्रमुख दाम्पा चोदारले भन्नुभयो, अहिले तिब्बत सरकारद्वारा सार्वजनिक दस्ताबेज, स्थानीय कानुन तथा ठूलो सम्मेलनलगायत सामग्री तिब्बती भाषामा अनुवाद गरिन्छ। तिब्बतमा हरेक वर्ष तिब्बती भाषामा अनुवाद गर्ने कागज-पत्रमा पाँच करोडभन्दा बढी अक्षर रहेका छन्।

              

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह