फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो आधुनिक विद्यालयबारे एक गहन चर्चा

(GMT+08:00) 2011-05-16 14:57:42
             छाङ तु क्षेत्रको छङ क्वान गाउँको वो लुङ सड्कमा अवस्थित छाङ तु क्षेत्रको परीक्षण प्राथमिक विद्यालय चीनले तिब्बत स्वायत्त प्रदेशमा स्थापना गरेको पहिलो आधुनिक प्राथमिक विद्यालय हो। यस प्राथमिक विद्यालयको स्थापना तिब्बतको आधुनिक शिक्षा-दीक्षा कार्यको सुरुवात हो।

            छाङ तु परीक्षण प्राथमिक विद्यालयको स्थापना हुँदा तीनवटा मात्र कक्षा थिए अनि सत्तरी जनाभन्दा बढी शिक्षक र विद्यार्थी थिए। अहिले सो विद्यालयको क्षेत्रफल चौध हजार दुई सय एक चालीस वर्गमीटर छ। त्यसका स्टुडियो, कम्प्युटर कक्षा कोठा, संगीत कक्षा कोठा, माल्टिमिडिया कक्षा कोठा, प्रयोगशाला, पुस्तकालयलगायतका कक्षा कोठा छन्। हरेक कक्षाको इन्टरनेट सेवा तथा टेलिभिजन छ। अहिले छाङ तु परीक्षण प्राथमिक विद्यालयमा एक सय चौध जना शिक्षक छन्। बितेका साठी वर्षदेखि यस विद्यालयबाट दश हजार जना भन्दा बढी विद्यार्थी स्नातक भएका छन्।

               सन् 2010को जुलाई महिनामा हाम्रा सम्वाददाताले छाङ तु क्षेत्रको राजनीतिक परामर्शदातृ सम्मेलनका पूर्व अध्यक्ष बुथुतिङसँग अन्तर्वार्ता लिएर छाङ तु प्राथमिक विद्यालयको विकासको इतिहास सम्झाउन अनुरोध गरेका थिए। अध्यक्ष बुथुतिङ पहिले छाङ तु प्राथमिक विद्यालयका विद्यार्थी थिए। त्यसपछि सो विद्यालयमा शिक्षक भएका थिए। अघिल्लो दुई वर्षमा उनी छाङ तु क्षेत्रको राजनीतिक परामर्शदातृ सम्मेलनका पूर्व अध्यक्षको पदमा बसेका थिए।

              अध्यक्ष बुथुतिङका अनुसार, छाङ तु परीक्षण प्राथमिक विद्यालय चीन केन्द्रीय सरकारले तिब्बतमा खोलेको पहिलो विद्यालय हो। त्यसबेला त्यसको नाम हिउँदे विद्यालय थियो। चिनियाँ जनमुक्ति सेनाअन्तर्गत् अठारौं सेनाका दुई जना प्राध्यापक लि आन चाइ तथा प्राध्यापक यु श युले छाङ तु परीक्षण प्राथमिक विद्यालयको स्थापना गरेका थिए। त्यसले सम्पूर्ण तिब्बतमा ठूलो प्रभाव पारेको थियो। त्यसबेला एउटै पनि औपचारिक विद्यालय खोल्ने सम्भावना थिएन। साथै सर्वसाधारणको चेतनामा पनि कमी थियो। त्यसपछि हिउँदे विद्यालयले अरु बढी विद्यार्थी भर्ना गर्नसक्ने विचार गरिएको थियो। किनभने सर्वसाधारणले त्यति व्यस्त नभएको हिउँद ऋतुमा तिनीहरुका छोरा-छोरीलाई विद्यालय पठाउन सक्ने थिए। त्यसपछि धेरै जना विद्यार्थी आउन थाले। विद्यालयका शिक्षक प्राध्यापक लि आन चाइ तथा प्राध्यापक यु श युबाहेक चिनियाँ जनमुक्ति सेनाअन्तर्गत् अठारौं सेनाका सैनिकहरु तथा छाङ तुका प्रसिद्ध लामा केही कक्षाका शिक्षक बनेका थिए। केही दिनपछि यस विद्यालयलाई छाङ तु प्राथमिक विद्यालयको नाममा परिणत गरिएको थियो। र त्यसपछि छाङ तु परीक्षण प्राथमिक विद्यालयको नाम दिइएको थियो।

              छाङ तु प्राथमिक विद्यालय स्थानीय देश प्रेमीहरुले रकम संकलन गरी खोलेका थिए। सन् 1951को जनवरी बाह्र तारिखमा सो विद्यालयको पहिलो भेलाको आयोजना गरियो। सन् 1951को फेब्रुअरीमा त्यो औपचारिक रुपमा सञ्चालनमा आएको थियो।

               छाङ तु प्राथमिक विद्यालयको पहिलो खेपका विद्यार्थीहरुलाई धेरै पटक शिक्षाको महत्वबारे बुझाइएपछि विद्यालय गएका थिए। ती विद्यार्थीहरुको कुनै पनि शुल्क प्राथमिक विद्यालयले उठाएको थिएन। त्यसबाहेक विद्यालयले विद्यार्थीहरुलाई पोशाक, खाना तथा केही खर्च पनि दिएको थियो। त्यसबेलाको आम्दानी हरेक महिना पाँच छ चिनियाँ युआन थियो। यस्तो तरिकाले विद्यार्थीहरुलाई आकर्षण गरिएको थियो। अध्यक्ष बुथुतिङले सन् 1958 तिर प्राथमिक विद्यालय पढ्नुभएको हो। त्यसबेला परीक्षण प्राथमिक विद्यालयको स्थापनाको सात वर्ष बितिसकेको थियो।

              त्यसबेलामा विद्यालयका शिक्षकहरुको गुणस्तर उच्च थियो। अत्याधिक शिक्षकहरु विश्व विद्यालयबाट स्नातक भएका थिए। उनीहरु स्वतस्फूर्त रुपमा यहाँ पढाउन आएका थिए। विद्यालय पढ्न सुरु भएको बेलामा अध्यक्ष बुथुतिङले हान जातिको भाषा तथा गणित जानेका थिएनन्। अलिकति तिब्बती भाषा मात्र जानेका थिए। हान जातिका शिक्षकले पढाउँदा तिब्बती भाषाका अनुवादक लैजानुपरेको थियो। त्यसैले यस विद्यालयका प्रिन्सपलले हान जातिका सबै शिक्षक तथा विद्यार्थीहरुलाई तिब्बती भाषा सिक्नुपर्ने आदेश दिनुभयो। केही महिनाको पढाइपछि त्यसबेलाका हान जातिका शिक्षकले तिब्बती विद्यार्थीहरुसँग सरल कुराकानी गर्न सकेका थिए। एकजना शिक्षिकाले बुथुतिङलाई पढाएकी थिइन्। उनले तिब्बती भाषामार्फत पढाएकी थिइन्। विद्यालयमा हान जातिका शिक्षक तिब्बती भाषा सिक्ने तथा तिब्बती शिक्षक हान जातिको भाषा सिक्ने कार्यक्रमको आयोजना गरेको थियो। हरेक कक्षामा हान जातिका एकजना शिक्षक तथा तिब्बती जातिका एकजना दक्ष शिक्षक थिए। यो उनीहरुबीचको आदान-प्रदान गर्न उपयोगी थियो। शिक्षकहरुको गुणस्तर उच्च थियो भने उनीहरुले विद्यार्थीहरुसँग राम्रोसँग व्यवस्थापन मिलाएका थिए।

               छाङ तु परीक्षण प्राथमिक विद्यालयको अर्को विशेषता भनेको त्यसका कार्यक्रम विविध हुनु हो। हरेक वर्षको जून एक तारिख अर्थात बाल दिवस हामीलाई सबैभन्दा खुसी लागेको बेला थियो। विद्यालयले मीठो खाना पकाएको थियो भने विभिन्न कक्षाले विभिन्न साँस्कृतिक कार्यक्रमको प्रदर्शन गरेका थिए। यसबेला विद्यार्थीहरुले चल-चित्र हेर्न पाएका थिए। विद्यालयले विद्यार्थीहरुलाई वन जंगलमा यो दिवस मनाएको थियो। विद्यालयले हरेक विद्यार्थीलाई मीठाई वितरण गरेको थियो। हरेकवर्ष दुई पटक खेलकुद प्रतियोगिताको आयोजना गरिएका थिए। हिउँदे खेलकुद तथा वसन्त खेलकुद। खेलकुद प्रतियोगितामा धेरै खेलहरु थिए। उदाहरणका लागि बास्केटबल, फुटबल, टेबल टेनिस, ट्रेक एण्ड फिल्ड, शुटिङ आदि। विशेष गरी त्यसबेला छाङ तुको बास्केटबलको स्तर उच्च थियो। छाङ तुलाई तिब्बतको बास्केटबलको घर मानिएको थियो। ती खेलहरु विस्तारै छाङ तुमा विकास भएका थिए।

               "बाह्रौं पञ्च वर्षीय योजना"को अवधिमा छाङ तुले "प्राप्त उपलव्धिलाई सुदृढ पार्ने, सुधारलाई गहन पार्ने, गुणस्तर उकास्ने, निरन्तर विकास" भन्ने कार्यनीतिबमोजिम् शिक्षा-दीक्षाको विकास गर्नेछ। छाङ तुले शिक्षालाई प्राथमिक स्थानमा राख्ने रणनीतिलाई डटिरहेर शिक्षाको सार्वजनिक सेवाको स्तर उठाउनेछ। छाङ तुले जनताको चित्त बुझ्ने प्रकारको शिक्षाको राम्रोसँग बन्दोबस्त मिलाउनेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदले चालुवर्षको आरम्भमा तिब्बतको कार्य विषयक पाँचौं कार्य गोष्ठीको आयोजना गरी तिब्बतको फड्कोमार्ने गरिको प्रगति तथा आगामी दीर्घकालीन अवधिसम्मको स्थिरतालाई अघि बढाउने विषयबारे महत्वपूर्ण रणनीतिको तर्जुमा गरेको थियो। अब छाङ तु क्षेत्रसामु पहिले नभएको सुअवसर तथा विभिन्न चुनौति देखापरेका छन्। छाङ तुले सम्पन्न, शान्तिपूर्ण, मेलमिलापयुक्त तथा पर्यावरणीय छाङ तुको निर्माण प्रक्रियालाई गतिशील तुल्याएर तिब्बतको पूर्वी भागको अरु उज्यालो भविष्यको निरन्तर रुपमा सिर्जना गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह