फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय मुख्य परियोजनाबाट तिब्बतको ठूलो विकास भएको

(GMT+08:00) 2011-05-16 14:58:25

           बितेका पाँच वर्षमा अनेकौँ राष्ट्रिय मुख्य परियोजना क्रमशः तिब्बतमा सञ्चालन भएका छन्। त्यसबाट तिब्बतको आर्थिक तथा सामाजिक क्षेत्रमा फड्कोमार्ने गरी विकास भएको छ। साथै तिब्बतको आर्थिक तथा सामाजिक विकाससमक्ष देखापरेका समस्याहरुको समाधान भएको छ। विभिन्न जातिका किसान तथा पशुपालकहरुले पनि लाभ प्राप्त गरेका छन्। आजको चीनको तिब्बत कार्यक्रममा यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

            चालुवर्षको चीनको राष्ट्रिय दिवसको विदाको अवधिमा ल्हासा शहरको छ्यु श्वी जिल्लाको च्याँग छोन गाउँकी किसान दा वा वाँग द्वीको घरमा निकै रमाइलो वातावरण देखिन्थ्यो। प्रत्येक दिन उनको घरमा बसोबास गर्ने पर्यटक दुई सय जनाभन्दा बढी देखिन्थे। जसबाट हाल उनी पहिलेभन्दा धनी भएकी छिन्। पहिले कृषि कार्य गरेकी उनले त्यसबारे विचार गरेकी थिइनन्। उनी भन्छिन्, आवाज एक

            हाल मेरो घर पहिलेभन्दा ठूलो भएको छ। सफा पनि छ। पर्यटकहरु हामी तिब्बतीको जीवनको अनुभव गर्न मेरो घर आउन सक्छन्। मेरा श्रीमान काम गर्न बाहिर जान्छन्। पर्यटनबाट मेरो पनि आय हुन्छ। जसबाट हाम्रो डबल आय हुन्छ। हाम्रो जीवन झन् झन् राम्रो हुँदै आएको छ।

             इतिहासदेखि विशेष प्राकृतिक स्थितिको कारणले तिब्बतको आर्थिक तथा सामाजिक विकासमा बाधा भएको छ। तिब्बतको छिटै रुपमा ठूलो विकास हुनका लागि बितेका पाँच वर्षमा चीनको केन्द्रीय सरकारले तिब्बतमा लगानी बढाउनुका साथै विशेष परियोजनाका लागि सम्बन्धित लगानी बढाएको छ। जसबाट तिब्बतभरिको स्थायी सम्पत्तिको लगानी ठूलो मात्रामा बढेको छ। बितेका पाँच वर्षयता जम्मा एक सय अठासीवटा राष्ट्रिय मुख्य निर्माण परियोजनाहरू अघिपछि गरी तिब्बतमा शुरु भएका छन्। उक्त परियोजनाका लागि कूल लगानी रकम एक खर्ब सैँतीस अर्ब असी करोड आर एम बी पुगेको छ। लगानीको परिमाण विगत पाँच वर्षको अवधिको परियोजनाको तुलनामा एक गुणाले बढेको छ।

            यातायात र उर्जा तिब्बतको आर्थिक तथा सामाजिक विकासका लागि एउटा समस्या हो। पाँच वर्षयता सिन च्याँग-तिब्बत र छिँग हाइ-तिब्बत राजमार्ग, खुन शा र पाँग दा विमान स्थल, लाउ हु च्वी जलविद्युत केन्द्र, छिँग हाइ-तिब्बत रेलमार्गको नाकछ्यु संभार केन्द्र आदि अनेकौँ मुख्य परियोजना सुचारु छन्। विश्व प्रसिद्ध छिँग हाइ-तिब्बत रेलमार्गको विस्तार परियोजना अर्थात ल्हासा-शिकाचे रेलमार्ग परियोजनाको निर्माण पनि हाल औपचारिक रुपमा शुरु भएको छ। विभिन्न जातिका सर्वसाधारणले अपेक्षा गरिरहेको मो थो राजमार्ग हाल निर्माणधीन अवस्थामा छ।

            सम्बन्धित तथ्याङ्कअनुसार, सन् 2010को अन्तमा तिब्बतको राजमार्गको कूल लम्बाइ सन् 2005को भन्दा तीस हजार किलोमिटरभन्दा पनि बढी पुग्नेछ। विद्युत सेवा पाएको जनसंख्याको दर सन् 2005को भन्दा बाईस प्रतशितले वृद्धि भएको छ। आधारभूत प्रबन्धको सुधार भएबाट ठूलो विकास भएको तिब्बती पर्यटन उद्योगलाई पनि अझ बढाइएको छ। त्यसबारे तिब्बत स्वायत्त प्रदेशको पर्यटन ब्यूरोका प्रमुख फा चु जानकारी दिँदै यसो भन्छन्,आवाज दुई

             तिब्बती पर्यटन उद्योगमा पर्यटकहरुको संख्याको वृद्धिदर पश्चिमी चीनका अरु प्रान्तको भन्दा बढी देखिन्छ। हरेक वर्ष बीस प्रतिशतभन्दा बढी पुगेर द्रूत गतिले विकास भएको छ। त्यसबाट तिब्बत स्वायत्त प्रदेशको औद्योगिक संरचनामा सुधार भएको छ। विकासको प्रवृतिप्रति हामीलाई निकै खुसी लागेको छ।

            यसबाहेक किसान तथा पशुपालकहरुको जीवन स्थिति सुधार्नका लागि चीनले सत्ताईस अर्ब चिनियाँ युआनको लगानी गरेको छ। यसवर्षको अन्तसम्म चौध लाख किसान तथा पशुपालक सुरक्षित तथा सुविधाजनक नयाँ आबासमा बसोबास गर्नेछन्। दुई लाख किसान तथा पशुपालकले सफा ऊर्जा-स्रोतको प्रयोग गर्नसक्नेछन्। पन्ध्र लाख तीस हजार किसान तथा पशुपालकले सफा पानी खान सक्नेछन्। साथै एकवर्षमा किसान तथा पशुपालकको सरदर आय चार हजार चिनियाँ युआनभन्दा बढी पुग्नेछ। तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार समितिका अधिकारी मु युँग न्येन भन्छन्-आवाज तीन

            अनेकौँ परियोजनाको निर्माणबाट किसान तथा पशुपालकको जीवन स्थितिमा स्पष्ट रुपमा सुधार आएको छ। प्रदेशको आर्थिक तथा सामाजिक विकाससमक्ष देखापरेको समस्याको पनि प्रभावकारी रुपमा समाधान भएको छ। जसबाट सम्पन्न तिब्बत, शान्तिपूर्ण तिब्बत, मेलमिलापयुक्त तिब्बत, पर्यावरणीय तिब्बतको नीतिको आधारलाई सुदृढ पारिएको छ।

              वितेका पाँच वर्ष तिब्बतको आर्थिक तथा सामाजिक विकासमा सबैभन्दा छिटो गतिले भएको अवधि हो। सन् 2009मा तिब्बत स्वायेत्त प्रदेशको कूल गार्हस्थ उत्पादन मात्रा चवालीस अर्ब दश करोड चिनियाँ युआन पुगेको थियो। यो सन् 2008को तुलनामा बाह्र दशमलब चार प्रतिशत बढेको थियो। तिब्बत स्वायत्त प्रदेशका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, आगामी पाँच वर्षमा तिब्बत सरकारले अरु बढी लगानी गर्नेछ। तिब्बत सरकारले यातायात, उर्जा स्रोत, जल-संभार तथा दूर-सञ्चारलाई महत्व दिएर मुख्य परियोजनाको निर्माणलाई गतिशील तुल्याउनेछ। तिब्बत सरकारले तिब्बतको आर्थिक तथा सामाजिक विकासमा विद्यमान समस्याको चाँडै नै समाधान गर्न तथा तिब्बतको आर्थिक तथा सामाजिक विकासको स्तर उकास्न प्रयास गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह