फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रजातान्त्रिक सुधारद्वारा तिब्बती जनतालाई जीवन्त शक्ति पुर्‍याइएको

(GMT+08:00) 2011-05-16 15:01:48

             श्रोता, अस्ति अर्थात् गत मार्च अठाइस तारिखमा तिब्बतका लाखौं-लाख भूदास मुक्त भएको स्मृति दिवस परेको थियो। आजकाल तिब्बती जनताले आफ्नो घरको चोकमा राष्ट्रिय झण्डा फहराउने तथा गोष्ठीको आयोजना गर्ने विविध तरिकामार्फत यस विशेष दिवसको सम्झना गर्दै आएका छन्। शान नान क्षेत्रका किसान तथा पशुपालकहरुले पहिले भूदासको हृदयविदारक जीवन अभिव्यक्त गर्ने ओपेरा "भूदासको आँसु" को अभिनय गरेका छन्। यस ओपेराकी अभिनेत्री बाइमा युन तानले इतिहास बितिसकेतापनि पहिलेको दुःखद जीवनबारे सिंहावलोकन गर्दा अहिले सुखको अनुभव गर्न सकिने कुरा बताएकी छिन्। उनको भनाइ एकदम ठीक छ, कुनै सामानता नभएको तथा शोषण र अत्याचारको चपेटामा परेका भूदासले व्यक्तिगत स्वतन्त्रता प्राप्त गरी तिब्बतका मालिक बनेसम्म तिब्बतका बीस लाख जना भन्दा बढी किसान तथा पशुपालकले आजको सुखमय जीवन निकै मन पराउँछन्।

                सन् 1959 को मार्च अठाइस तारिखका दिन चीनको केन्द्रीय सरकारले तिब्बतमा प्रजातान्त्रिक सुधार गर्ने घोषणा गरेको थियो। जसबाट तिब्बतमा हजारौं वर्षसम्म चलेको सामन्तदी भूदास व्यवस्थाको उन्मूलन गरिएको छ। त्यस बेलादेखि नै लाखौं-लाख भूदास तथा दासहरुले नयाँ जीवन प्राप्त गरेका थिए। वितेका बाउन्न वर्षदेखि तिब्बती जनताको राजनीतिक अधिकार, सामाजिक तथा आर्थिक विकासको अधिकार, साँस्कृतिक अधिकारलाई बिँडो थाम्ने तथा त्यसको विकास, धार्मिक आस्थाको स्वतन्त्रतालाई केन्द्रीय स्थानमा राखी तिब्बतले विकास गर्दै आएको छ। तिब्बतका अत्याधिक जनसङ्ख्यामा भएका किसान तथा पशुपालकहरुले यसप्रति सबैभन्दा गहिरो अनुभव गरेका छन्।

               आफ्नो कुरा आफूले निर्णय गर्नुपर्छ। सन् 1965 मा तिब्बत स्वायत्त प्रदेशको स्थापना भएपछि चीनको केन्द्रीय सरकारले तिब्बतमा लागू गरेको जातीय क्षेत्रको स्वशासित व्यवस्थाबाट तिब्बती जनताले स्वक्षेत्रको स्वतन्त्र रुपमा व्यवस्थापन गर्ने अधिकार प्राप्त गरेका हुन्। तिब्बती जनता प्रजातान्त्रिक निर्वाचनमार्फत जन-प्रतिनिधिको छनौट गरेपछि विभिन्न स्तरीय जन काङ्ग्रेसबाट राष्ट्रिय तथा क्षेत्रीय मामिलाको व्यवस्थापन गर्ने अधिकारको प्रयोग गर्दछन्। हाल तिब्बतका विभिन्न स्तरीय जन काङ्ग्रेसका चौंतीस हजार जना भन्दा बढी प्रतिनिधिमध्ये तिब्बती जाति तथा अरु अल्पसङ्ख्यक जातिको भाग चौरानब्बे प्रतिशतभन्दा बढी पुगेको छ। स्वायत्त प्रदेश, नगर तथा जिल्ला तीन स्तरको राष्ट्रिय निकायका कर्मचारीहरुमध्ये तिब्बती जाति तथा अरु अल्पसङ्ख्यक जातिका व्यक्तिहरुको भाग करिब असी प्रतिशत रहेको छ। तिब्बत स्वायत्त प्रदेशको जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष, तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष तिब्बती नागरिक हुनुहुन्छ।

              तिब्बती जनताको जीवन दिन-प्रतिदिन सुधार हुँदै आएको छ। बितेका दश वर्षदेखि प्रतिवर्ष तिब्बतका किसान तथा पशुपालकहरुको आम्दानीको औसत वृद्धि दर बाह्र प्रतिशतभन्दा बढी पुगेको छ। जीवनयापन तथा चिकित्साको वातावरणमा सुधार भएको कुराबाट तिब्बती जनताको औसत आयु सत्सट्ठी वर्षको पुगेको छ। यो बितेका आधा शताव्दीको तुलनामा एक गुणाले बढेको हो। विगतमा तिब्बतका किसान तथा पशुपालकहरुको परिवारको आर्थिक स्थितिको मूल्याङ्कन गर्ने मापदण्ड भनेको धेरै गाई-गोरु, धेरै भेडा-बाख्रा तथा राम्रो घर भएको थियो। तथापि युगको विकासको क्रममा अहिले यसमा एउटा नयाँ मापदण्ड अर्थात निजी मोटर-गाडी भएको कुरा पनि थपिएको छ। किसान तथा पशुपालकहरु आफ्नो निजी मोटर-गाडी ग्रामीण क्षेत्रको बाटोमा चलाउनुको एउटा दृश्य बनिसकेको छ।

               तिब्बती सँस्कृतिलाई बिँडो थाम्ने क्रममा त्यसको विकास हुँदै आएको छ। पहिले बोल्दै गाउने कलाकारहरुमध्ये प्रचलित विश्वको सबैभन्दा लामो महाकाव्य "राजा गेसार"लाई पुस्तकको रुपमा प्रकाशन गरिनुका साथै त्यसलाई सि.डी तथा डी.भि.डी लगायत विविध रुपमा बनाइएको छ। पहिले अलिकति मात्रै व्यक्तिले जानेको तिब्बती भाषा शिक्षाको विकासको परिप्रेक्ष्यमा त्यसलाई अत्याधिक जनताले जानेका छन्। यसका साथै तिब्बती भाषालाई व्यापक रुपमा मोबाइल तथा कम्प्युटरमा प्रयोग गरिएको छ। झन् झन् बढी तिब्बती साँस्कृतिक दलहरुले विश्वका विभिन्न स्थलमा गएर अभिनय गरेका छन्। तिब्बती जातिको साँस्कृतिक प्रभाव निरन्तर रुपमा विस्तार हुँदै आएको छ।

               धार्मिक स्वतन्त्रता झन् झन् बढ्दै आएको छ। तिब्बती जातिका किसान तथा पशुपालकहरुको घरमा बुद्ध धर्मको प्रार्थनाका लागि विशेष पूजा-कोठा पनि बनाइएको अवस्था छ। अहिले तिब्बतमा तिब्बती बुद्ध धर्मसम्बन्धी स्थलहरुको सङ्ख्या एक हजार सात सय वटाभन्दा बढी पुगेको छ भने भिक्षु तथा भिक्षुणीहरुको सङ्ख्या करिब छयालीस हजार पुगेको छ। तिब्बतमा चार वटा मस्जिद छन् भने इस्लामिक धर्मावलम्बीहरुको सङ्ख्या तीन हजारभन्दा बढी छ। यसका साथै तिब्बतमा एउटा क्याथोलिक चर्च छ भने क्याथोलिक धर्मावलम्बीहरुको सङ्ख्या सात सय जना पुगेको छ। विभिन्न किसिमको धार्मिक गतिबिधि सामान्य रुपमा चलेको छ भने धार्मिक स्वतन्त्रताको पूर्ण रुपमा कदर गरिन्छ।

               इतिहासको सम्झना गर्ने उद्देश्य आजलाई महत्व दिनु हो। तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष वाइमा छिरिङले यस महिनाको सत्ताइस तारिखका दिन टेलिभिजनमार्फत सम्बोधन गर्दै इतिहासबाट हेर्दा तिब्बतमा आजको समृद्धि तथा विकास प्राप्त गर्न सजिलो छैन। तिब्बतको स्थिर विकासको परिस्थितिको संरक्षण गर्नु तिब्बती जनताको सबैभन्दा मुलभूत अभिलाषा हो। चालुवर्ष चीनको "बाह्रौं पञ्चवर्षीय योजना" सुरु भएको वर्ष हो। चीनको ठूलो परिवारमा भएको एक सदस्यको रुपमा आगामी पाँच वर्षसम्बन्धी परिकल्पनामा तिब्बतले सर्वसाधारणको जीवनसँग सम्बन्धित रहेका आबास, शिक्षा तथा चिकित्सालगायत विषयहरुलाई अरु टड्कारो स्थानमा राखेको छ। तिब्बती जनताले चीनको भविष्यप्रति प्रतीक्षा गरेका छन्। इतिहासको नयाँ सुरुवातमा उभिएको तिब्बतको भविष्य अरु उज्यालो हुने विश्वास हामीले गरेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह