फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती संस्कृति देखाउने चित्रकार नीमा छिरिङ

(GMT+08:00) 2011-05-16 15:08:56

           निमा छिरिङ तिब्बती जातिका एक जना प्रसिद्ध चित्रकार हुनुहुन्छ। उहाँ चीनको पश्चिमी भागमा पर्ने स छुआवान प्रान्तीय तिब्बती बस्ती क्षेत्रमा बसोबास गर्नुहुन्छ। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य तथा स छ्वान प्रान्तको साहित्य तथा इतिहास अनुसन्धाननालयका उप-प्रमुखको हैसियतले उहाँले अल्पसङ्ख्यक जातीय क्षेत्रको निर्माण तथा विकासमा ध्यान दिँदै आउनुभएको छ। उहाँले अल्पसङ्ख्यक जातिका कला तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा विकासका लागि अथक प्रयास गर्नुभएको छ। उहाँ चित्रमार्फत विश्वलाई तिब्बती संस्कृतिबारे जानकारी दिने गर्नुहुन्छ। आजको चीनको तिब्बत कार्यक्रममा तपाईँ मसँगै उहाँको नजिक गएर केही जानकारी लिऔं।

             चित्रकार नीमा छिरिङ तीन पटकसम्म चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्य पदमा निर्वाचित हुनुभएको छ। गत मार्च महिनामा सम्पन्न चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा उहाँले अल्पसख्यक जातीय क्षेत्रका सर्वसाधारणको आवाज लिएर केही प्रस्ताव प्रस्तुत गर्नुभयो। तीमध्ये " जातीय क्षेत्रको लोककलाको संरक्षण गरौं, प्रकोपपछिको पुन:र्निर्माणका क्रममा संस्कृतिको व्यापारीकरण प्रवृत्तिलाई जोगाऔं" भन्ने रहेको छ। सन् 2008 मा भूकम्प गएपछिको पुनर्निर्माण विशेष गरी आधारभूत प्रबन्धको निर्माणको क्रममा जातीय संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने कुरा उहाँले औंल्याउनुभयो। उहाँले भन्नुभयो, "नयाँ भवन समूहको निर्माण गर्दाखेरि जातीय लोक कलाको संरक्षणमा महत्व दिनुपर्छ। तीमध्ये भवन निर्माण शैलीलाई समावेश गरिन्छ। भवनको डिजाइन गर्दाखेरि व्यावहारिक भूमिका मात्र नभई स्थानीय कला तथा शैलीबारे पनि विचार गर्नुपर्छ।"

            नीमा छिरिङले जातीय कला तथा संस्कृतिमा ध्यान दिनुभएको कुरा आफ्नो कलात्मक अनुभवसँग घनिष्ट रुपमा सम्बन्धित् छ।

             सन् 1982 मा आयोजित पहिलो राष्ट्रिय अल्पसङ्ख्यक जातीय चित्रकला प्रदर्शनीमा नीमा छिरिङले बनाउनुभएको 'राजा केसार' नामक चित्रले स्वर्णपदक प्राप्त गर्नुका साथै दशौँ पेन्चेन लामाबाट प्रशंसा पाएको थियो। त्यसपछि उहाँलाई पेन्चेन लामाका व्यक्तिगत चित्रकारको रुपमा पनि पुरस्कार दिइयो। तिब्बती चित्रकारका लागि यो सर्वोच्च इज्जत हो। दशौँ पेन्चेन लामासँगको कुराकानीको सिंहावलोकन गर्दै नीमा छिरिङले आफू गदगद भएर भन्नुभयो, "दशौँ पेन्चेन लामाले एक जाति पिछडिएको कुरामा कुनै डर नलागेको तर आफ्नो संस्कृति नभएको कुरा निकै डरलाग्दो कुरा भएको बताउनुभएको थियो। तिब्बती जातिले हान जातिलगायतका अन्य जातिको श्रेष्ठ सांस्कृतिक तत्वबाट सिकेर आफ्नो संस्कृतिको विकासलाई अघि बढाउनुपर्छ । हान जातीय संस्कृति तथा पश्चिमी चित्रकारिता सिकेर सीप पाएपछि ती चित्रकारितामार्फत् तिब्बती जातिको इतिहास तथा कला अभिव्यक्त गर्ने सुझाव उहाँले मलाई दिनुभयो।"

            पेन्चेन लामाको भनाइले नीमा छिरिङलाई गहिरो प्रभाव पारेको छ। तिब्बती संस्कृतिको विकास तथा फैलावट गर्नु उहाँको जीवनमा आफ्नो लक्ष्य बनेको थियो। सन् 1993 को शरद ऋतुमा उहाँ आफ्ना दर्जनौं रचना लिएर पहिलो पटक विदेश जानुभएको थियो। उहाँले अमेरिकामा आफ्ना चित्रकलाको कृति प्रदर्शनीको आयोजना गर्नुभयो। उहाँको प्रदर्शनीमा अमेरिकी सरकार, सञ्चारमाध्यम तथा साँस्कृतिक क्षेत्रका करिब दुई सय व्यक्तिले भाग लिए। तत्कालीन चिनियाँ परराष्ट्रमन्त्री याङ चे छले उहाँको चित्रकला प्रदर्शनीको उद्धाटन समारोहको तत्वावधान गर्नुभयो। धेरै स्थानीय सञ्चारमाध्यमले पनि उहाँसँग अन्तर्वार्ता लिए। प्रदर्शनीको सिंहावलोकन गर्दै नीमा छिरिङले भन्नुभयो, "तिब्बतीहरुका विचार के-कस्ता छन् भन्ने कुरा थाहा पाउन अमेरिकीहरुलाई मन लाग्यो। अमेरिकाको भि.ओ.ए.का सम्बाददाताले मसँग निकै तिखो प्रश्न सोधे। ती प्रश्नहरुमध्ये दलाइसम्बन्धी विषय पनि छ। मैले अडिगताका साथ कडा विरोध व्यक्त गरेँ कि सात सय वर्षअघि तिब्बतका धार्मिक नेताले तिब्बती जाति मध्य भाग सँगै मिलेको खण्डमा मात्रै तिब्बति जाति बाँच्न तथा विकास गर्न पाउने कुरा घोषणा गर्नुभयो। यो निकै बुद्धिमत्तापूर्ण निर्णय हो।"

             अमेरिका भ्रमणपछि नीमा छिरिङले आफ्ना रचना लिएर विश्वका विभिन्न मुलुकको भ्रमण गर्दै आफ्नो विशेषतायुक्त कलाको भाषाले विश्वसमक्ष तिब्बतबारे जानकारी दिँदै आउनुभएको छ। गतवर्षको गर्मीयाममा नीमा छिरिङले चेकलगायतका पूर्वी युरोपेली मुलुकको भ्रमण गर्नुभयो। भ्रमणबारे चर्चा गर्दै नीमा छिरिङले भन्नुभयो, "चेक कति राम्रो रहेछ। त्यसका घाम, भवन, प्राचीन संस्कृति सबै आकर्षित छन्। आशा छः विश्वका विभिन्न मुलुकका जनताले चीनको भ्रमण गर्ने मौका पाएर ग्रेटवल मात्र नभई तिब्बतको पोताला दरबारको पनि भ्रमण गर्नेछन्। एक जातिबारे जानकारी लिएर बुझेर लामो समयसम्म सह-अस्तित्वमा रहन सकिन्छ।"

             यसवर्ष आयोजित दुईवटा अधिवेशनबारे चर्चा गर्दै नीमा छिरिङले भन्नुभयो, "प्रधानमन्त्री वनको सरकारी कार्य प्रतिवेदन निकै राम्रो लाग्यो। उहाँले यसरी भन्नुभएको छ कि संस्कृति भन्ने कुरा कुने पनि राष्ट्रका लागि भावना तथा आत्मा हो र त्यो राष्ट्र तथा जातिको वास्तविक शक्ति पनि हो। चीन सरकारले जातीय संस्कृतिको विकासमा ठूलो समर्थन दिँदै आएको छ। अल्पसङ्ख्यक जातिले सरकारको समर्थन पाउनुका साथै आफ्नो कलाको विकास गर्न प्रयास गर्नैपर्छ।"

            नीमा छिरिङका अनुसार, तिब्बती भाषामा नीमाको अर्थ सूर्य हो र उहाँको विचारमा कला सूर्यजस्तै चम्किलो हुन्छ। उहाँले आफ्नो सम्पूर्ण जीवनलाई जातीय संस्कृतिको संरक्षण र विकासमा लगाउने र योगदान प्रदान गर्दै जानुहुनेछ र तिब्बती संस्कृतिलाई विश्वमा फैलाउँदै जानुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह