फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बतको सीमा क्षेत्रमा तैनाथ सैनिकहरुको जीवनस्तर सुधार

(GMT+08:00) 2011-06-23 19:51:57

 

               नेपालसित जोडिएको चीनको तिब्बतको सीमा क्षेत्रमा प्राकृतिक वातावरण निकै कठिन छ। आफ्नो मातृभूमिको रक्षा गर्न त्यहाँ तैनाथ पुस्तौं पुस्ताका चिनियाँ सैनिक अधिकारी तथा जवानहरुले आफ्नो योगदान गरिरहेका छन्। गत केही वर्षदेखि यता चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाले सीमा क्षेत्रमा तैनाथ सैनिक अधिकारी तथा जवानहरुको जीवनस्तरमा सुधार गर्न ठूलो लगानी उपलव्ध गराइरहेका छन्।

               सीमा क्षेत्रमा तैनाथ सैनिकहरुको खानेकुराको समस्याको समाधान गर्न चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाले खर्च पठाएर सैनिक शिबिर तथा चौकीमा कृत्रिम हरितगृह निर्माण गरेका छन्। समुद्र सतहदेखि 4,700 मीटरभन्दा अग्लो ठाउँमा रहेको काङ्पा सैनिक शिबिरमा सैनिक अधिकारी तथा जवानहरुले आफ्नै हातले सागसब्जी तथा फलफूल रोपेर आफ्नो मुखलाई खुसी पारेका छन्। पहिले यहाँको सागसब्जी तथा फलफूलको अभावबाट सैनिकहरुको स्वास्थ्यमा ठूलो असर परेको थियो। तर अब तिनीहरुले आफैंले रोपेका खुर्सानी, गोल्भेंडा, काँक्रो, पाइछाई, सिमी र खर्बुजा आदि सागसब्जी तथा फलफूल प्रशस्त मात्रामा खान पाएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह