फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सौर्य उर्जाको प्रयोगबाट सीमा क्षेत्रमा तैनाथ सैनिकहरुको जीवन सुधार

(GMT+08:00) 2011-06-24 20:21:29

 

              हाल सारा विश्वसामु मौसम परिवर्तनबाट ठूलो चुनौति ल्याइएको छ। यस्तो अवस्थामा सफा उर्जाको प्रयोग दिन प्रतिदिन बढ्दै आएको छ। नेपालसित जोडिएको चीनको तिब्बतमा सौर्य उर्जा प्रशस्त छ। त्यहाँको सीमा क्षेत्रमा तैनाथ सैनिक अधिकारी तथा जवानहरुले सौर्य उर्जा प्रयोग गरी आफ्नो जीवनस्तरमा सुधार गर्नुका साथै वातावरण संरक्षणमा पनि असीम योगदान पुर्‍याइरहेका छन्।

            समुद्र सतहदेखि 4,700 मिटरभन्दा अग्लो ठाउँमा रहेको काङ्पा सैनिक शिबिरको प्राकृतिक अवस्था निकै कठिन छ। वायुमण्डलमा अक्सिजनको मात्रा कम रहेकाले त्यहाँ आगोमा पानी तताउन सकिंदैन। मौसम जाडो रहेकाले यहाँ नुहाउन पनि समस्या छ। यस्तो अग्लो ठाउँमा निर्मित शिबिरको कोठामा सधैं जाडो हुन्छ। गत केही वर्षदेखि यता चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनमुक्ति सेनाको सहयोगमा काङ्पा सीमा क्षेत्रमा तैनाथ सैनिकहरुले सौर्य उर्जाको प्रयोग गरी पानी तताउने गरेका छन्। यसबाट तिनीहरुको खानेपानी, नुहाउने र कोठा न्यानो बनाउने समस्या समाधान भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह