फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजमार्ग निर्माणबाट तिब्बतको सीमा रक्षक सैनिकहरुका लागि सुविधा

(GMT+08:00) 2011-06-25 19:15:59

 

                चीनको तिब्बतको सीमा क्षेत्रमा रहने सैनिक चौकी चान न्याङ्ग शको उचाइ समुद्र सतहदेखि 4,700 मिटरभन्दा अग्लो छ। हरेक वर्षको अक्टोबरदेखि अर्को वर्षको अप्रिलसम्म यो स्थान हिउँले ढाकिन्छ। पहिले यहाँ पुग्ने कुनै पनि मार्ग थिएन। यहाँ तैनाथ सीमा प्रतिरक्षा सैनिकहरुले हरेक वर्षको अगष्टदेखि पहाडको फेदीबाट हिउँद ऋतुमा चाहिने सामानहरु बोकेर चौकीमा पुर्‍याउनु परेको थियो । सन् 2005 मा यहाँ तैनाथ केही सैनिकको हिउँ पन्छाएर सामान बोक्ने क्रममा हिमपैह्रोमा परी निधन भएको थियो।

                चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनमुक्ति सेनाको केन्द्रीय समितिको निर्देशन तथा हेरचाहमा सन् 2010 मा राजमार्ग चान न्याङ श चौकीको छेउसम्म निर्माण गरिएको छ। यहाँ पहिलो चोटी गाडी आउँदा सैनिकहरु खुसीले गदगद भए। केही सैनिकहरुले पहिले आफ्ना साथी मृत्यु भएका ठाउँमा पुगेर यो सूचना सुनाएका थिए।

               राजमार्गको सुविधाबाट यहाँका सैनिकहरुको जीवनमा ठूलो सुधार भएको छ। अब एकातिर तिनीहरुले ताजा सागसब्जी खान पाएका छन् भने अर्कोतिर आफ्ना परिवारबाट पठाइएका पत्र पनि चाँडै नै पाउन सकेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह