फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अजयजीको अगस्ट 1को डायरी

(GMT+08:00) 2011-08-02 19:33:48

               तिब्बत मुक्त भएको साठी वर्ष यता भएको विकासको साक्षात्कार गर्न चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका हामी विभिन्न भाषा सेवामा कार्यरत चिनियाँ तथा विदेशी सम्वाददाता विहान सबेरै 6 बजे अघि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआईमा भेला भयौं। र 6 बजेबाट हाम्रो तिब्बत यात्रा शुरु भयो । पैचिङ्ग विमानस्थल अनि छङ्गतु र त्यहाँ केही समयको ट्रान्जित पछि तिब्बतको लागि उड्यौं ।

              नेपालसँग सीमा जोडेको भएर पनि हुनसक्छ मनमा चीनको तिब्बतबारे धेरै नै कौतुहलता थियो । एकदम उत्सुक थिएं । हावापानीसँग त भिजेकै छु र प्राकृतिक छटा र ती मनोरम दृश्य हेर्न या भन्दा एक फेर फेरि जम्काभेट गर्ने सुअवसर पाएकोले मन निकै चञ्चल भइरहेको थियो । यो मेरो पहिलो तिब्बत यात्रा हो तर नेपालमा रहँदा यस किसिमको ठाउं क्षेत्र लगायत तिब्बतको सीमा नजिकको नेपालको जिल्लाको भ्रमण गरेको थिएं । त्यसकारण यहाँको हावापानीबाट परिचित भएकोले र ती दृश्यको रस्वादन गर्न आतुर थिएं । साथै चीनको तिब्बतको तिव्र विकास पनि भइरहेको र हाम्रो यस यात्रा पनि यसै तिब्बत मुक्त भएको साठी वर्ष यता भएको विकासको अवलोकन भ्रमण भएकोले पनि सीमा पारि सिन्कोसम्म नभाँचेको स्थितिमा यता फड्को मारेको हेर्ने ईच्छा पनि थियो ।

              यस्तै कुरा मनमा चल्दै थियो । हवाईजहाजमा सबै जसो तस्विर खिच्न झ्यालतिर लागेको पाएं । आफ्नो भने झ्यालतिर सिट थिएन । पहिले पनि आफूले यस्तो दृश्य हेरिसकेको र काठमाण्डूमा माउटेन फ्लाइट पनि गइसकेकोले मनले मानेन र झ्यालतिरको सिटमा बसेको एक चिनियाँलाई अनुरोध गरी केही चित्ताकर्षक फोटो खिच्न पाए । मन एकदम रोमाञ्चित भयो र हालसम्म पनि भइरहेको छ । छङ्गतुबाट करिब दुई घण्टाको हवाई यात्रापछि तिब्बतको कुङ्क का विमानस्थलमा ओर्‌ल्यौं । र पहाडको बीचमा रहेको विमानस्थलबाट बस द्वारा करिब एक घण्टाको यात्रा पछि हामी हाम्रो होटेलमा पुग्यौं । आजको यात्रा अलि लामो नै थियो । बिहान छ बजेबाट शुरु भएको यात्रा होटेलमा पुग्दासम्म करिब सात नै बज्यो । त्यसकारण आज औंला चलाउन गाह्रो भएको छ । कुरा अरु पनि थिए । मनमा छ । भोलिको डायरीमा ती कुरालाई उठाउने नै छु । यात्रा त शुरु भएकै छैन ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह