फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआइको प्रतिनिधी मण्डलले पोताला दरबार अवलोकन गरेको छ

(GMT+08:00) 2011-08-05 19:41:01

 

           चीनको तिब्बत स्वायत्त प्रदेशमा रहेको ऐतिहासिक पूरातात्विक महत्वका साथै बौद्ध धर्मावलम्बीको आस्था केन्द्र पोताला दरबार आज सिआरआइको प्रतिनिधी मण्डलले अवलोकन गरेको छ ।

           यसक्रममा पोताला दरबारको सम्पदा विभागका प्रमुख छोङ्ग थाले सन् 2007मा छिङ्ग हाई रेलमार्गको निर्माण पछि पर्यटकको संख्या दिनहुँ बढ्दै गएको बताउनु भयो । साथै केन्द्रिय सरकार तथा स्थानीय सरकारले दरबारको संरक्षण तथा जिर्णोद्धार गर्दै आएको र नयाँ चीनको निर्माणपछि पोताला दरबारको दुई पटक जिर्णोद्धार गरेको पनि बताउनु भयो ।

           चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको उत्तर पश्चिमी पहाडमा अवस्थित विश्वको सबै भन्दा अग्लो स्थानमा निर्माण भएको पोताला दरबार 41 हेक्टर क्षेत्रफलमा फैलिएको र सो दरबार 13 तल्लाको रहेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह