फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अजयको अगस्ट 4को डायरी

(GMT+08:00) 2011-08-11 17:09:35

      आज बिहान उठी गरेको नास्ता त्यति राम्रो लागेन नास्ताभन्दा पनि मुख्य खाना जस्तै नै थियो र फेरि यहाँको खाना धेरै नै पिरो पाएं । आज हामी नास्ता पछि यही अगस्ट बीस तारिख मनाउन लागेको नवौं सगरमाथा साँस्कृतिक तथा पर्यटनको तयारीलाई गरिरहेको साँस्कृतिक नृत्य हेर्न गयौं।

      सो ठाउंमा हाल पनि मेला लागिरहेको जस्तो लाग्यो मलाई । किनभने त्यो ठाउंमा ससाना पसल स्टलहरू त्यसै गरी बाल खेल आदी छ । त्यो ठाउं पक्कै पनि मेला आयोजना गर्ने ठाउं हो । हामीलाई त्यहाँ लैजानुको कारण सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको अवस्थामा हामीलाई देखाउनु नै हो। कार्यक्रम शुरु हुनअघि नै पुग्यौं । र हामी मात्र होइन स्थानिय तिब्बती पनि भेला भइसकेको थियो । प्रायः जसोले बस्नलाई समेत घरैबाट जोरजाम गरेको थियो । कतिपयले यताउताको ढुङ्गा ल्याउंदै त्यस माथि बसेर सो कार्यक्रम हेरे। मैले पनि स्वाद लिईकन हेरें। बिभिन्न किसिमको पोशाक लगाएर त्यस्तै मौलिक बाजा बजाउंदै नाच्दैं गाउंदै गर्दा आफ्नो शरिरमा पनि तरङ्ग पैदा भएको थियो । स्थानिय तिब्बती दर्शकको सहभागिता गजबको थियो । ती कलाकारको प्रस्तुती धेरै राम्रो थियो । त्यहाँ बताए अनुसार यहाँ विशेषत तिब्बतको पश्चिमी क्षेत्रको साँस्कृतिक कार्यक्रम रहेको भन्ने थाहा पाएं यो कुरासँगै पूर्व तिब्बत र पश्चिमको संस्कृति अलि भिन्न रहेको पनि थाहा पाएं। त्यहाँ यतै पश्चिम क्षेत्रका बिभिन्न जातिले आफ्नो सँस्कृति नृत्य मार्फत प्रस्तुत गरेको थियो जुन निकै नै आकर्षक थियो र यसरी यिनीहरूको संस्कृति हेर्न पाएर मनले पनि निकै खुशी मान्यो। त्यहाँ प्रस्तुत गरेको एउटा नृत्य जहाँ खेतपाती गरेको अन्न भित्र्याएको लगायतको प्रस्तुती त हाम्रै गाउंघरको जस्तो थियो । त्यसैगरी एउटा नृत्यमा गाएको गीत हाम्रो असारे भाकासँग ठ्याक्कै मिल्ने र त्यसरी गरी एउटा अल्पसंख्यक जातिको लुगा र नृत्य तथा लय हाम्रो तामाङ्गहरूको जस्तो लाग्यो । यस तिब्बती संस्कृति कार्यक्रम सकेसँगै पेट पनि कराउन थाल्यो एक बजिसकेको रहेछ । त्यस कार्यक्रम हेरुञ्जेल भोक पनि लागेन । र त्यहाँ बाट हामी खाना खान गयौं र कोठामा करिब एक घण्टा जस्तो आराम गर्‌यौं । आज बल्ल एकक्षिण भएपनि आराम गर्न फुर्सद पायो । त्यसपछि हामी तासी ल्हन्पो गुम्बा गयौं। यो पनि पोताला दरबार जस्तै पहाडमा बनाएको रहेछ । यहाँ भने पञ्चेनको शव राखेको रहेछ र साथै पोतालामा जस्तै यहाँ पनि सुनको बस्तु सुन लेपेको र त्यसै गरी हजारौं मोति तथा पत्थरले सजाएको पायौं। हामीले यस गुम्बाको व्यवस्थापन समितीका उपप्रमुखसँग गुम्बाको बारे पनि विस्तृत जानकारी लियौं । यहँ हाल आठ सय भिक्षु रहेछ । त्यसैगरी यहाँ रातो घरमा पञ्चनहरूको शवलाई राखी सुनले तथा पत्थर जडेर बनाएको चैत्य तथा अमिताभ बुद्ध र गौतम बुद्धको मूर्ति राखेको छ भने अरु सेतो रङ्गको घरमा भिक्षुहरू बस्ने गरेको रहेछ । बाहिरबाटै हेर्दा ठूलो दरबार या मन्दिर जस्तो देखिने यो गुम्बा सन् 1447मा निर्माण भएको रहेछ र पोताला दरबार भन्दा पुरानो रहेछ । हामीलाई एक लामाले पथप्रदर्शकको भूमिका निभाउंदै सबैको जानकारी दिनु भएको थियो तर आफूले चिनियाँ नबुझ्ने त्यसले गर्दा ती ऐतिहासिक महत्वका कुरा बुझ्न नपाएर खिन्न भने भएं। तापनि त्यो गुम्बाको सेरोफेरो घुम्नु पनि ठुलै कुरा हो । अं साञ्ची नेपालमा जस्तो यहाँ पनि बत्ती दियो बाल्न पाउने रहेछ मैले पनि बालें ।खुशी लाग्यो । त्यहाँ चार घण्टा बितायौं । यसपछि हामी रात भइसकेकोले रातिको खाना खान गयौं । दिन रमाइलोसाथ बित्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह