फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यापु चाम्पु नदी छेउको नृत्य

(GMT+08:00) 2011-09-16 07:31:20

            ठूलो नदीले भूमि पार गर्दा गरिबीमा रुमल्लिएको भूमि पनि सम्पन्न हुन्छ रे। विभिन्न पुस्ताहरूको कथा ऐतिहासिक नदीमा क्रमशः बढ्दैआएको छ। यो त विश्वमा प्रसिद्ध भएको आइस्ल्याण्डको ट्याप नृत्य अर्थात् "नदी नृत्य"को मुख्य विषय हो। तपाईं तिब्बत आएर यापु चाम्पु नदी छेउको शिगाचे वरिपरिको तिब्बतको पछाडिको क्षेत्र पुगेमा यहाँ मानिसले खुशियाली एवम् सुखमयपूर्वक लयदार रुपमा ट्याप नृत्य गरेको कुरा थाहा पाउनु हुन्छ।

            सन् 2011 को अगष्ट महिनाको एक दिन बिहान शिगाचे शहरको पछाडिको क्षेत्रमा पर्ने एउटा पार्कको वातावरण निकै रमाइलो भएको थियो। त्यहाँका बासिन्दा तथा शिगाचे वरिपरिका क्षेत्रका कृषकले कार्यक्रम हेर्ने सिट पाउनका लागि साइकल चलाएर हतारमा कुर्सी लिएका थिए। एघार बजे "शिगाचे र वरपरिको क्षेत्रको ट्याप नृत्य तथा सँगीत् साँस्कृतिक दिवस"को कार्यक्रम औपचारिक रुपमा सुरु भयो। सो कार्यक्रमका जिम्मेवार व्यक्ति लो सानले हाम्रो सम्बाददातासित कुराकानी गर्दै यस कार्यक्रमको सोह्रवटा विषय भएको कुरा बताएका छन्।

           यो कार्यक्रम शिखाचे क्षेत्रका विभिन्न शहर जिल्लाको हो। पहिलो कार्यक्रम अर्थात् "वसन्त"ला च जिल्लाको लोक नृत्य हो। जसले पहिले केन्द्रीय टेलिभिजन स्टेशनको वसन्त चाडको पार्टीमा प्रदर्शन गरेको थियो।

           आज हामीले देखेको तिब्बती ट्याप नृत्यलाई तिब्बती भाषामा "त्वै शे"भनिन्छ। किनकि तिब्बती भाषामा "त्वै"को अर्थ उच्च स्थान हो। त्यसैले "त्वै शे"लाई विस्तृतरुपमा तिब्बतको शिगाचे र वरपरिको क्षेत्रमा ला चदेखि तिङ्ग र जिल्लासम्म उच्च भौगोलिक स्थानको कृषि नृत्य-गान ठानिएको छ। यस वर्ष 48 वर्ष उमेर पुगेका दा वा ला च जिल्लाको किसान-पशुपालक कलात्मक मण्डलको दक्ष अभिनेता हुन्। उनले पैचिङ्ग तथा शाङ्गहाइ गएको मात्र नभई केन्द्रीय टेलिभिजन स्टेशनको वसन्त चाडको पार्टीमा पनि भाग लिएका छन्। आराम गर्ने ठाउँमा दावा र उनका साथीहरू खुशियाली गीत गाउनुका साथै नृत्य पनि गरिरहेका थिए। ला च जिल्लाको किसान-पशुपालक कलात्मक मण्डलका नेता चा सि वाङ्ग लाले

           सन् 2006 मा हाम्रो मण्डलको स्थापना भएको हो। यसपछि हामीले अल्पसङ्ख्यक जातिको तेस्रो प्रदर्शनी कार्यक्रममा भाग लिएका थियौं। सन् 2007मा थप पचास जनाभन्दा बढी नर्तक-नर्तकी बढेर केन्द्रीय टेलिभिजन स्टेशको वसन्त चाडको पार्टीमा भाग लिइएको थियो। आजका धेरै अभिनेता-अभिनेत्री पैचिङ्ग गएका छन्। यसवर्ष हामीले तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव समारोहको पार्टीमा भाग लिएका छौं। हाम्रो मण्डलका सबै अभिनेता-अभिनेत्रीले यसप्रति निकै गौरब मानेका छन्।

           ल्हासादेखि शिखाचेतर्फ जाने बाटोको छेउमा बगेको यापु चाम्पु नदीबाट यही गीत गाउने एवम् खुशियाली जीवनलाई मन पराउने नर्तक हुर्काइएको हो। तिनीहरू भूमि तथा फारम र चउर मैदानबाट गएर झन् झन् दक्ष एवम् बुद्धिमत्ता बनेका छन्। यसका साथै मोडेस्टी ट्याप नृत्यले पनि सामान्य किसान-पशुपालकमा बिँडो थाम्नुका साथै सामाजिक स्वीकार तथा प्रशंसा पनि पाएको छ। यस्तो ट्याप नृत्यको साँस्कृतिक सप्ताह कार्यक्रम सँस्कृति थाम्न तथा सामाजिक प्रभाव पाउनका लागि निकै हितकर भएको छ। शिखाचे शहरको शिक्षा समितिको प्रचारप्रसार कार्यालयका जिम्मेवार व्यक्तिले यसप्रति निकै गौरब मानेका छन्।

           यस पटक हामीले तिङ्ग र जिल्ला,ला च जिल्ला,च्याङ्ग च जिल्ला तथा खाङ्ग मा जिल्ला ति चार वटा जिल्लाका दुईसय अभिनेता-अभिनेत्री आमन्त्रण गरेका थियौं। तिनीहरू ती चारवटा जिल्लाका किसान-पशुपालक भएकाले तिनीहरू साँच्चिकै परम्परागत नृत्य गरेका हुन्। आज ट्याप नृत्य साँस्कृतिक सप्ताहको तेस्रो दिन हो। यी तीन दिनमा दर्शकको संख्या लगभग तीन हजारभन्दा बढी पुगेको छ। ला च जिल्ला तथा तिङ्ग र जिल्लाको ट्याप नृत्य तिब्बती क्षेत्रमा निकै विशेष नृत्य हो।

           बिहानका सारा कार्यक्रम हेर्न निःशुल्क छ। साताको अन्तिम दिन छुट्टी भएतापनि पार्कमा सयौं जना दर्शक आएका थिए। यसले धेरै व्यापारीले यहाँ सामान बिक्री गर्न आकर्षण गरेको थियो। माध्यन्ह बाह्र बजे कार्यक्रम सम्पन्न भएको थियो। तर दर्शक यसमा यथावत् डुबेका देखिन्थे। निःशुल्क हेर्ने अवस्थामा साँस्कृतिक मण्डल तथा अभिनेता-अभिनेत्रीले जीवन कसरी चलाएका छन् त ?यस प्रश्नको उत्तर दिँदै शिखाचे शिक्षा समितिको प्रचारप्रसार कार्यालयका जिम्मेवार व्यक्तिले यसरी बताएः

            शिखाचे क्षेत्रमा आजकाल निरन्तर लोक संस्कृति खोजिइरहेको छ। औपचारिक नृत्य कार्यक्रम बनाएपछि यसले अभौतिक साँस्कृतिक सम्पदाको विषयका लागि नाम दर्ता गर्नसक्छ। अभौतिक साँस्कृतिक सम्पदाको सूचीमा प्रवेश गरेपछि सम्बन्धित सहयोगात्मक नीति समर्थन पाउन सकिन्छ। ला च जिल्लाको "त्वै शे"यस्तो कार्यक्रम हाम्रो शिखाचे क्षेत्रमा सत्तरी/असी वटा छन्।

            सन् 2005 देखि यता संस्कृति मन्त्रालयले तिब्बतमा बन्दोबस्त गरेको विशेष रकमको परिमाण तीन करोड पच्चीस लाख असी हजार पुगेको छ। तिब्बत स्वायत प्रदेशले पनि लगभग तीन करोड युआनको लगानी लगाएको छ। यस्तो बढी रकमलाई विशेषरुपमा राष्ट्रस्तरीय तथा तिब्बत स्वायत प्रदेशको अभौतिक साँस्कृतिक सम्पदाको सूचीको विषयको संरक्षण तथा बिँडो थाम्नका लागि प्रयोग गरिएको छ। च्याङ्ग च जिल्लाको लोक साँस्कृतिक मण्डल यस्तो दशौं जनाको कलात्मक मण्डल यसबाट लाभान्वित भएको छ। यसैगरी यसको विकास पनि भएको छ।

            हामीले तिब्बती सुन्दरीहरू यापु चाम्पु नदीको दुइ किनारामा "नदी नृत्य"गर्दैजाने विश्वास गरेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह