फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत-छिङ्ग हाइ रेलवैबाट तिब्बतको विकासका लागि योगदान दिने

(GMT+08:00) 2011-09-16 07:39:43

             यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, म कार्यक्रमकी सञ्चालिका ललिताको तर्फबाट सबैमा नमस्कार।

             यसअघिका कार्यक्रममा म र अजय जीले तिब्बतको यात्रामा देखेको तथा अनुभव गरेको विषयबारे कुराकानी गरेका थियौं। आजको कार्यक्रममा मैले तिब्बतको नयाँ विकास र परिवर्तनबारे निरन्तर रुपमा जानकारी दिनेछु। अब सुधार भएको यातायात र ढुवानीले तिब्बतका लागि परिवर्तन गरेको विषयबारे पनि चर्चा गर्नेछु।

             ल्हासाबाट सि नीङ्गसम्म भएको के 9802 रेल विस्तार-विस्तारै रुपमा ना छ्यु रेल-स्टेशनबाट छोडेको समयमा मीठो तिब्बती गीत प्रसारण भइरहेको छ। रेल-स्टेशनका प्रमुख छोडिरहेको रेलमा नजर पुर्‍याएको छ।

             छिङ्ग हाइ-तिब्बत रेलवैअन्तर्गत ना छ्यु रेल-स्टेशनका प्रमुख नि तो हुङ्ग कान सु प्रान्तीय मान्छे हुन्। उनले छिङ्ग हाइ प्रान्तमा 24 वर्षसम्म काम गरेर सन् 2009को फेब्रुअरी महिनादेखि ल्हासामा काम गरेका थिए। छ महिनापछिको अगष्ट महिना एक तारिखदेखि उनले ना छ्यु रेल-स्टेशनका प्रमुख बनेका छन्। यद्यपि अरुले उनलाई ईर्ष्या गरे तापनि त्यस बेला काम गर्न निकै गाह्रो भएको अनुभव श्री लिले गरेका छन्। उनले चर्चा गरेका छन्-

             "पहिले यहाँ केही माल-सामान किनखोज्ने वा काम गर्न खोज्ने निकै गाह्रो थियो। सन् 2009को अगष्ट महिना एक तारिखका दिनदेखि यस ना छ्यु रेल वै स्टेशन सञ्चालन भएको बेलामा नारा, फूल बास्केट आदि किन्नका लागि ल्हासा जानुपर्‍यो। त्यसपछि गाडीमा माल-सामान पठाउनुपर्‍यो। त्यसैले लागत ज्यादै महंगो थियो। अहिले ना छ्युमा सै सामान छ।"

             ना छ्यु जिल्ला तिब्बतको मध्य र अलि उत्तरी भागमा परेको छ। त्यहाँको सरदर उचाइ चार हजार पाँच सय मिटरभन्दा बढी छ। वातावरण कडा हुनुका साथै यातायात पनि गाह्रो छ। त्यसैले त्यहाँ माल-सामानको मूल्य महंगो हुनुका साथै सामानको किसिम पनि कम थिए।

             सन् 2006 जुलाइ महिनाको एक तारिखदेखि छिङ्ग हाइ-तिब्बत रेल वै सञ्चालन भएको थियो। यस रेल वैको लम्वाई एक हजार नौ सय 56 किलो मिटर भएर विश्वव्यनपी रुपमा समुद्र सतह र लम्वाई सबैभन्दा बढी भएको पठारभूमिमा पर्ने रेल वै हो। त्यसैले त्यसलाई "विश्वको छानोमा इस्पात मार्ग" भनिन्छ।

             ना छ्यु सामान वितरण केन्द्रका उपप्रमुख मिङ्ग चङ्गको जन्मथलो स छ्वुआन हो। सन् 1982देखि उनले ना छ्यु गएर काम गरेकी छिन्। उनका अनुसार, केही वर्षदेखि यता तिब्बतको परिवर्तन निकै ठूलो भएको छ। विशेष गरी छिङ्ग हाइ-तिब्बत रेल वै सञ्चालन भएदेखि यता सर्वसाधारणको जीवन झन् झन् उत्कृष्ट हुँदैआएको छ।

 

           "मेरो जन्मथलो स छ्वुआन हो। सन् 1982देखि ना छ्यु आएर काम गरेको छु। हिउँद ऋतुमा यहाँ साग थिएन। सबै सलगम, आरु र चिनियाँ पाच्छाई साग थिए। विदाको समयमै स छ्वुआन फर्केर सागसब्जी खान कति खुसी लाग्यो। अहिले ल्हासा, नाछ्यु नात्र होइन तिब्बतका विभिन्न गाउँ-बस्तीमा साग खाने चाहना पूरा गर्नसकिन्छ। अर्कातीर मेरो कार्यालयमा रहेको फूलहरु पहिले निकै ध्यान दिएर रोप्न सक्दैनथ्यो। किन्नसक्दैनथ्यो।"

            तथ्याङ्कका अनुसार, छिङ्ग हाइ-तिब्बत रेल वै सञ्चालन भएका पाँच वर्षमा कूल अठार करोड टन माल-सामान तिब्बतमा पठाइएको छ। सामान बढी भएर मूल्य पनि कम भएको छ। श्री लि तो हुङ्गले निर्माणमा चाहिने बस्तुको मूल्यबारे उदाहरण दिने गरेका छन्।

             "केही वर्षदेखि यता निर्माणमा चाहिने बस्तुको मूल्य कम भएको छ। सस्तो छ। पहिले एक टनको सिन्मेट किन्नका लागि एक हजार चार-पाँच सय चिनियाँ युआन चाहिन्थ्यो। अहिले सात सय चिनियाँ युआनभन्दा बढी पुगेको छैन। त्यसैले सर्वसाधारणले घरको निर्माण गर्ने इच्छा बढेको छ। कोठा बढी हुनुका साथै आधारभूत प्रबन्ध पनि निर्मित भएको छ। विशेष गरी नयाँ गाउँको निर्माण निकै छिटो छ।"

              छिङ्ग हाइ-तिब्बत रेल वै सञ्चालन भएपछि तिब्बत झन् झन् सुन्दर हुँदैआएको कुरा श्री लिले बताएका छन्। साथै छिङ्ग हाइ-तिब्बत रेल वैले सर्वसाधारणलाई सुविधा दिएको छ। तथ्याँकका अनुसार, छिङ्ग हाइ-तिब्बत रेल वै सञ्चालन भएदेखि यता यात्रुहरुको संख्य चार करोड दश लाखभन्दा बढी पुगेको छ।

             "पहिले सर्वसाधारणले हामीले रेल नदेखेको र नचढेको कुरा मलाई भने। अहिले ल्हासातिर जाने रेल टिकट अपुग नै छ। स्टेशनको वैटिङ्ग रुममा धेरै मान्छे भएर हरेक मान्छेले रेल चढ्न चाहेका छन्।"

              भर्खरै चर्चा गरेको श्रीमती मिङ्ग चङ्गका साथीहरु छिङ्ग हाइ-तिब्बत रेल वैको फाइदा पनि उपभोग गरेका छन्। उनीहरु ल्हासामा काम गर्नुका साथै छोरा-छोरी पनि ल्हासामा पढेका छन्। तर बुवा-आम नाछ्युमा बस्नुभएकाले हाल ल्हासाबाट नाछ्युसम्म तीन घण्टा मात्र चाहिन्छ। ज्यादै सुविधा छ।

             "नाछ्युका धेरै जनाले ल्हासामा काम गर्दैभएका छन्। यिनीहरुका छोरा-छोरी पनि ल्हासामा पढ्दैभएका छन्। विदाको समयमा नाछ्यु फर्कन निकै सुविधा छ। छिङ्ग हाइ-तिब्बत रेल चढेर सुरक्षित तथा छिटो छ। गाडी चढेमा कम्तिमा पाँच घण्टा चाहिन्छ। रेलद्बारा तीन घण्टाभन्दा बढी मात्र पुग्नेछ।"

            यस रेल वैले स्थानीय सर्वसाधारणको जीवनमा ठूलो परिवर्तन गर्नुका साथै एघारौं पञ्चवर्षिय योजनामा तिब्बतको "विशेष आर्थिक विकास रणनीति", "चौतर्फी खुपाल रणनीति" र "दिगो विकास रणनीति"का लागि थप शक्ति दिएको छ। साथै जसले तिब्बतको हरियो कृषि तथा पशुपालन उद्योग, विशेषता रहेको तिब्बती ओषधि उद्योग, जातीय हस्त कला, पर्यटन उद्योगको विकासका लागि ढुवानी क्षेत्रमा बरियो प्रत्याभूति प्रदान गरेको छ।

             चिनियाँ कम्युनिष्ट पार्टीको 17औं प्रतिनिधि सम्मेलनमा राष्ट्राध्यक्ष हु चि थाउले भ्यायसम्म छिङ्ग हाइ-तिब्बत रेल वैको निहित शक्तिको विकास गरेर यस रेल वैको ठूलो भूमिका भ्यायसम्म खेल्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ। वर्तमान यस रेल वैले तिब्बती जनताको सुखमय जीवन हुन, आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउनका लागि योगदान दिंदैगएको छ।

              यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, तपाईं सुन्दै हुनुहुन्थ्यो-"तिब्बत-छिङ्ग हाइ रेलवैबाट तिब्बतको विकासका लागि योगदान दिने"भन्ने विषयको जानकारी। यसका साथै आजको "चीनमा नजर पुर्‍याउँदा "कार्यक्रम यही पूरा हुन्छ। आगामी साताको यस कार्यक्रममा हामी फेरि भेटौंला। कार्यक्रमबाट म ललितालाई विदा दिनुहोस्। नमस्कार।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह