फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्बारा मुख्य गरी पर्यटन व्यवसायको विकास

(GMT+08:00) 2011-09-16 07:41:31

           तिब्बत स्वायत्त प्रदेश आफ्नो विशेषतायुक्त पठारभूमिको संस्कृति र प्राकृतिक दृश्य भएका कारण स्वदेश तथा विदेशमा प्रचलित भएको छ। हाल पाँच वर्षभित्रमा यातायात र सम्बन्धित पर्यटकीय प्रबन्ध सुधार भएको कारण तिब्बत जाने स्वदेशी तथा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै आएका देखिन्छन्। जसबाट स्थानीय कृषक तथा पशुपालकका लागि रोजगारी र धनी बन्ने अवसर आएको छ। त्यसैले तिब्बतले पर्यटन व्यवसायलाई आफ्नो अर्थतन्त्रको मुख्य शक्तिको रुपमा लिएको छ। तिब्बतलाई विशेषतायुक्त संस्कृति र असल पर्यावरणीय वातावरण भएको विश्वकै महत्वपूर्ण पर्यटकीय स्थल बनाउने तिब्बतको लक्ष्य रहेको छ। आजको चीनको यात्रा कार्यक्रममा हाम्रा पत्रकारद्बारा पठाइएको यसैसम्बन्धी एक विवरण सुन्नुहोस्।

           40 वर्षीय छि तान औउ चुको जन्मथलो ला रु ग्रामीण क्षेत्र तिब्बतको प्रसिद्ध पर्यावरणीय तथा कृषि विकास परीक्षण क्षेत्र हो। यस गाउँमा जम्मा 42 घरधुरी रहेका छन्। हरेक घरले आफ्ना बारीमा तरबुजा,टमाटर आदि जस्ता तिब्बतमा थोरै देखिने खेती गर्छन्। यी उत्पादित बस्तुहरुमध्ये धेरैजसो चारैतिर रेस्टुराँ र होटेलमा आपूर्ति गरिन्छन्। श्री छि तान औउ चुले भन्छन्:

             हाल राजमार्ग स्थापना भएपछि पर्यटन व्यवसाय अझ राम्रो हुँदैछ। हाम्रा स्थानीय बासिन्दाको आम्दानी पनि बढ्दै छ। आउने दिनहरुमा हामीले अझ बढी होम्स्टेको स्थापना गर्ने योजना गरेका छौं। जसबाट आम्दानी अझ बढी थपिने छ।

            ला रु ग्रामीण क्षेत्र तिब्बतको दक्षिण-पूर्वी भागका लिन चि क्षेत्रमा पर्दछ। प्रचुर वनजङ्गल स्रोत भएको कारण लिन चिले तिब्बतमा प्रथम त रुपमा पर्यावरणीय पर्यटनको विकास गरेको हो। हाल त्यहाँको पर्यटकीय परिमाण प्रारम्भिक रुपमा स्थापना भयो भने पा सुङ्ग छ्वो ताल दृश्य क्षेत्र,या लु चाङ्ग बु नदी बग्ने घाटी भन्ने राष्ट्रिय स्तरीय प्रकृति संरक्षण क्षेत्र आदी प्रसिद्ध स्थल रहेका छन्। सन 2009मा लिन चि क्षेत्रले जम्मा एघार लाख पर्यटक आकर्षित गरेको थियो। पर्यटनसम्बन्धी आम्दानी असी करोड चिनियाँ युआन बराबर थियो।

            चीनको हु नान प्रान्तबाट आएका वाङ्ग लिन र उहाँका छोराले तिब्बतमा दश दिने यात्रा गरिरहेका छन्। श्रीमती वाङ्ग लिनले भन्छिन्:

            तिब्बतको दृश्य निकै सफा र पवित्र छ। मेरो विचारमा लिन चि सबैभन्दा सुन्दर छ। यहाँ शान्त हुनुका साथै पर्यावरणीय वातावरण निकै मनोरञ्जनात्मक छ। हामी यहाँको दृश्यको अवलोकन राम्ररी गर्नेछौँ।

            तिब्बत स्वायत्त प्रदेशको पर्यटन व्यूरोले जारी गरेको तथ्याङ्कअनुसार यसवर्षका अघिल्ला सात महिनामा तिब्बतले चालीस लाख स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्नुका साथै पर्यटनबाट भएको आम्दानी चार अर्ब दश करोडभन्दा बढी पुगेको छ। यो रकम मात्रा गत वर्षको सोही अवधिको तुलनामा 40 प्रतिशतले बढेको छ। यसवर्ष तिब्बतको पर्यटनको मुख्य अवधि पहिलेभन्दा अझ दुई महिना लम्बाइने अनुमान पनि गरिएको छ।

             झन झन बढी तिब्बती कृषक तथा पशुपालकले पर्यटन व्यवसायको तीब्र विकासबाट धेरै ‌मौका पाएका छन्। उनीहरुले स्थापना गरेका विशेष आवास र खानेकुराको सेवाले समस्त पर्यटकको मनमा छाप बसेको छ। सन 2010सम्म तिब्बतका स्टार होम्स्टे तीन सय पन्ध वटा पुगेका थिए। पर्यटन व्यवसायमा कार्यरत् कृषक तथा पशुपालकको संख्या 50 हजार बराबर र प्रतिव्यक्ति आम्दानी छ हजार चिनियाँ युआन थियो। तिब्बत स्वायत्त प्रदेश सरकारले यी कृषक तथा पशुपालकलाई पर्यटनसम्बन्धी तालिम दिएको छ। बितेका पाँच वर्षमा ग्रामीण क्षेत्रको पर्यटनको विकासमा समर्थन दिएको रकम लगभग दश करोड चिनियाँ युआनभन्दा बढी रहेको छ।

              पर्यटन व्यवसायका विशेषज्ञका अनुसार पर्यटन सेवाको आधारभूत प्रबन्ध निर्माण द्रूत गतिले प्रवर्द्धन भइरहेको छ। छिङ्गहाइ-तिब्बत रेलमार्ग,लिन चि तथा आ लि विमानस्थल संचालनबाट पर्यटकहरुले अझ बढी सुविधाजनक तिब्बतमा पुग्नसकेका छन्। पर्यटन व्यवसाय  बलियो शक्तिले विकसित हुनुका साथ तिब्बतमा पर्यटनसम्बन्धी लगानी पनि बढ्दै आएको छ।

              तिब्बत पर्यटन लिमिटेड कम्पनीका उपाध्यक्ष ल्यु च्यान युनको बिचारमा तिब्बतको पर्यटनको विकास प्रारम्भिक अवधिमा रहेको छ। स्वदेशका धेरै पर्यटकीय स्थलभन्दा ठूलो विकसित सञ्चित शक्ति रहेको छ। तिब्बतको पर्यटनका लागि अझ बढी प्रचार प्रसार गर्ने शक्ति चाहिन्छ। उहाँले भन्नुहुन्छ:

             हाम्रो कम्पनीको दृष्टिकोणबाट हेर्दा वर्तमान तिब्बतको पर्यटन विकास एउटा प्रारम्भिक विकास हो भने विकसित संचित अवसर निकै ठूलो छ। एउटा महत्वपूर्ण समस्या के हो भने पर्यटकले तिब्बतको मौसमबारे केही गलत ज्ञान पाएको छ भने मुख्य गरी जूलाइ,अक्टोबर र सेप्टेम्बरको अवधिमा मात्र तिब्बत आउछन्। सम्बन्धित प्रचार प्रसार बढाउनका साथसाथै अन्य अवधिमा पनि तिब्बत आउने पर्यटकको संख्या बढ्नु आवश्यक छ।

               सम्बन्धित योजनाअनुसार आउने पाँचवर्षमा तिब्बतले"पवित्र प्रकृति,मेलमिलाप पर्यावरणीय वातावरण,विशेष संस्कृति"भन्ने पर्यटकीय अनुहारको निर्माण गर्ने उद्देश्य लिएको छ। जसबाट तिब्बतको पर्यटन अझ उच्च स्तरमा पर्ने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह