फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती भूदास मुक्ति दिवसबारे एक जानकारी

(GMT+08:00) 2012-03-28 10:23:00

           सन् 2009 को जनवरी उन्नाइस तारिख तिब्बतको विधायिका संस्थाले एक निर्णयपत्र पारित गरी हरेक मार्च अठाईस तारिखलाई तिब्बती दास-भूदास मुक्ति दिवसका रुपमा राखेको निर्णय गरेको थियो। जसले पचास वर्षअघि तिब्बतमा भएको प्रजातान्त्रिक सुधारको सम्झना गर्नुका साथै मानिसलाई उक्त इतिहासबारे अविस्मरणीय सम्झना गराएको छ।

          सन् 1959 को मार्च दश तारिखमा 14औँ दलाइको नेतृत्वमा रहेको तत्कालीन तिब्बती उच्च तह समूहले धर्मको आडमा गरिने राजनीतिसम्बन्धी भूदास प्रणालीलाई कायम राख्नका लागि सशस्त्र विद्रोह गरेको थियो। मार्च अठाईस तारिख चीनको केन्द्रीय जन-सरकारले तिब्बत स्थानीय सरकार भङ्ग गराई तिब्बत स्वायत प्रदेशको तयारी समितिले तिब्बत स्थानीय सरकारले शासन सञ्चालन गर्ने घोषणा गरेको थियो। तत्कालीन तिब्बती लाखौँलाख भूदासको चाहनाअनुसार, चीनको केन्द्रीय सरकारले तिब्बतमा धर्मको आडमा गरिएको राजनीतिसम्बन्धी सामन्ती भूदास प्रणालीको जरो उखेलिएको थियो। जसबाट लाखौँलाख भूदासहरुले आफ्नो स्वतन्त्रता पाउनुका साथै जग्गा पनि पाएका थिए। साथै उनीहरुले ऐनमा लेखिएको राजनीतिक अधिकार पनि पाएर स्वदेश तथा तिब्बत स्वायत्त प्रदेशका मालिक भएका थिए।

           इतिहासदेखि नै चीन एउटा बहु-जातीय मुलुक रहिआएको छ। तिब्बती जाति चीनको राष्ट्रिय परिवारको एक सदस्य जाति हो। हजारौँ वर्षयता तिब्बती जातिका जनताले चीन राष्ट्रको गठन र विकासलाई महत्वपूर्ण योगदान दिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह