फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साधारण विद्यालय क्वाङ सीमा पढेका पाकिस्तानी विद्यार्थी

(GMT+08:00) 2015-11-28 15:32:44

           आदर्णीय श्रोता यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो।प्रत्येक शुक्रबार प्रसारण हुने नियमित कार्यक्रम आँखीझ्यालमा म संचालिका सरलाको नमस्कार।आजको कार्यक्रममा म साधारण विद्यालय क्वाङ सीमा अध्ययन गरेका पाकिस्तानी विद्यार्थीका बारेमा केही सामग्री प्रस्तुत गर्दैछु।

           क्वी लिन, दक्षिणी चीनको—क्वाङ सी प्रान्तको एउटा सानो शहरले आफ्नो सुन्दर प्राकृतिक दृश्यले गर्दा चीनलाई विश्वमा अझै चम्काउन सफल भएको छ।

          क्वी लिन यस अन्तर्राष्ट्रिय पर्यटकीय शहरमा संसारका विभिन्न मुलुक र क्षेत्रहरुबाट पुगेका पर्यटकहरु धेरै हुन्छन्। पर्यटन क्षेत्रका अल्पसंख्यक बुढा-बुढीहरुले विदेशी पर्यटकहरुसँग अंग्रेजी भाषामा कुराकानी गर्न सक्छन्। पर्यटकहरुबाहेक विदेशबाट धेरै विद्यार्थीहरु यस सु्न्दर र शान्त शहरमा अध्ययनका लागि पुगेका छन्। तर क्वी लिनमा चीनको एक राम्रो छिमेकी र राम्रो साझेदार मुलुक पाकिस्तानबाट आउनुभएका साथीहरु थोरै छन्।सन् 2013मा साधारण विद्यालय क्वाङ सीमा पहिलो पटक पाकिस्तानी विद्यार्थीहरुले अध्ययन गरेका छन्। उहाँहरुको नाम असाद,उमेद र मारुक हो।

          चीनमा पढनका लागि चीन सरकारको छात्रबृत्ति आवेदन गर्ने निर्णय गरेपछि असादले स्कूलमा धेरै तयारी काम गर्नुभएको थियो। त्यस क्षणको सम्झना गर्दै उहाँले अन्तिममा शिक्षासम्बन्धमा उच्चस्तरीय साधारण विद्यालय क्वाङ सी र चीनको दक्षिणी भागमा पर्ने राम्रो वातावरण भएको शहर छान्नुभयो। असादले भन्नुभयो-विद्यालय छान्ने बेला उहाँको परिवारले पनि उहाँलाई राम्रो सुझाव दिनुभएको छ।

           "मसँग एक जना मामा, जो चीन र पाकिस्तानबीच व्यापार गरिरहनुभएको छ। मैले उहाँलाई कुन शहर पढनका लागि उचित होला भनेर प्रश्न सोधेपछि उहाँले एउटा शान्त शहर छान्नु राम्रो छ र त्यहाँ पढनका लागि पनि राम्रो भएको कुरा उहाँले मलाई बताउनुभयो। त्यसैले अन्तिममा मैले क्वी लिन शहरलाई छानें।"

1 2
जानकारी तथा लेखहरु