फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

50 वर्षमा तिब्बती नाछ्यु क्षेत्रको ठूलो विकास

(GMT+08:00) 2015-08-06 18:46:57

तिब्बत स्वायत प्रदेश स्थापना भएदेखिको 50 वर्षमा तिब्बती नाछ्यु क्षेत्रले ठूलो आर्थिक तथा सामाजिक विकास गरेको छ। 50 वर्षअघि नाछ्यु क्षेत्रमा अर्थतन्त्र प्राकृतिक परम्पारागत पशुपालन मात्रै थियो भने व्यवसाय शून्य रहेको नाछ्यु क्षेत्रीय प्रशासनिक कार्यालयका उप उच्चायुक्त आउ लिउ छ्युआनले 6 तारिख ल्हासामा चर्चा गर्नुभयो।

नाछ्यु क्षेत्र उत्तरी तिब्बतको भित्री भागमा अवस्थित हुनुका साथै समुद्री सतहदेखि सरदर 4 हजार 5 सय मिटरको उचाइमा पर्दछ। सन् 2014सम्म त्यहाँको कुल जनसंख्या करिब चार लाख 90 हजार रहेको छ। त्यसमध्ये 87प्रतिशत अल्पसंख्यक जाति रहेका छन्।

उपउच्चायुक्त आउले दिनुभएको जानकारीअनुसार, तिब्बत स्वायत प्रदेशको स्थापनादेखि नाछ्यु क्षेत्रका सर्वसाधारणको सरदर आम्दानी सन् 1979 को एक सय 54.79 युआनबाट बढेर गत वर्ष 7 हजार 2 सय 34 चिनियाँ युआन पुगेको छ। हाल फ्रिज, टेलिभिजन, मोटर साइकल र गाडीहरु सामान्य प्रबन्ध भएका छन्। 50 वर्षअघि नाछ्युको यातायात मानिस र पशु, खाने पानीको श्रोत हिउँ र नदी र उज्यालोको श्रोत टुकी थियो। हाल नाछ्यु क्षेत्रमा संचालित राजमार्गको लम्वाइ 20 हजार 8 सय 62 किलोमिटर पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ