फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दश वटा क्षेत्रको तथ्याङ्कबाट तिब्बत स्वायत्त प्रदेशको विकासको लेखाजोखा

(GMT+08:00) 2015-08-10 19:04:08

         तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचासौँ वार्षिकोत्सवका अवसरमा तिब्बतको आर्थिक, यातायात, पर्यावरण, पर्यटनलगायत दशवटा क्षेत्रको तथ्याङ्क प्रकाशित भएको छ। यी तथ्याङ्कबाट तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचास वर्षदेखि सो क्षेत्रमा ठूलो परिवर्तन भएको झल्किएको छ।

         ती दशवटा क्षेत्रको तथ्याङ्क यस प्रकार रहेको छ। क्षेत्रीय कूल गार्हस्थ उत्पादन 68.5 गुणा बढेको छ। सन् 1965 मा तिब्बतको कूल गार्हस्थ उत्पादनको कूल मात्रा 32 करोड 70 लाख चिनियाँ युआन रहेकोमा सन् 2014 मा उक्त संख्यामा वृद्धि भएर 92 अर्ब आठ करोड तीस लाख चिनियाँ युआन पुगेको छ।

         त्यसैगरी मुख्य परियोजना क्षेत्रमा लगभग छ खर्ब चिनियाँ युआन लगानी भएको छ। तिब्बती आर्थिक तथा सामाजिक विकासको मागबमोजिम राष्ट्रले तिब्बतलाई अनेकौँ ठूला परियोजना राखेको छ जसमा लगभग छ खर्ब चिनियाँ युआन लगानी भएको छ। साथै त्यसबाट तिब्बतको आवश्यक प्रबन्धको धेरै सुधार भएको छ। कूल गार्हस्थ उत्पादनमा क्षेत्रीय राजस्व 13.5 प्रतिशत पुगेको छ। तिब्बत स्वायत्त प्रदेश स्थापना भएदेखि केन्द्रीय अर्थमन्त्रालयले तिब्बतलाई दिएको वित्तीय भत्ता लगभग छ खर्ब चिनियाँ युआन पुगेको छ। सन् 1989 अघि तिब्बती क्षेत्रीय राजस्वमा घनात्मक बृद्धि भइरहेको थियो तर त्यसपछि सकारात्मक बृद्धि हुन थालेको छ। सन् 2014 मा तिब्बतको राजस्व बाह्र अर्ब चालीस करोड चिनियाँ युआन पुगेको छ भने क्षेत्रीय जीडीपीको 13.5 प्रतिशतसम्म बढेको छ।

          तिब्बतमा औद्योगिक उत्पादन मात्रा पनि वृद्धि भएर पन्ध्र अर्ब चिनियाँ युआन पुगेको छ। पुरानो तिब्बतमा कुनै पनि आधुनिक उद्योग थिएनन्। तर स्वायत्त प्रदेश स्थापना भएपछि तिब्बतको आधुनिक उद्योग बढ्दै गएको छ। साथै ‌औद्योगिक उत्पादन मात्रा पनि सन् 1965 को नब्बे लाख चिनियाँ युआनबाट सन् 2014 मा पन्ध्र अर्ब चिनियाँ युआन पुगेको छ।

         तिब्बतमा संचालनमा आएको राजमार्गको लम्बाई 75 हजार किलोमिटर पुगेको छ। पुरानो तिब्बतमा कुनै पनि राजमार्ग थिएन। पचास वर्षसम्म निर्माण भएपछि सारा तिब्बतमा संचालन भएको राजमार्गको कूल लम्बाई 75 हजार किलोमिटर पुगेको छ भने पूर्वतिर स छ्वान र युन नान प्रान्तसम्म, पश्चिमतिर सिनच्याङ प्रान्तसम्म, उत्तरतिर छिङहाइसम्म र दक्षिणतिर भारत र नेपालसम्म तिब्बतको सडक सन्जाल स्थापित छ।

          तिब्बतमा प्रतिव्यक्ति आय दश हजार सात सय तीस युआन पुगेको छ। पचास वर्षदेखि तिब्बती शहरी सर्वसाधारण र किसान तथा पशुपालकको आय ऐतिहासिक रुपमा बृद्धि भएको छ। प्रदेशभरि प्रति व्यक्ति आय दश हजार सात सय तीस चिनियाँ युआन पुगेको छ। तिब्बतीहरुको घरमा अहिले फ्रिज, टेलिभिजन, मोटरसाइकल, मोबाइलफोन र गाडी हुनु सामान्य हुन थालेको छ।

          त्यसैगरी तेइस लाख किसान तथा पशुपालक तिब्बतीहरु नयाँ घरमा बसेका छन्। पुरानो तिब्बतमा नब्बे प्रतिशतभन्दा बढी तिब्बतीको आफ्नो घर थिएन। सन् 2006 मा तिब्बतमा किसान तथा पशुपालक बसाउने परियोजना सुरु भएपछि सन् 2013 को अन्तसम्ममा सत्ताइस अर्ब असी करोड चिनियाँ युआन लगानी भएको छ भने तेइस लाख तिब्बती किसान तथा पशुपालक नयाँ घरमा बसेका छन्।

           तिब्बतीहरुको औसत आयु 68.2 वर्षसम्म पुगेको छ। पठारमा अक्सिजन अभावको कारण तिब्बतलाई मानव जाति बस्न नमिल्ने ठाउँको रुपमा मानिएको थियो। तर पचास वर्षदेखि तिब्बतीको जीवनस्तर बढेको र चिकित्सा अवस्था सुधार भएको कारण तिब्बतीको औसत आयु बढ्दैआएको छ भने पहिलाको 35.5 वर्षदेखि अहिलेको 68.2 वर्षसम्म बढेको छ।

          तिब्बतमा संरक्षण क्षेत्रफल तिब्बती कूल क्षेत्रफलको 34.5 प्रतिशत पुगेको छ। तिब्बतको ठूलो विकास हुँदा तिब्बतले वातावरण संरक्षणलाई आफ्नो आधारलाइनको रुपमा राखेको छ। हाल प्रदेशभरि बाइस पर्यावरण संरक्षण क्षेत्र, आठ वटा राष्ट्रिय वन पार्क, पाँच वटा राष्ट्रिय सिमसार क्षेत्र, चारवटा जियोपार्क, तीनवटा राष्ट्रिय दृश्यावोलकन क्षेत्र, 47 वटा प्राकृतिक संरक्षण क्षेत्र रहेका छन्। संरक्षण क्षेत्रको क्षेत्रफल चार लाख बाह्र हजार दुई सय वर्ग किलोमिटर पुगेको छ भने तिब्बती कूल क्षेत्रफलको 34.5 प्रतिशत पुगेको छ।

           वार्षिक पर्यटकको संख्या पटक पटक गरी एक करोड पचास लाख पुगेको छ। तिब्बती विशेष संस्कृति र दृश्यले चिनियाँ तथा विदेशी पर्यटकको ध्यान तानिरहेको छ। सन् 2014 मा तिब्बतमा पुगेका पर्यटकको संख्या एक करोड पच्पन्न लाख तीस हजार पुगेको छ भने सन् 1981 को भन्दा एक हजार आठ सय गुणाले बढेको छ। हाल तिब्बतको पर्यटन उद्योग पनि विश्वले नयाँ तिब्बत बुझ्ने महत्वपूर्ण झ्याल बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ