फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पको प्रकोपले चीन-नेपाल मित्रतामा थप प्रगाढता

(GMT+08:00) 2015-08-12 19:05:22

        तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचास वर्षदेखि तिब्बत र नेपाल सीमा क्षेत्रबीचको आवत-जावत र व्यापार बढ्दै आएको छ। गत अप्रिल पचीस तारिख नेपालमा गएको विशाल भूकम्पबाट नेपाललाई ठूलो क्षति पुगेको छ। यसका साथै नेपालसँग जोडिएको तिब्बती सिखाचेको न्येलामु जिल्ला, चिलुङ जिल्ला, खासा आदि क्षेत्रमा पनि भूकम्पको प्रकोपले ठूलो क्षति पुर्‍याएको छ।

        भूकम्प गएपछि तिब्बती सरकारले आकस्मिक कदम चालेर उद्धार गरेको छ। तिब्बत प्रान्तीय सरकारले तिब्बतीलाई मात्र उद्धार नगरेको सीमा क्षेत्रमा बसेका नेपालीहरुलाई पनि उद्धार गरेको छ। सिखाचे शहरको न्येलामु जिल्लाका उपाध्यक्ष तुपिङका अनुसार, नेपालीहरुको उपचार खर्च र भूकम्प गएपछिको तिब्बत बसाई खर्च पनि तिब्बती सरकारले बेहोरेको छ। भूकम्प गएपछि नेपालीहरु स्वदेश फर्किन नपाएसम्म सबैलाई सिखाचेमा अस्थायी बसोबास क्षेत्रको व्यवस्था गरिएको थियो।

        नेपाली व्यापारी पाइमा लाङमु खासामा तीस वर्षभन्दा बढी समयदेखि बसेका छन्। भूकम्प गएपछि उनको पाँच सदस्यीय परिवारलाई उद्धार टोलीले अस्थायी बसोबास क्षेत्रमा सारेको थियो। उनको छोरा सामले त्यहाँ धेरै तिब्बती साथी चिनेर विदेशमा पनि निकै रमाइलो मानेर बसेका थिए।

        भूकम्पले चीन र नेपाललाई ठूलो क्षति पुर्‍यायो तर त्यो प्राकृतिक प्रकोपले दुई देशबीचको गहिरो मित्रता पनि देखाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ