फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमाल आरोहण उद्योगबाट तिब्बतको पर्यटन विकास

(GMT+08:00) 2015-08-13 19:26:42

       चीनको तिब्बत स्वायत्त प्रदेशमा आठ हजार मिटरभन्दा अग्लो हिमालको संख्या पाँच पुगेको छ भने सात हजार मिटरभन्दा अग्लो हिमालको संख्या सत्तरीभन्दा बढी। त्यसैगरी छ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हजारौँ रहेका छन्। यस्तो विशेष हिमाली स्रोत रहेकोले तिब्बत हिमाल आरोहण पर्यटन उद्योग द्रुत गतिले विकास भएको छ।

        तिब्बत स्वायत्त प्रदेशीय खेलकुद ब्यूरोका उप-प्रमुख एवं तिब्बत हिमाल आरोहण स्कूलका संस्थापक निमाछिरिङका अनुसार, तिब्बतको हिमाल आरोहण उद्योग अपेक्षाकृत परिपक्व भन्न मिल्छ किनभने सम्बन्धित स्कूल, शिक्षा, सेवा प्रणाली सबै छ र विकसित पनि छ। साथै उद्धार प्रणाली पनि सुधार हुँदैछ।

        पाँच वर्षयता विश्वका विभिन्न क्षेत्रका हजारौँ हिमाल आरोहण टोली तिब्बत पुगेका छन् जसबाट तिब्बतलाई ठूलो आर्थिक तथा सामाजिक लाभ प्राप्त भएको छ। साथै हरेक वर्ष शोखिन हिमाल आरोहण प्रेमीको हिमाल आरोहण समारोहको आयोजना हुन्छ भने ठूलो पेशागत दक्षता टोली तथा विकसित हिमाल आरोहण प्रबिधिको आधारमा चीन तथा विदेशी हिमाल आरोहीलाई विभिन्न सेवा प्रदान गर्छ। निमाछिरिङले भविष्यमा हिमाल आरोहण उद्योगको प्रमुख भएर बहु विधिमार्फत तिब्बती बाहिरी खेललाई विकास बढाउनसकिने आशा आफूले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ