फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हाग्यारी दरबार पुनःनिर्माणपछि पुरानो तिब्बती बास्तुकलाको संरक्षण

(GMT+08:00) 2015-08-14 19:31:44
          तिब्बती शान नान क्षेत्रको छ्युसुङ जिल्लाको ल्हाग्यारी दरबार पुरानो तिब्बती ल्हाग्यारी शाही परिवार बस्ने र शासन तथा धार्मिक मामिला व्यवस्थापन गर्ने मुख्य स्थान हो। तिब्बती वास्तुकलाको महत्वपूर्ण प्रतिनिधिको रुपमा रहेको सो दरबारलाई सन् 2001 मा राज्य परिषदबाट राष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षण एकाइको रुपमा राखिएको थियो। त्यसपछि एक वर्षभन्दा बढी समयको पुनःनिर्माणपछि सन् 2011 को अन्तमा ‌औपचारिक रुपमा पुनःखोलिएको छ। तिब्बत घुम्ने पर्यटकले हेर्ने महत्वपूर्ण स्थान मध्ये यो एउटा बनेको छ।

         ल्हाग्यारी दरबार पन्ध्रौँ शताब्दीमा निर्माण भएको थियो। तर गत शताब्दीको पचासौँ दशकमा तिब्बत शान्तिपूर्ण रुपमा मुक्ति भएपछि तिब्बत स्वायत्त प्रदेश स्थापना भएपछि उक्त दरबारमा कोही पनि मानिस बस्दैनथे। दशकौँपछि दरबार निकै बिग्रेको थियो। दरबारको अत्यन्तै उच्च ऐतिहासिक, कलात्मक, वैज्ञानिक मूल्य रहेकाले पुनःनिर्माण गर्न निकै जरुरी देखिन्थ्यो। त्यसपछि सन् 2010 को सेप्टेम्बर सोह्र तारिखदेखि सन् 2011 को डिसेम्बरको अन्तसम्मको एक वर्षभन्दा बढी समयमा सांस्कृतिक कामदारले विभिन्न प्राविधिक कठिनाइको समाधान गरी मूल सामग्री, कला र शैली लिएर पुनःनिर्माण गरेका छन् र त्यसमा पुरानो तिब्बती वास्तुकलाको शैली झल्किएको छ।

         प्राप्त जानकारीका अनुसार, भइरहेको चीनको बाह्रौँ पञ्च वर्षीय योजना अवधिमा देशले तिब्बती 46 वटा महत्वपूर्ण ऐतिहासिक क्षेत्रहरु र संग्रहालयहरुको पुनःनिर्माण गर्ने भएको छ र त्यसको कूल लगानी मात्रा एक अर्ब चिनियाँ युआन पुग्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ