फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेषतायुक्त पर्यटनबाट तिब्बतको लिन्चेमा नयाँ नयाँ जीवन्त शक्ति थप्दै

(GMT+08:00) 2015-08-20 20:02:01

         तिब्बतको लिन्चे शहर अन्तर्गत मिलीन जिल्लाको पाइ टाउन्शिप पवित्र पर्वत नाम्चेबर्वाको फेदीमा बगिरहेको यार्लुनजाङबो नदिको मध्य तथा तल्लो भागको सिमामा पर्दछ। यस टाउन्शिप नै यार्लुनजाङबो ग्राण्ड खोंचमा प्रवेश हुने सबभन्दा राम्रो ठाँउ हो। बितेका केही वर्षयता, त्यहाँको ठूलो विकास भएको क्रममा पाइ गाँउबस्तिका किसान तथा पशुपालकहरुले पर्यटनमा भाग लिएर लोकल संस्कृति विशेषतायुक्त होमस्डै तथा तिब्बती पारिवारिक केस्टहाउस खोलेका छन।

         पाइ टाउन्शिप अन्तर्गत सोसुङ गाँउबस्तिमा 38 वटा परिवारका जम्मा गरी 180 जना मात्र छ। हरेक परिवार पर्यटनमा संलग्न भएको पाइन्छ। पर्यटनको प्रत्येक पिक सिजनमा विशेष गरी अप्रिल महिनामा आरुको फूल फुलेको बेला हरेक परिवारमा पर्यटकहरुले भरिने भएको देखिन्छ।

         सोसुङ गाँउबस्तिका 43वर्षिय दोदोले पारिवारिक केस्टहाउस खोलेका छन। तीन जना सदस्य भएको आफ्नो परिवारमा पहिले प्रतिवर्ष प्रतिव्यक्तिको औसत आम्दानी 5-6 हजार मात्रै थियो तर केस्टहाउस खोलेपछि आम्दानी दोबर भएर दश हजार पुगेको दोदोले बताए। पर्यटकलाई आफूले रोपेको रासायनिक मल नहालिएको तरकारी खुवाउने दोदोको सबभन्दा ठूलो आशा भनेको सरकारले पर्यटनको विकास क्षेत्रमा अझ बढी समर्थन दिनु रहेकव छ।

         यसै गाँउबस्तिमा केस्टहाउस खोलेका अर्का बासिन्दा छरिन दोन्द्रुप गत शताब्दीको असी दशकमा जन्मेका हुन्। उमेर बढी भएको दोदो भन्दा युवा छरिनलाई हाल प्रचलित इन्टर्नेट आधारित सम्पर्क तरिका तथा फ्ल्याटफोर्म सजिलैसँग आउँछ। जस्तै भनौं क्यूक्यू, वीच्याट तथा पर्यटकीय वेभसाइटहरु। उनले ती तरिकामार्फत आफ्नो केस्टहाउसको प्रचारप्रसार गरेर आफ्नो मार्कालाई प्रसिद्ध पारेर अझ धेरै पर्यटकहरु आउन सफलताका साथ आकर्षित गराएका छन।

         बात्से मिलिन जिल्ला अन्तर्गत पाइ टाउन्शिपका उप प्रमुख हुन्। उनका अनुसार, दश वर्षभन्दा बढीको समयमा मिलिन जिल्लाको पर्यटनको विकासको लागि लगानीलाई आकर्षित गराइसक्यो। शुरुमा हरेक वर्ष चालिस हजार जना पर्यटकहरु घुम्न गएकोबाट सन् 2014सम्म तीन लाखसम्म बढेको छ। साथै मिलिन जिल्लामा तिब्बती भोज, तिब्बती विशेषतायुक्त खाना तथा केस्टहाउस प्रधान विशेषतायुक्त पर्यटनमा महत्व दिइँदै आएको छ। स्थानीय बासिन्दाहरुले दृश्यावलोकन क्षेत्रको आधारभूत प्रबन्धको निर्माणमा भाग लिन प्रोत्साहन गरिएको छ। पर्यटनबाट आम्दानी बढाइएपछि मिलिन जिल्लाले आंशिक आम्दानीलाई स्थानीय सर्वसाधारणलाई दिएर यार्लुनजाङबो ग्राण्ड खोंच दृश्यावलोकन क्षेत्रमा सर्वसाधारणलाई सुविधा दिने पूंजी तथा शिक्षा कोष खडा गरिएको छ।

        सोसुङ गाँउबस्ति लगायत सम्पूर्ण पाइ टाउन्शिपको भविष्यप्रति आशावादी भएको बात्सेले पर्यटनबाट स्थानीय बासिन्दाको आम्दानी तथा स्थानीय विकासको बढावा भएर बासिन्दाहरुको लागि सम्पन्न जीवनतिर लगिदिने अपेक्षा व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ