फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा गैर-सांस्कृतिक सम्पदाको संरक्षण र उत्तराधिकारको विकास

(GMT+08:00) 2015-08-25 18:59:53
    लिन च शहर तिब्बतको दक्षिण-पूर्वी भागमा पर्दछ। बितेका केही वर्षयता लिन च शहरले गैर-सांस्कृतिक सम्पदाको संरक्षण, उत्तराधिकार, विकास र प्रयोग गर्ने आदि विषयमा सिर्जनशीलता गरेर टड्कारो उपलब्धि प्राप्त गर्दैआएको छ।

     पैचिङ्गमा जन्मिएकी काइ होङ रवै नामकीमहिला एकजना डिजाइनर हुन्। सन् 2012मा त्यति बेलाको लिन च क्षेत्रीय परिषद्को निमन्त्रणामा तिब्बतको हस्तकला व्यवसाय विकास हुने भविष्यको निरीक्षण गर्नका लागि श्रीमती काइ लिन च पुगेकी थिइन्। स्थानीय बासिन्दाहरूको सौहार्दपूर्ण भावना, आफ्नो जातीय परम्पराको माया र कदर तथा नयाँ चीजबीजबारे जानकारी लिने हृदयको इच्छाले श्रीमती काइलाई गहिरो छाप पारेको छ।

     चन बा गाउँ लिन च शहर मातहतको एक सानो गाउँ हो। श्रीमती काइले लिन च आएपछि त्यस गाउँमा एउटा सानो हस्तकला कक्षको स्थापना गरेकी हुन्। बितेका केही वर्षयता त्यस हस्तकला कक्ष क्रमश: लिन च तिब्बती जातीय लुगाफाटाको बुनाई कला सिक्ने र अभ्यास गर्ने नमूनात्मक अखडा बनिसकेको छ। लिन च तिबब्ती जातिको लुगाफाटा राष्ट्रिय स्तरीय गैर-सांस्कृतिक सम्पदाको संरक्षण कार्यक्रम हो। श्रीमती काइले समस्त गाउँमा रहेका 47जना महिलालाई पेशागत तालिम दिएकीछन्। ती महिलाहरूले तालिम लिएपछि आफ्नो सिप अनुसार काम गर्न सक्छन्। त्यस दृष्टिबाट हेर्दा श्रीमती काइको नेतृत्वमा उनीहरूले तिब्बती जातिको परम्परागत बुनाई कलाको पनि उत्तराधिकार गरेका छन्। *

      चन बा गाउँका लागि चिनियाँ कम्युनिष्ट पार्टीको शाखा समितिका सचिव बालुले श्रीमती काइको उच्च प्रशंसा गरेका छन्। उहाँको विचारमा श्रीमती काइले स्थानीय महिलाहरूको जीवनको सुधार गरेको मात्र नभई आफ्नो जातिको परम्परा र संस्कृति सम्बन्धी उनीहरूको समझदारीलाई पनि गहन पारेकी छन्। बालु यसरी भन्नुहुन्छ:

     श्रीमती काइ एकजना साहसी मान्छे हुन्। उनले जुनसुकै काम गर्दा साह्रै निष्ठापूर्वक गर्छिन्। अहिले हाम्रो गाउँको हस्तकला कक्षमा कार्यरत् महिलाहरू प्रतिव्यक्तिले हरेक महिना मोटामोटी रुपमा 2700देखि 3000 चिनियाँ युआनसम्मको आम्दानी गर्न सक्छन्। श्रीमती काइको सहयोगमा हाम्रा स्थानीय महिलाहरूले पैसा कमाउनुका साथै जातीय परम्पराको राम्रोसँग उत्तराधिकार र विकास गर्न थालेका छन्।

     श्रीमती काइको विचारमा चन बा गाउँ एकदमै सुन्दर छ। किनकि त्यहाँका घरहरू, सुँगुरका खोरहरू र भित्ताहरू पूराका पूरै प्रकृतिसित मिल्दाजुल्दा रहेका देखिन्छन्।

     चन बा गाउँको हस्तकला कक्ष तिब्बतको लिन च परम्परागत कला र संस्कृतिको उत्तराधिकार र विकास सम्बन्धी मिलिजुली योजनामा रहेको एक सानो कार्यक्रम मात्र हो। श्रीमती काइ त्यस बिशाल योजनाकी महा डिजाइनर हुन्। सन् 2012मा लिन च शहरले उक्त मिलिजुली योजनाको आरम्भ गर्न थालेको छ। त्यसैगरी चन बा गाउँस्थित लिन च तिब्बती जातीय लुगाफाटाको बुनाई कला सिक्ने र अभ्यास गर्ने नमूनात्मक अखडा लगायतका छवटा कार्यक्रमलाई पनि निश्चित गरेको छ।

      लिन च शहरमा कार्यरत् सांस्कृतिक संरक्षणको जिम्मेवारी लिने तिब्बती पदाधिकारी श्रीमती यु चनका अनुसार, श्रीमती काइले लिन च शहरलाई अधिकांश नयाँ विचारधारा र आधुनिक डिजनाइन योजना ल्याएकी छन्। उहाँ यसरी भन्नुहुन्छ:

     श्रीमती काइले कला सम्बन्धी पेशाषत स्तर र विशेषतायुक्त विचारले हाम्रो लिन चको सांस्कृतिक व्यवासयका लागि एक किसिमको प्रेरणात्मक र उत्साहजनक भूमिका निर्वाह गरेको छ।

     श्रीमती काइका अनुसार, चन बा गाउँको उक्त नमूनात्मक कार्यक्रमलाई सम्पूर्ण रुपमा सिध्याउनका लागि लगभग साढे सात वर्ष लाग्छ। हालसम्म त्यस कार्यक्रम सञ्चालनमा आएको करिब तीन वर्ष मात्र भइसके तापनि भविष्यतर्फ उनी आशावादी रहेकी छन्। यस वर्षको उत्तरार्धमा उनीहरूले स्थानीय हस्तकलालाई इन्टरनेटमार्फत अझ ठूलो परिधिमा प्रचार-प्रसार गर्न तोकेका छन्। यसबाहेक, त्यसलाई यूरोपका विभिन्न ठाउँमा प्रदर्शन गरिने योजना रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ