फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ठूलो विकास र दीर्घकालीन सुरक्षाको प्रत्याभूति

(GMT+08:00) 2015-08-26 09:43:46
    चीनको जन-दैनिक अखवारले आज अगष्ट छब्बीस तारिख तिब्बतको ठूलो विकास र दीर्घकालीन सुरक्षाको प्रत्याभूति दिइने शीर्षकमा सम्पादकीय प्रकाशित गरेको छ। त्यसमा भनिएको छ: तिब्बतको सम्पूर्ण सम्पन्न अवस्था सारा देशको सम्पूर्ण सम्पन्न अवस्थासँग घनिष्ट सम्बन्ध रहेको छ। साथै तिब्बतको सुरक्षा र स्थिरता सारा देशको सुरक्षा र स्थिरतासँग पनि सम्बन्धित रहेको छ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले गत अगष्ट चौब्बीसदेखि पच्चीस तारिखसम्म केन्द्रीय समितिको छैटौँ तिब्बत कार्य गोष्ठीको आयोजना गरेको छ। त्यसको मुख्य उद्देश्य वर्तमान परिस्थितिको विश्लेषण गर्ने, अनुभवको निचोड निकाल्ने र भविष्यको कार्यलाई बन्दोबस्त मिलाउने भन्ने रहेको छ। त्यसबाट तिब्बत, स छ्वान, युन नान, कान सु र छिङ्ग हाइ पाँचवटा तिब्बती जनताको बसोबास क्षेत्रको आर्थिक र सामाजिक विकास तथा दीर्घकालीन सुरक्षालाई मजबुत पार्नसकिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ