फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लालु सिम्सार क्षेत्रबारे चर्चा

(GMT+08:00) 2015-08-26 18:30:08
    पठार भूमिको प्राचीन शहर ल्हासास्थित लालु सिम्सार क्षेत्र सारा विश्वको समुद्री सतहदेखि सबैभन्दा उच्च र सबैभन्दा ठूलो क्षेत्रफलको शहरिया प्राकृतिक सिम्सार क्षेत्र हो। त्यसको कूल क्षेत्रफल 12.2 वर्ग किलोमिटर रहेको छ। जुन क्षेत्रफल ल्हासा शहरको कूल क्षेत्रफलको दश खण्डको एक खण्डभन्दा पनि ठूलो छ। अक्सिजनको निकै अभाव रहेको हिउँद ऋतुमा लालु सिम्सार क्षेत्र बसाइँ सर्ने चराहरूको उपयुक्त बसोबास क्षेत्र रहेको मात्र नभई अक्सिजनको आपूर्ति गर्ने महत्वपूर्ण उद्गम स्थल पनि हो। त्यसै कारण लालु सिम्सार क्षेत्रलाई "ल्हासाको फोक्सो"पनि भनिन्छ।

    यता मोटर-गाडी र मानिसहरू आवत-जावत गर्ने सडक रहेको छ भने उता निकै शान्त भएर चराको घुईंचो रहेको सिम्सार क्षेत्र रहेको छ। मानिस तथा प्रकृति बीचको मेलमिलापयुक्त व्यवहारलाई कसरी साकार तुल्याउने भन्ने विषय नै स्थानीय वातावरणीय संरक्षण विभागको सामु देखा परेको पहिलो कठिनाई हो। ल्हासा वातावरणीय संरक्षण ब्युरोका पूर्व प्रमुख चाङ्ग योङ्ग चले अहिलेसम्म पनि सन् 1998 अर्थात् आफू पहिलो पटक लालु सिम्सार क्षेत्र पुगेको अवस्थालाई याद गर्नुभएको छ। उहाँ यसरी भन्नुहुन्छ:

    त्यति बेला सिम्सार भित्र र वरिपरिमा अधिकांश स्थानीय बासिन्दाहरूले घोडालाई डोर्‍याएर पर्यटकलाई आकर्षित गरिरहेका हुन्थे भने सिम्सारको उत्तरी भागमा केही मजदुरहरूले पत्थर खन्निरहेका हुन्थे। हामीले सर्वप्रथम के कदम चालेका थियौं भने सिम्सारमा रहेका सबै खालका विकास कारवाई बन्द गरेका थियौँ।

    सन् 2005 को जुलाई महिनामा चीनको राज्य परिषद्को अनुमोदन बमोजिम लालु सिम्सार क्षेत्र राष्ट्रिय स्तरीय प्राकृतिक संरक्षण क्षेत्रको रुपमा परिणत गरिएको थियो। ल्हासा शहरस्थित लालु सिम्सारले समस्त शहरको पर्यावरणीय वातावरणको सुधारका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। के भन्नसकिन्छ भने लालु सिम्सारको संरक्षणले स्थानीय बासिन्दाहरूलाई वास्तविक फाइदाको सिर्जना गर्नुका साथै अन्य क्षेत्रको सिम्सारको संरक्षणका लागि निकै राम्रो नमूना पनि प्रदान गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ