फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जातीय एकता र मातृभूमिको रक्षा नै तिब्बत कार्यनीति हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2015-08-31 18:38:41

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव सी चिन फिङ्गले मातृभूमिको एकीकृत सुरक्षा र जातीय एकता सबल पार्नु तिब्बत कार्यनीतिको ध्यानाकर्षक विषय भएको बताउनुभएको छ। समितिको छैटौं तिब्बत कार्य गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिनियाँहरुको एकीकृत विचारधारालाई विस्तार पार्नुपर्ने बताउनुभयो। आफ्ना आँखामा माया र सुरक्षा जस्तै जातीय एकताको माया र सुरक्षा गर्नुपर्ने सी को भनाइलाई तिब्बत र स छ्वानका तिब्बती जातीय क्षेत्रका सर्वसाधारणले हार्दिक समर्थन गरेका छन्।

जातीय क्षेत्रमा हान जातीय अधिकारीले सक्रिय रुपमा तिब्बती भाषा सिकेर हान र तिब्बत जातीबीचको बुझाइ र सम्मानलाई सबल पार्न र तिब्बत तथा स छ्वानमा तिब्बती बसोबास क्षेत्रको स्थीर विकासका लागि सहयोगी भएको तिब्बत अनुवाद व्यूरोका उपप्रमुख छ्युचाले व्यक्त गर्नुभयो।

छिङ्ग हाइ प्रान्तीय हार्चीन गाउँमा चार जातिद्बारा गठित ठूलो परिवार छ। परिवारमा ल्हामो ट्रासी मंगोलिया जातीय, श्रीमती ह्वी जातीय, ज्वाइँ तिब्बती र बुहारी हान जातीय हुन्। हाम्रो परिवारले आपसी जातीय रीतिरिवाजलाई सम्मान गर्दै हरेक वर्षको आम्दानी पाँच लाख चिनियाँ युआन पुगेको ट्रासीले बताए।

जानकारी तथा लेखहरु
सुझाउ