फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लिन्च् को मि रै गाउँबस्ती विशेषतायुक्त कृषि समृद्धिको बाटोमा

(GMT+08:00) 2015-08-31 18:58:35

तिब्बतसँग प्रचुर पर्यावरणीय संसाधन रहेको छ भने सम्बन्धित व्यवसायले सारा तिब्बतको अर्थतन्त्रमा एकदमै महत्वपूर्ण स्थान लिन्छ। तिब्बतका विभिन्न क्षेत्रले पर्यटन र सांस्कृतिक उद्योगमा आधारित भई शहर तथा गाउँबस्तीको निर्माणलाई प्रवर्द्धन गरिरहेको बेलामा तिब्बतको लिन्च् को पा यी क्षेत्रमा पर्ने मि रै गाउँबस्तीले आफ्नो विशेषतायुक्त कृषिबमोजिम एक फरक समृद्धिको बाटो समातेको छ।

43वर्षिय तिब्बती कृषक नि मा मि रै गाउँका बासिन्दा हुनुहुन्छ। उहाँ आफ्ना बुवा,आमा,श्रीमती र छोरासँग एउटै घरमा जीवन बिताउनुहुन्छ। खेती नै नि माको हरेक दिनको सबैभन्दा महत्वपूर्ण काम हो। जौ र गहुँ नि मा परिवारले दीर्घकालीनदेखि गर्दै आएको कृषि बाली हुन्। यी कृषि बाली बेचबिखन गर्न सकिने मात्र नभई सबै परिवारका लागि मुख्य भोजनको रुपमा पनि अपनाउन सकिन्छ। मि रै बस्तीमा नि मा जस्तै अधिकाँश बासिन्दाहरु खेतीमा निर्भर छन्। अन्य गाउँबस्तीका बासिन्दाहरुले पर्यटकीय संसाधन प्रयोग गर्दै धनी बन्ने विषयमा चर्चा गर्दै मि रै गाउँबस्तीका पार्टी समितिका सचिव लु च्युन फिङले मि रै गाउँबस्तीसँग केही साँस्कृतिक पर्यटकीय स्थल रहेता पनि आधारभूत प्रबन्ध कम्जोर भएको धारणा व्यक्त गर्नुभयो। यस्तो अवस्थामा मि रै गाउँबस्तीले विकासको बाटो गुमाएको छैन भने आफ्नो श्रेष्ठता प्रयोग गर्दै धनी बन्ने माध्यम खोजिरहेको छ: हाम्रो मि रै कृषि तथा पशुपालन व्यवसाय मुख्य रहेको ठूलो कृषि गाउँबस्ती हो। केवल मकै खेती नै भनेर गत वर्ष छयालीस लाख साठी हजार वर्गमिटर पुगेको थियो। हाम्रो माटो एकदमै उब्जाउ भएका कारणले मकैको उत्पादन मात्रा ठूलो छ।

हाल मि रै गाउँबस्तीले उच्च फलफूल खेतीको विकास गरिरहेको छ। सन्2014को फेब्रुअरीदेखि हालसम्म यहाँ जम्मा पच्चीस लाख तीस हजार वर्गमिटर फलफूलका बुटा रोपिएको छ। जसबाट हरेक वर्षको आम्दानी आठ करोड असी लाख चिनियाँ युआन हुने पूर्वानुमान गरिएको छ। यसप्रति सचिव लुले यसरी जानकारी दिनुभयो: हाम्रो स्याउको बिक्री राम्रो देखिन्छ। लिन्च् शङ्ग यु कृषि तथा पशुपालन मैत्री लिमिडेट कम्पनीले हाम्रो मि रैको भूमिलाई ठेक्कामा लिएर व्यापार गर्दछ। शङ्ग यु कम्पनीबाट उत्पादित स्याउ एक महिनाभित्रमै सबै बिक्री गर्न सकिन्छ।

शङ्ग यु कम्पनीको पेशागत बजार मोडल र बिक्री प्रणालीले मि रै गाउँबस्ती उत्पादित स्याउ तुरुन्तै बजारमा लोकप्रिय बनेको छ। यस अवस्थामा आधारित भई मि रै गाउँबस्तीले "कम्पनी, कृषक र खेती" गठित व्यापार तथा व्यवस्थापन शैली स्थापना गरेको छ। जसबाट सम्पूर्ण रुपमा मि रैको उत्कृष्ट फल उत्पादनलाई प्रवर्द्धन गरेको देखिन्छ।

पहिलेको गहुँ तथा जौलाई परिवर्तन गरेर हाल स्याउ जस्तै फल रोप्ने विषयमा कृषक नि मालाई कुनै चिन्ता लाग्दैन। उहाँले यसरी भन्नुभयो: पहिले पेशागत प्रविधि थाहा थिएन अनि हाम्रो व्यापारिक विचार पनि खुल्ला थिएन। हाल बालीभन्दा फल उत्पादनको आम्दानी ठूलो भएको कुरा बुझेर स्याउ लगायत फल रोप्न थालेका हौं। साथै सरकारले अनुदान दिनुका साथै हामीलाई सम्बन्धित पेशागत प्रविधि पनि सिकाएको छ।

आर्थिक पूर्वाधार सुधार भइरहँदा नि माले शहरमा एक आवास किन्ने विचार गर्नुभएको छ। अन्य गाउँबस्तीका कृषक जस्तै नि माको जीवन पनि झन झन राम्रो बन्दै गएको छ।

जानकारी तथा लेखहरु
सुझाउ