फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा रहेको तिब्बती चिकित्सा संस्था

(GMT+08:00) 2015-09-06 19:24:33
      तिब्बती चिकित्सा विज्ञान, चिनियाँ चिकित्सा विज्ञान, पूरानो भारतीय चिकित्सा विज्ञानतथा पूरानो अरब चिकित्सा विज्ञानलाई "विश्वका सबैभन्दा ठूलो परम्परागत चिकित्सा विज्ञान"मानिएको छ। हालसम्म यी चिकित्साहरूकोइतिहास 3800 वर्षभन्दा बढी भइसकेको छ। राष्ट्रिय अभौतिक साँस्कृतिक सम्पदा तिब्बती चिकित्सा तथा तिब्बती जडिबुटि मानिसका लागि एक रहस्यमयका साथै धेरैको रोगको उपचार भएबाट लोकप्रिय पनि छ।

 

     ल्हासा शहरको छेउमा एउटा जडिबुटि राजा पहाड  पर्दछ। उक्त पहाडमा 500 वटाभन्दा बढी किसिमको जडिबुटि पाइन्छ। तिब्बती चिकित्सा संस्थामा तीन वर्षअघिदेखि पढिरहेको विद्यार्थी दावा छोमुले हाल अरु विद्यार्थीहरूसँगै पहाड गएर जडिबुटि टिप्न सिकेका छन्। उनीहरूसँग नमूना फाइलछ। जडिबुटि टिपेपछि सुक्खा बनाएर त्यसलाई एक नमूना फाइलमा नामसहित राख्ने गरिएको छ।

     यो जडिबुटिलाई तिब्बती भाषामा तुतेवा भनिन्छ। जसको अर्थ अलि अलि विषालु हो। अनि यो अलि अपेक्षाकृत सानो भएको खण्डमा तिब्बती भाषामा ख्वोजा भनिन्छ र अलि ठूलो भएमा तिब्बतीमा चुकान भनिन्छ।

    

      हाल यहाँ तिब्बती चिकित्सा संस्थाको परिक्षण केन्द्र बनेको छ।

      हरेक वर्षको जूलाईको अन्त्यतिर अथवा अगष्टको आरम्भमालगभग दुई सय जना विद्यार्थीहरूत्यहाँ जडिबुटि टिप्न तथा सिक्न जान्छन्। तिब्बती चिकित्सा संस्थामा अध्ययनरत् विद्यार्थीले यो जान्नुपर्छ।

      

      प्राप्त  तथ्याँकअनुसार, रमणिय छिङ्गहाइ-तिब्बत पठारभूमिमा हाल दुई हजार वटाभन्दा बढी किसिमका वनस्पति र190 वटा किसिमका जनावर पाइन्छ।साथै यहाँ पाइने लगभग असी वटा खनिज पदार्थलाई औषधीको रुपमा खानसकिन्छ। तिब्बतको प्रख्यात चिकित्सा पुस्तक "चार वटा चिकित्सा पुस्तक"मा बताइएअनुसार, सबै वनस्पतिलाई उचित तरिकाबाट ‌औषधि बनाउनसकिन्छ। यसबाट तिब्बती चिकित्सा तथा जडिबुटिको जादु देख्नसकिन्छ।

       चीनको स्वास्थ्य मन्त्रालयबाट अनुमोदन प्राप्त गरेर हाल तिब्बतमा अठार वटा तिब्बती जडिबुटि बनाउने कम्पनीलेतीन सय वटाभन्दा बढी तिब्बती औषधी उत्पादन थालेको छ। तिब्बती चिकित्सा तथा जडिबुटिको विकासलाई अझ राम्ररी बढाउनका लागि सन् 2012मा तिब्बती चिकित्सा संस्थाले सिर्जनात्मक तिब्बती औषधीको मार्केटिङ कक्षा शुरु गरेको छ। जसबाट उक्त कक्षामा चीनका विभिन्न स्थानका हान जातिय विद्यार्थी भर्ना भएका छन्। अरु जातजातीका विद्यार्थीहरू पनि आकर्षित भएका छन्।

जानकारी तथा लेखहरु