फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हजारौँ वर्षको इतिहास बोकेको तिब्बतको श्येन नृत्य

(GMT+08:00) 2015-09-06 19:27:44

     

    जा दा जिल्ला तिब्बत स्वायत्त प्रदेशको उत्तर-पश्चिमी सिमा क्षेत्रमा पर्दछ। जुलाई महिनामा यहाँ एकदमै गर्मी हुन्छ। चीनका विभिन्न ठाउँबाट आएका पर्यटक लामो समयको कष्ट बेहोर्दै गाडीद्बारा जा दा मा आइपुगेका छन्।

      उनीहरूको उद्देश्य यहाँको शान्दार तथा रहस्यमय भूमिगत भौगोलिक अवस्था हेर्नुर कु क राजवंशको अवशेषअगाडि दशौँ शताव्दीदेखि संरक्षित र सात सय वर्षपछि सम्पन्न भएको राज्य इतिहासको पुनरावलोकन गर्नु हो। तर धेरै पटक जा दा जिल्लाको भ्रमण गरेका रन युन च्येनका लागि यस भूमिमा निकै विशेष आकर्षण शक्ति रहेको छ।

       म केन्द्रीय जातीय विश्वविद्यालयकी एक डाक्टर हुँ। म दुइ वर्षअघि यहाँ श्याङ्ग श्यौङ्ग सँस्कृतिबारेको बैठकमा भाग लिन आएकी थिएँ र तिब्बतीय जातिय लोक परम्परागत नृत्य अर्थात् श्येन नृत्यहेर्ने मौका पाएकी थिएँ। मलाई यसमा एकदमै चासो लाग्छ। यस वर्ष म तेस्रो पटक यहाँ आइरहेकी छु।

       श्रीमती रन युन च्येनले भनेको श्येन सँस्कृत भाषाबाट आएको हो। तिब्बती भाषामाश्येन शब्दको अर्थ नृत्य भन्ने रहेको छ। श्येन नृत्य तिब्बतको उत्तर-पश्चिमी भागको आ ली क्षेत्रबाट विकसित भएको हो।

      जुन प्राचीनकालमा तिब्बतको दरबार सँगीत-नृत्यको एक विधा मानिएको छ। जसमा भन्ने, गाउने तथा नाच्ने कारक-तत्व समेटिएका छन्। हरेक प्रक्रियामा स्थायी बनौट तथा मागको भाव समेटिएको हुन्छ।

जानकारी तथा लेखहरु