फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेता यु चङ शङद्बारा तिब्बती अग्रज व्यक्तिहरुको प्रशंसा

(GMT+08:00) 2015-09-07 18:32:32

         चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक व्यूरोका स्थायी समितिका सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङको अनुमतिमा हिजो सेप्टेम्बर छ तारिख दिउँसो ल्हासा हटेलमा तिब्बती जातीय नेता स्याङ पा फिङ छो, फा पा लाक ल्ये लाङ च्ये, र ती, च्याङ छुङ लो पु, ल्ये छ्वे, पा साङ, आ फै आ वाङ चिङ मैका परिवारलाई भेट गरी प्रशंसा गर्नुभयो।

          यु चङ शङले ती व्यक्ति र उनीहरुका परिवारका सदस्यले तिब्बतको सुधार, विकास, शान्ति र जनताको जीवन सुधारमा गर्नु भएको प्रयासको उच्च मूल्याङ्कन गर्दै तिब्बती जातिका जनताका लागि धेरै राम्रो काम गर्नु भएकोमा प्रशंसा गर्नु भएको हो।

         र ती, च्याङ छुङ लो पुले चिनियाँ कम्युनिष्ट पार्टीले दिएको सदभाव र प्रशंसाप्रति धन्यबाद व्यक्त गर्दै पार्टीको नेतृत्व र राष्ट्रभरिको समर्थनमा तिब्बतले मध्यम समृद्ध समाज निर्माण गर्ने उद्देश्य साकार तुल्याएको बताउनुभयो।

जानकारी तथा लेखहरु