फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत स्वायत प्रदेश स्थापना भएको पचासौं वार्षिकोत्सवका अवसरमा जनदैनिकद्बारा विशेष सम्पादकीय प्रकाशन

(GMT+08:00) 2015-09-07 18:33:15

      जनदैनिकले भोलि सेप्टेम्बर आठ तारिख सुन्दर तिब्बत निर्माणमा आत्मविश्वासका साथ डटिरहने शीर्षकमा तिब्बत स्वायत प्रदेश स्थापना भएको पचासौं वार्षिकोत्सवमा विशेष सम्पादकीय प्रकाशन गर्ने भएको छ। सो सम्पादकीयमा पचास वर्ष अघि तिब्बत स्वायत्त प्रदेश स्थापना भएको र सोबाट नयाँ समय खुला भएको उल्लेख गरिएको छ। पचास वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा र राष्ट्रभरिका जनताको सहयोगमा एवं तिब्बत प्रदेशका जनताको प्रयासमा तिब्बत स्वायत्त प्रदेशले ठूलो प्रगति हासिल गरेको उल्लेख छ।

        सो सम्पादकीयमा भनिएको छः त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टीले छैटौं तिब्बत कार्य मन्च आयोजना गरेको र सो मन्चमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्नु भएको थियो। उहाँले तिब्बत आर्थिक सामाजिक विकास र दीर्घाकालीन स्थिरताको सुरक्षा गर्ने रणनीतिक व्याख्या गर्नुभएको थियो।

जानकारी तथा लेखहरु