फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 तिब्बत स्वायत्त प्रदेश स्थापनाको 50औं वार्षिकोत्सव समारोहमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङको सम्बोधन

(GMT+08:00) 2015-09-08 14:34:19
कमरेडहरु, साथीहरु

यस शान्तिपूर्ण,खुशीयाली तथा सुखद दिनमा हामी केन्द्रिय प्रतिनिधिमण्डलले कमरेड सी चिन फिङ्ग महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको हार्दिक अभिवादन र देशभरिका विभिन्न जातिका जनताको गहिरो मित्रता लिएर तिब्बतका विभिन्न जातिका जनतासँग तिब्बत स्वायत्त प्रदेशको स्थापना भएको पचासौँ वार्षिकोत्सव भव्य रुपमा मनाउन ल्हासा आएका छौँ। सर्वप्रथम म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, राज्य परिषद, जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति, केन्द्रिय सैन्य आयोगको तर्फबाट तिब्बतका विभिन्न जातिका दक्ष र सर्वसाधारण, विभिन्न क्षेत्रका व्यक्तिहरु, तिब्बतमा तैनाथ जनमुक्ति सेनाको सैनिकहरु, तिब्बती सशस्त्र प्रहरीका अधिकारी तथा सैनिकहरु र राजनैतिक कार्यमा कार्यरत प्रहरीहरुलाई हार्दिक शुभकामना र अभिवादन ज्ञापन गर्न चाहन्छु। तिब्बत स्वायत्त प्रदेशको सुधार, विकास तथा स्थीरताको लागि योगदान दिएका सबै कमरेडहरु,साथीहरुलाई उच्च सम्मान दिन चाहन्छु। तिब्बतलाई माया,ध्यान तथा साथ र समर्थन दिएका हङ्ग कङ्ग तथा मकाउका देशबन्धुहरु,थाइवानेली देशबन्धुहरु,विदेशमा बसोबास गरिरहेका चिनियाँ मूलका विदेशीहरु र अन्तर्राष्ट्रिय साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

सन् 1965को सेप्टेम्बर एक तारिख तिब्बत स्वायत्त प्रदेश जन काँग्रेसको पहिलो अधिवेशन ल्हासामा सफलताका साथ आयोजनासँगै तिब्बत स्वायत्त प्रदेश औपचारिक रुपमा स्थापना भएको घोषणा गरियो। यो कमरेड माओ च तुङ प्रमुख रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो पुस्ताको केन्द्रिय नेतृत्वदायी समूहले गरेको सही निर्णय हो। तिब्बत स्वायत्त प्रदेश स्थापना भएबाट तिब्बतको शान्तिपूर्ण मुक्ति र लोकतान्त्रिक सुधारको महान् उपलब्धिलाई सुदृढता दिइएको छ,तिब्बतको सामाजिक प्रणालीको ठूलो विकासलाई पनि व्यवहारमा उत्तारिएको छ साथै तिब्बतको आर्थिक तथा सामाजिक विकास तथा प्रगतिलाई सुदृढ रुपमा संरक्षण गरिएको छ। त्यसपछि तिब्बतका विभिन्न जातिका जनताको देशभरीका जनतासँगै समाजवादी अग्र विकास हुँदै आएको छ।

पचास वर्षयता तिब्बतका विभिन्न जातिका जनताले उत्साहित तथा एकताबद्ध भएर आफ्नो मेहनत र बुद्धिको प्रयोग गरी विभिन्न चमत्कारी काम गरेका छन्। साथै विश्वको ध्यान खिच्ने उपलब्धि हासिल गरेका छन् जसबाट हिमाली पठारमा एकदम ठूलो परिवर्तन भएको छ। तिब्बतको सामाजिक उत्पादन शक्ति स्पष्ट रुपमा विकसित हुँदै आएको छ। यसै बीच तिब्बतको क्षेत्रीय उत्पादनको कूलमात्रा 68 गुणाले बढेको छ भने क्षेत्रीय वित्तीय आम्दानी 564 गुणाले बढेको छ। यसका साथै आवश्यक प्रबन्धको निर्माणमा पनि दिनदिनै परिवर्तन हुँदैछ,छिङ हाइ तिब्बत रेलमार्ग सिगाचे पुगेको छ,सुदूर आलि क्षेत्रमा पनि हवाइ यातायात सञ्चालन भएको छ,छिङ हाइ तिब्बत र स छ्वान तिब्बत विजुली सञ्जाल परियोजनाबाट तिब्बतमा विजुली आकाशे पूलको निर्माण भएको छ। विभिन्न सामाजिक कार्य पनि पूर्ण रुपमा प्रगति भएको छ,चिकित्सा,स्वास्थ्य र शिक्षा कार्य धेरै विकास भएको छ,जनताको जीवनस्तर पनि धेरै उकासिएको छ। तिब्बतको उत्कृष्ठ परम्परागत सँस्कृतिको संरक्षण तथा उत्तराधिकारी पाएको छ,गाउँबस्तिमा पनि स्पष्ट परिवर्तन भएको छ,राम्रो पर्यावरणीय वातावरण पनि कायम राखिएको छ। राष्ट्रिय एकता सुदृढ हुँदैआएकोछ,जातीय क्षेत्रीय स्वशासित प्रणाली अरु सुधार भएको छ,अल्पसंख्यक जातिका कार्यकर्ता क्षमतावान भएका छन्,समान एकताबद्ध आपसी सहायोग र मेलमिलापयुक्त समाजवादी जातीय सम्बन्ध गहन हुँदैआएको छ,सर्वसाधारणको धार्मिक विश्वास स्वतन्त्रताको पूर्ण सम्मान र संरक्षण भएको छ। पृथकता विरुद्ध युद्धमा विभिन्न जातिका जनता अडिग रहेर दलाइ समूह र अन्तर्राष्ट्रिय दुश्मन समूहको पृथक गतिबिधिलाई निरन्तर रुपमा विफल पारिएको छ। तिब्बत दिगो स्थीरताको नयाँ अवधिमा प्रवेश भएको छ।

पचास वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतका विभिन्न जातिका जनताले गरिब तथा पिछडिएको पूरानो तिब्बतलाई जैविक शक्ति रहने नयाँ समाजवादी तिब्बतका रुपमा विकास गरेका छन्। जुन चीन राष्ट्रको विकासको इतिहासमा निकै महत्वपूर्ण अंश बनेको छ। ती शानदार उपलब्धि कमरेड माओ च तुङ,तङ स्याउ फिङ,च्याङ च मिन प्रमुख रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीका अघिल्ला तीन पुस्ताका केन्द्रिय नेतृत्वदायी समूह र कमरेड हु चिन थाउ महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले गरेको सही निर्णय हो,चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन भएयता कमरेड सी चिन फिङ्ग महासचिव रहनुभएको केन्द्रिय समितिको सही नेतृत्वको उपलव्धि हो,तिब्बतका विभिन्न जातिका कार्यकर्ता र सर्वसाधारणले एकताबद्ध भएर प्रयास गरेको नतिजा हो,देशका विभिन्न जातिका जनताले ठूलो समर्थन र सहयोग गरेको उपलब्धि हो। ती शानदार उपलब्धिबाट चीनको समाजवादी व्यवस्थाको श्रेष्ठता पूर्ण रुपमा देखिएको छ। साथै जातीय स्वशासित प्रणालीको ठूलो जैविक शक्ति पनि देखिएको छ। हामी तिब्बतको विकास तथा प्रगति,चीनको सीमा क्षेत्रको सुरक्षाका लागि बुद्धि,भावना र ज्यान अर्पण गरेका शहीदहरु तथा बहादुरहरुको स्मरण गरौं। उहाँहरुको महान् उपलब्धि र आत्मा अमर रहोस्।

कमरेडहरु,साथीहरु

हाल चीन सम्पन्न समाजको पूर्ण सर्वतोमुखी निर्माण,गहन चौतर्फी सुधार,पूर्ण रुपमा ऐनबमोजिम देशमा शासन व्यवस्था र पार्टीको अनुशासित रुपमा शासन गर्ने महत्वपूर्ण अवधिमा रहेको छ। तिब्बत पनि सम्पन्न समाजको पूर्ण निर्माण र दीर्घकालीन स्थीरताको प्रबर्द्धन गर्ने मुख्य चरणमा प्रवेश भएको छ। तिब्बत देशको भू-भाग तथा पर्यावरणीय सुरक्षाको महत्वपूर्ण संरक्षण केन्द्र हुनुका साथै रणनीतिक स्रोतको महत्वपूर्ण सञ्चय क्षेत्र पनि हो‌। यो चीन राष्ट्रको विशेषतायुक्त सँस्कृति संरक्षण क्षेत्र हुनुका साथै दक्षिण एशियातिर खुलेको महत्वपूर्ण बाटो पनि हो। देशको शासनमा सीमा क्षेत्रको शासन गर्नुपर्छ,सीमा क्षेत्रको शासनमा तिब्बतको स्थीरता हुनुपर्छ। तिब्बतको मेलमिलाप तथा स्थीरताको संरक्षण गर्ने र तिब्बतको समृद्धि तथा प्रगतिलाई व्यवहारमा उत्तार्ने तिब्बतका विभिन्न जातिका कार्यकर्ता र सर्वसाधारणको ठूलो इच्छा हो। साथै सम्पूर्ण पार्टी तथा देशभरिका विभिन्न जातिका जनताको साझा इच्छा पनि हो।

यसअघि केन्द्रिय समितिले तिब्बत कार्यसम्बन्धी छैठौँ बैठकको आयोजना गरी भविष्यमा तिब्बत विकासको विशाल रुपरेखाको पूर्ण रुपमा तयारी गरेको थियो। जसबाट महासचिव सी चिन फिङको नेतृत्वमा रहेको केन्द्रिय समितिले तिब्बत कार्यमाथि दिएको उच्च ध्यान र विशेष हेरविचार पूर्ण रुपमा देखिएको छ। साथै पार्टीको तिब्बत कार्यसम्बन्धी इतिहासमा यो अर्को महत्वपूर्ण कोसेढुङ्गा पनि बनेको छ। केन्द्रिय समितिले तिब्बतका विभिन्न जातिका कार्यकर्ता र सर्वसाधारणहरुले बैठकको अनुभवबाट राम्रोसँग सिकेर पालना गर्ने इच्छा लिएको छ। तिब्बतका विभिन्न जातिका प्रमुख तथा सर्वसाधारणले "चार क्षेत्रमा सर्वतोमुखी रुपमा विकास गर्ने" रणनीतिमा चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतको व्यवस्थापन गर्ने कार्यनीतिलाई कायमै राखी मातृभूमिको एकिकरणको संरक्षण, जातिय एकताको सबल पार्ने कामलाई तिब्बतका सम्बन्धित कार्यको महत्व बनाउनुपर्छ। कानून बमोजिम तिब्बतको व्यवस्थापन गर्न कायमै राखी जनतालाई धनी बनाएर तिब्बतको समृद्धि गरी तिब्बतको दीर्घकालीन विकास गरेर जनतालाई एकताबद्ध पारी आधारभूत निर्माणलाई सबल पार्नुपर्छ। यसका साथै देशको सुरक्षा तथा तिब्बतको दीर्घकालीन स्थीरताको प्रत्याभूत गर्नुपर्छ। विभिन्न जातिका जनताको भौतिक तथा साँस्कृतिक जीवन स्तर निरन्तर रुपमा बढाउनुपर्छ। पर्यावरणीय वातारणको उचित रुपमा संरक्षण गर्नुपर्छ। अझ राम्रो नयाँ तिब्बत र अझ सुखमय नयाँ जीवनको निर्माण गर्नुपर्छ।

पहिलो,जातिय एकतालाई वास्तविक रुपमा प्रबर्द्धन गर्नुपर्छ। एकीकृत मातृभूमिको संरक्षण र जातिय एकताको प्रवर्द्धन तिब्बतका विभिन्न जातिका जनताको मूल हित हो। जातिय एकताको संरक्षणलाई प्राथमिकतामा राखेर पार्टीको जातीय नीतिको अक्षरशः पालना गरेर विभिन्न जातिबीचको आदान प्रदान र आवत जावतलाई बढाउनुपर्छ। साथै समाजवादको केन्द्रिय मूल्य धारणाको प्रचारप्रसार गरी चीन राष्ट्र एउटा समुदाय भन्ने चेतनालाई अरु विकास गरेर महान् मातृभूमि,चीन राष्ट्र,चिनियाँ सँस्कृति,चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ विशेषतायुक्त समाजवादलाई विभिन्न जातिका सर्वसाधारणको पहिचान बनाउनुपर्छ। व्यापक रुपमा देशप्रेमी एकीकृत मोर्चाको स्थापना गरी एकताबद्ध गर्न सक्ने सबै शक्तिलाई एकत्रित गर्नुपर्छ। साथै साझा साधारणको आधारलाई निश्चित बनाएर सबैलाई सम्पन्न समाजको महान लक्ष्य र चिनियाँ विशेषतायुक्त समाजवादको महान् कार्यमा संलग्न गर्नुपर्छ।

दोस्रो,ऐनबमोजिम तिब्बतको शासनमा अडिग हुनैपर्छ। ऐनबमोजिम तिब्बतको शासन गर्नु नै तिब्बतको दीर्घकालीन स्थीरताको मूल संरक्षण हो। ऐनबमोजिम देशको शासन गर्ने रणनीतिको पूर्ण पालना गरी ऐन व्यवस्थापन अनुभवको प्रचारप्रसार गर्नुपर्छ साथै संविधान र ऐनको अख्तियारको संरक्षण गरी वास्तविक अवस्था अनुसार क्षेत्रीय ऐन नियमको सुधार गरेर पूर्ण ऐन प्रणाली स्थापना गर्नुपर्छ। ऐनबमोजिम प्रशासन व्यवस्था गरी ऐनसमक्ष सबै समान रहेर सर्वसाधारणको वैधानिक अधिकार र हितको संरक्षण गर्नुपर्छ। ऐनसम्बन्ध प्रचारप्रसार र शिक्षालाई बढाएर स्वस्थ कानूनी वातावरण सिर्जना गर्नुपर्छ। धार्मिक कार्यको ऐनबमोजिम व्यवस्था गरी कानूनी रुपमा भिडन्त र समस्याको समाधान गरेर तिब्बती बौद्ध धर्मको सामान्य परिपाटीको संरक्षण गर्नुपर्छ। पृथकता विरुद्ध युद्धलाई ऐनबमोजिम गहन पारी विभिन्न किसिमका पृथकतावादी तथा शान्ति खलबल्याउने गतिबिधिमाथि प्रहार गरेर मातृभूमिको एकिकरण र तिब्बतको स्थीरताको संरक्षण गर्नुपर्छ।

तेस्रो,आर्थिक विकासलाई सक्रिय रुपमा बढाउनुपर्छ। देशका अरु क्षेत्रजस्तो तिब्बत पनि सम्पन्न समाजको सर्वतोमुखी निर्माण गर्ने निर्णायक अवधिमा प्रवेश भइसकेको छ। केन्द्रिय समितिले तिब्बतमा अझ विशेष नीतिको कार्यान्वयन तथा पूर्णताको काम गरी तिब्बतको अरू सहायक कार्य सञ्चालन गरेर तिब्बतको विकासका लागि पूर्ण समाजलाई प्रोत्साहन गर्नेछ। तिब्बतको आफ्नै विशेष अवस्था र श्रेष्ठता छ। वास्तविक अवस्था बमोजिम आर्थिक तथा सामाजिक विकासलाई प्रबर्द्धन गर्नुपर्छ साथै जनजीवनलाई प्राथमिकतामा राखेर क्षेत्रीय अन्तर घटाएर सम्पन्न समाजको निर्माणलाई तिव्र पार्नुपर्छ। आर्थिक विकासको नयाँ स्थीरताको मागसँग अनुकूल रहेर सुधारलाई अझ गहन पारी बजारको शक्तिलाई उत्प्रेरित गरी विकाससम्बन्धी आफ्नो क्षमतालाई बढाउनुपर्छ। आवश्यक प्रबन्धको निर्माणलाई मुख्यतः बढाउनुपर्छ साथै पठारको विशेषतायुक्त श्रेष्ठ व्यवसायको ठूलो विकास गरी गाउँबस्तीको निर्माणलाई स्थायीत्वपूर्ण रुपमा बढाएर आर्थिक विकासको गुणस्तर तथा लाभलाई बढाउनुपर्छ। पर्यावरण संरक्षणलाई प्राथमिकताको नीतिमा सधैँ नै राखेर राम्रो पर्यावरणीय वातावरणको संरक्षण गरी भविष्यका पुस्तालाई हरियो मैदान तथा नीलो आकाश उपलब्ध गराउनुपर्छ।

चौथो,जनजीवन सुधारलाई मुख्यतः संरक्षण गर्नुपर्छ। जनजीवनको सुधार र जनताको एकता तिब्बतको आर्थिक तथा सामाजिक विकासको मुख्य विषय रहेको छ। रोजगार र शिक्षालाई प्रमुख विषयमा राखेर बजारअनुसार रोजगार बढाउने र रोजगारअनुसार शिक्षालाई विकास गर्नुपर्छ। कृषि तथा पशुपालन क्षेत्रलाई प्रधानता दिएर चिकित्सा तथा स्वास्थ्य कार्यमा ठूलो प्रगति गर्नुपर्छ साथै गाउँबस्तीको पूराना घर भवनको पुनःनिर्माण कार्यलाई बढाएर सामाजिक विमा प्रणाली र सामाजिक सहायक प्रणालीको निर्माणलाई तिब्र पारेर गरीबका लागि सही सहायक प्रणालीको स्थापना गर्नुपर्छ। तिब्बतको उत्कृष्ठ परम्परागत सँस्कृतिको प्रचारप्रसारको व्यवस्था गरी संरक्षणका साथै उत्तराधिकार तथा सिर्जनाको विकास गर्नुपर्छ। हाम्रो संयुक्त प्रयासबाट तिब्बतका विभिन्न जातिका जनताले उच्च आय,अझ राम्रो शिक्षा,चिकित्सा,बसोबास र सामाजिक सुनिश्चितता पाउन सक्छन्। तिनीहरुले सारा चीनका जनतासँग सुधार तथा विकासको उपलब्धिको संयुक्त उपभोग गर्न सक्छन्।

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू पार्टीको नीतिको कार्यान्वयनकर्ता र विभिन्न जातिका जनताका सेवक हुन। तिब्बतमा तैनाथ जनमुक्ति सेना,सशस्त्र प्रहरी सेना र राजनैतिक कानून क्षेत्रमा कार्यरत प्रहरीहरु सीमा क्षेत्रको सुरक्षा,तिब्बतको स्थीरता र विभिन्न जातिका जनताको मूल हितको संरक्षण गर्ने वफादार गार्ड हो। आफ्नो काम तथा कारवाहीलाई उच्चस्तरीय बनाउने र वास्तविक अवस्था बमोजिम काम गर्ने बिषयबारे चिनियाँ कम्युनिष्ट पार्टीले चलाएको शिक्षालाई गहन पारी सर्वसाधारणसँग मिल्ने पार्टीको नीतिको पालना गरेर पुरानो तिब्बतको निर्माणकर्ताको अनुभव र दुई वटा राजमार्गको निर्माणमा प्राप्त अनुभवलाई प्रचारप्रसार गर्नुपर्छ साथै जनताको हितलाई प्राथमिकतामा राखेर तिब्बतको आर्थिक तथा सामाजिक विकास र स्थीरताको लागि अरु योगदान दिनुपर्छ।

कमरेडहरु,साथीहरु

हाम्रो देशमा जैविक शक्ति तथा समृद्धिको प्रवृत्ति देखा परिरहेको छ। तिब्बतको भविष्य पनि उज्ज्वल तथा आशावादी छ। हामीले कमरेड सि चिन फिङ्ग महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वरीपरी घनिष्ठताका साथ एकताबद्ध भएर चिनियाँ विशेषतायुक्त समाजवादको झण्डा माथि उठाएर तङ्ग स्याऊ फिङ्ग सिद्धान्त, "तीन प्रतिनिधित्व" भन्ने महत्वपूर्ण विचारधारा र वैज्ञानिक तवरबाट विकास भन्ने धारणाको निर्देशनमा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्य तुल्याउन र चीन राष्ट्रको महान् पुनःरुत्थानको चिनियाँ सपनालाई व्यवहारमा उतार्नका लागि सँयुक्त रुपमा प्रयास गरौँ।

महान् मातृभूमिको समृद्धिको शुभकामना

तिब्बतका विभिन्न जातिका जनताको सुखमय तथा सुस्वास्थ्यको शुभकामना।

टासि देलेक।

जानकारी तथा लेखहरु