फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत तिब्बत स्वायत्त प्रदेश समितिका सचिव छत छ्युन आनकोको सम्बोधन

(GMT+08:00) 2015-09-08 14:42:52
आदरणीय अध्यक्ष यु चङ्ग शङ्ग, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिनिधि मण्डलका नेताहरु,

अतिथिहरु, कमरेडहरु, साथीहरु:

सगरमाथा गौरवताका साथ उभिएको छ। ब्रह्मपुत्र नदी खुशीको वातावरणमा झुमिरहेको छ। केसाङ्ग फूल ढकमक्क फूलिरहेको सुन्दर बखतमा हिमाली पठारभूमिका पहाडहरु पनि खुशीयाली वातावरणमा छन्। विभिन्न जातिका बासिन्दाहरु सबैले नाचगान गरी तिब्बत स्वायत्त प्रदेशको स्थापना भएको पचासौं वार्षिकोत्सवको भव्य समारोह हार्दिकता साथ मनाउँदैछौं। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्गको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिनिधि मण्डलले तिब्बतको भ्रमण गरी हामीसँग सो भव्य महोत्सव मनाउनुका साथै, कमरेड सी चिन फिङ्ग महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिद्बारा तिब्बतको विभिन्न जातिका जनतालाई दिइने हार्दिक अभिवादन र सारा देशका जनताको गहिरो मित्रता ल्याएको छ। यस अवसरमा मैले चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत स्वायत्त प्रदेश समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेसअन्तर्गत तिब्बत स्वायत्त प्रदेशको समिति, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनअन्तर्गत तिब्बत स्वायत्त प्रदेशको समिति, चिनियाँ सैन्य आयोगअन्तर्गत तिब्बत स्वायत्त प्रदेश विभाग, तिब्बत स्वायत्त प्रदेशको विभिन्न जातिका जनताको तर्फबाट कमरेड सी चिन फिङ्ग महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सद्भावका लागि सम्मान र कृतज्ञता ज्ञापन गर्न चाहन्छु, श्री यु चङ्ग शङ्गको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिनिधि मण्डललाई सम्मान र कृतज्ञता ज्ञापन गर्न चाहन्छु। यसका साथै यस कार्यक्रममा सहभागी हुन तिब्बत स्वायत्त प्रदेशमा आउनुभएका विभिन्न अतिथिहरु र मित्रहरुलाई म मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। विभिन्न ऐतिहासिक समयमा तिब्बतको क्रान्ति, निर्माण, सुधार कार्यमा ज्यान गुमाएका क्रान्तिकारी शहीदहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दछु। तिब्बत स्वायत्त प्रदेशका मजदूर, किसान तथा पशुपालक, बुद्धिजीवी, प्रमुख तथा सर्वसाधारण, विभिन्न जन-संस्थान, धार्मिक क्षेत्रका देशका शक्ति, विभिन्न जाति र विभिन्न क्षेत्रका व्यक्ति, तिब्बतमा खटिएका जनमुक्ति सेनाका निर्देशक र सैनिक, सशस्त्र प्रहरीका अधिकारी र सैनिक, राजनैतिक कानून क्षेत्रमा कार्यरत प्रहरीहरुलाई पनि म हार्दिक अभिवादन तथा महोत्सवको शुभकामना व्यक्त गर्न चाहन्छु।

मानव जातिको उचित विकासको बाटोमा धेरै अप्ठ्यारो देखियो। तापनि अन्तमा न्यायले जितेको छ। सन् 1965 मा तिब्बत स्वायत्त प्रदेश औपचारिक रुपमा स्थापना भएको हो। त्यस बेला दशौं लाख भूदास मुक्त भएका थिए र आफै मालिक बनेका थिए। त्यसपछि तिब्बत अँध्यारो स्थितिबाट उज्ज्यालोतर्फ, निरंकुश समाजबाट प्रजातान्त्रिक समाजतर्फ, पिछडिएको स्थितिबाट प्रगति पथतर्फ, गरीबीबाट समृद्धतर्फ र बन्दबाट खुलापनतर्फ लम्केको नयाँ युग शुरु भयो। केही दर्जन वर्षहरूमा तिब्बतले गरेको प्रगति एक मानव चमत्कार हो जुन अरु देशका लागि हजारौं वर्ष पनि लाग्नसक्छ। विगत पचास वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा, जातिसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको नीतिहरुको प्रभावमा,तिब्बत स्वायत्त प्रदेशको विभिन्न जातिका जनताले सक्दो प्रयास गरी समाजवादी बाटोमा हिँडेर ऐतिहासिक अध्याय उतारेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता सी चिन फिङ्ग महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले तिब्बत कार्यमा उच्च महत्व दिइरहेको छ। महासचिव सी चिन फिङ्गले तिब्बतमाथि नजर पुर्‍याइरहनुभएको छ,तिब्बतको विभिन्न जातिका जनतामाथि ध्यान दिइरहनुभएको छ। उहाँले धेरै पटक महत्वपूर्ण सम्बोधनका साथै महत्वपूर्ण निर्देशन दिनुभएको छ। तिब्बत कार्यको सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैठौं गोष्ठीले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय कार्यमा तिब्बतको महत्वपूर्ण स्थान तोकेको, तिब्बतको शासनसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको नीति खडा गरेको,तिब्बत कार्यमा चिनियाँ कम्युनिष्ट पार्टीको कार्य नीति निश्चित गरेको,सीमाको शासन गर्ने र तिब्बतलाई स्थिर पार्ने नयाँ अध्याय उघारेको छ। हामीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्दीय समितिको निर्णय र नीतिलाई दृढताका साथ व्यवहारमा उतार्ने, "देशको शासन गरेको खण्डमा सीमाको शासन गर्नुपर्ने,सीमाको शासन गरेको खण्डमा सर्वप्रथम तिब्बतलाई स्थिर पार्ने"सम्बन्धमा महासचिव सी चिन फिङ्गद्वारा प्रस्तुत गरिएको अवधारणालाई व्यवहारमा उतार्ने,"चार चौतर्फी"रणनीतिलाई कायम राख्ने, तिब्बतको शासन गर्ने सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीको कार्यनीतिलाई कायम राख्ने,कानूनबमोजिम तिब्बतको शासन गर्ने,तिब्बतलाई समृद्ध बनाउने,दीर्घकालसम्म तिब्बतको निर्माण गर्ने,मातृभूमिको एकीकरणको संरक्षण गर्ने तथा जातीय एकतालाई बढाउने कार्यलाई महत्वपूर्ण लक्ष्यको रुपमा राख्ने छौं। साथै हामीले वैज्ञानिक विकास,मेलमिलाप र स्थिरता, जातीय एकता, धार्मिक मेलमिलाप, सर्वसाधारणको जीवन सुधार, पर्यावरणीय सुधार,चिनियाँ कम्युनिष्ट पार्टीको बलियो रुपमा निर्माण गरेर र सीमावर्ती क्षेत्रको सुरक्षालाई सुदृढ पारेर राम्रो स्थिति खडा गरेका छौं। एक समृद्ध, सुन्दर र सुखमय समाजवादी नयाँ तिब्बत "विश्वको छानो"मा खडा भएको छ। विभिन्न जातिका सर्वसधारणहरुले नाचगान गर्दैछन्। उनीहरुको मुस्कान हिउँद पठारभूमिको बाह्र लाख वर्ग किलोमिटरको भू-भागमा फैलिएको छ।

आजको तिब्बतले फड्को मार्ने गरी विकास गरेको छ। तिब्बतले चौतर्फी रुपमा सम्पन्न समाज साकार हुने लक्ष्यलाई महत्व दिइरहेको छ, वैज्ञानिक विकास, हरियो विकास, दिगो विकासलाई अगाडि बढाइरहेको छ। तिब्बतको आर्थिक कुल मात्राले नयाँ भर्‍याङ्ग निरन्तर रुपमा चढिरहेको छ। तिब्बतको अनेकौं आर्थिक लक्ष्यको वृद्धि गति चीनको अग्रस्थानमा रहेको छ। तिब्बतको विशेषतायुक्त विकास बाटो अझै फराकिलो भइरहेको छ।

आजको तिब्बत शान्तिपूर्ण र मेलमिलापयुक्त छ। भूभागको संरक्षण गर्नका लागि तिब्बतले धेरै कदमहरु चालेका छन्, स्थिरताको संरक्षण गर्ने दीर्घकालीन प्रणालीको स्थापना गरेको छ। विभिन्न जातिका सर्वसाधारणको सुरक्षा महसुस र सन्तुष्टी निरन्तर रुपमा माथि उकासिएको छ। समाजको मेलमिलाप र शान्ति प्रत्याभूति गरिएको छ,राष्ट्रिय सुरक्षा संरक्षण गरिएको छ।

आजको तिब्बत निकै एकताबद्ब छ। तिब्बतले आफ्ना आँखाहरूको संरक्षण गर्ने जस्तै जातीय एकताको संरक्षण गरेको छ,आफ्नो ज्यानको संरक्षण गर्ने जस्तै जातीय एकताको संरक्षण गरेको छ। तिब्बतले विभिन्न जातिको मेलमिलापयुक्त अस्तित्वलाई अगाडि बढाएको छ, मेलमिलापयुक्त विकास गरेको छ। विभिन्न जातिका जनताले हातेमालो गरेका छन्। तिब्बत जाति र हान जातिका जनताहरु"चिया र नून"जस्तै छन्। विभिन्न जातिका बन्धुबीच आदानप्रदान भइरहेका छन्,घनिष्ठ सम्पर्क राखेका छन्। उनीहरु एक परिवारका सदस्यहरु जस्तै छन्। समान, एकता,पारस्परिक सहायताको र मेलमिलापयुक्त समाजवादी जातीय सम्बन्ध सुदृढ पारिएको र विकास गरिएको छ।

आजको तिब्बतमा मातृभूमि र धर्मलाई माया गर्ने प्रवाह फैलिएको छ। धार्मिक विश्वासको स्वतन्त्रताको सम्मान गरिएको,गुम्बाको सार्वजनिक सेवा सुधार गरिएको,भिक्षु भिक्षुनीको हेरचाह गरिएको,धार्मिक क्षेत्रमा रहेका देशप्रेमीहरूको आधारमा रहेर भूमिका निर्वाह पनि गर्दैआएको छ। तिब्बतले बौद्ध धर्म र समाजवाद सुहाउने प्रबर्द्धन गरेको,धार्मिक मेलमिलाप,धार्मिक कार्य शान्ति,गुम्बा तथा मेलमिलापको स्थिति साकार तुल्याएको छ। भिक्षु र भिक्षुनीले परम्परालाई प्रचारप्रसार गर्दै, मातृभूमि र धर्मलाई माया गर्दै, कानून अनुपालन गर्दै,मेलमिलापलाई महत्व दिनुका साथै विभिन्न जातिका जनताका लागि प्रार्थना गरेका छन्।

आजको तिब्बतको पठारभूमिका छोराछोरीहरुलाई खुशी लाग्छ। सबै कुराहरु जनतामा निर्भर छ। सबै कुराहरु जनताका लागि गरिन्छ। तिब्बतले सर्वसाधारणलाई लाभ हुने र भिक्षुलाई लाभ हुने काम कुराहरु राम्रोसँग गरेको छ,सर्वसाधारणको अभिरुचि, प्रत्यक्ष र वास्तविक समस्याको समाधान गरेको छ। विभिन्न जातिका सर्वसाधारणहरुले चिनियाँ कम्युनिष्ट पार्टीको ध्यानाकर्षण र न्यायको अनुभव गरेका छन्। तिब्बतमा शिक्षण,श्रमिक, चिकित्सा,बृद्धबृद्धा, आबास समस्याहरु राम्रोसँग समाधान गरिएको छ। तिब्बतका सर्वसाधारणहरुले सुधार, विकास र स्थिरताको उपलब्धिको उपभोग गरेका छन्।

आजको तिब्बतको सुन्दर दृश्य विश्वमा प्रचलित छ। तिब्बतले"हरियो मैदान र निलो आकाश तिब्बतीहरूको सुन र चाँदी"हुनुको धारणामा महत्व दिएको छ,पर्यावरणीय संरक्षणलाई प्रथम स्थानमा राखेको छ, पर्यावरणीय सुरक्षाको निर्माणलाई अगाडि बढाएको छ,"विश्वको छानो"को राम्रोसँग संरक्षण गरेको छ, हिउँद पठारभूमिको पानी र पहाडको राम्रोसँग संरक्षण गरेको छ, निलो आकाश,हरियो मैदान र स्वच्छ पानीको प्रत्याभूति गरेको छ। सुन्दर तिब्बतले विशेषतायुक्त र प्राकृतिक सुन्दरतामार्फत मनोरता फैलाउँदैआएको छ।

आजको तिब्बतले चिनियाँ कम्युनिष्ट पार्टीको निर्माणलाई चौतर्फी रुपमा बढाएको छ,"तिब्बतको विकास गर्ने पूराना पुस्ताको भावना"र दुईवटा राजमार्गको निर्माण गर्ने अनुभवलाई जोडतोडका साथ प्रचारप्रसार गरेको छ, विकास तथा स्थिरतालाई महत्वपूर्ण स्थानमा राखेको छ। तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको सत्ता आधार र सत्ता स्थान सुदृढ पारिएको छ।

विगत पचास वर्षमा तिब्बतमा ठूलो परिवर्तन भएको छ। तिब्बतको पचास वर्षको उज्ज्यालो इतिहास र विशाल उपलब्धि माउ च तुङ्ग, तङ्ग स्याउ फिङ्ग, च्याङ्ग च मिनको नेतृत्वमा भएको ‌‌‌तीन पुस्ता नेतृत्वदायी समूह, महासचिव हु चिन थाउको नेतृत्व र महासचिव सी चिन फिङ्गको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले ध्यान दिएको नतिजा हो र चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता महासचिव सी चिन फिङ्गको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सीमावर्तीको शासन र तिब्बतलाई स्थिर पार्ने महत्वपूर्ण विचारधारा र कार्यनीति तिब्बतमा सफल कार्यान्वयन हो। वास्तविकताको प्रमाणअनुसार,चिनियाँ कम्युनिष्ट पार्टीको जातीय नीति सही भएको छ। जातीय क्षेत्रीय स्वशासित व्यवस्था सर्वश्रेष्ठतायुक्त छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई कायम राख्ने, समाजवाद व्यवस्थालाई कायम राख्ने,जातीय क्षेत्रीय स्वशासित व्यवस्थालाई कायम राखे मात्र तिब्बतमा समृद्धि,मेलमिलापयुक्त र प्रगतिको आजको र अझै सुखमय र उज्ज्यालो भविष्य रहने छ। यस अवधिमा तिब्बतको विभिन्न जातिका जनताले महासचिव सी चिन फिङ्गको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विशेष ध्यानाकर्षणप्रति कृतज्ञता ज्ञापन गरेका छन् र चिनियाँ जनताको निःस्वार्थ सहायताप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

आजको समारोहमा उपस्थित नेताहरु, कमरेडहरु र मित्रहरु, सीमावर्तीको शासन गर्ने र तिब्बतलाई स्थिर पार्ने उपलब्धि इतिहासमा लेखिने छ। तिब्बत कार्यको सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैठौं गोष्ठीले हामीलाई सुन्दर निलो खाका तयार गरेको छ। महासचिव फिङ्गको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नेतृत्वमा चीनको विशेषतायुक्त समाजवादको झण्डा ठडाएर तङ्ग स्याउ फिङ्ग विचार तथा धारणा,"तीन प्रतिनिधि"महत्वपूर्ण सिद्धान्त,वैज्ञानिक विकास अवधारणाको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन र चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक र चौथो पूर्ण बैठकको भावनालाई गहन रुपमा व्यवहारमा उतार्ने,तिब्बत कार्यको सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैठौं गोष्ठीको भावनालाई गहन रुपमा व्यवहारमा उतार्ने, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङ्गको महत्वपूर्ण सम्बोधनको भावनालाई गहन रुपमा व्यवहारमा उतार्ने,चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्गको महत्वपूर्ण सम्बोधन र निर्देशनको भावनालाई गहन रुपमा व्यवहारमा उतार्ने,मूल्यवान सुअवसरको सदुपयोग गर्ने,चीनका अरु क्षेत्रको सहायतालाई राम्रोसँग प्रयोग गर्ने, आत्मनिर्भर भएर जातीय एकतालाई बढाउने,कानूनबमोजिम तिब्बतको शासन गर्ने,आर्थिक विकासलाई प्रबर्द्धन गर्ने,सर्वसाधारणको जीवनस्तरको सुधार गर्न प्रयास गर्ने,सुन्दर र मेलमिलापयुक्त सुखमय समाजवादी नयाँ तिब्बतको निर्माण गर्ने र चीन राष्ट्रको पुनःरुत्थान साकार तुल्याउने चीन सपनाका लागि प्रयास गर्ने हाम्रो अठोट छ।

महान् मातृभूमिको समृद्धिको शुभकामना

चीनका विभिन्न जातिका जनतालाई सुख तथा सुस्वास्थ्यको शुभकामना

तिब्बतको भविष्य अझै उज्ज्यालो होस्,

विभिन्न जातिका जनताहरु टासी देलेक।

जानकारी तथा लेखहरु