फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासामा तिब्बत स्वायत्त प्रदेशको स्वर्ण महोत्सव सम्पन्न

(GMT+08:00) 2015-09-08 18:17:47

       आज सेप्टेम्बर आठ तारिख विहान तिब्बतका विभिन्न क्षेत्रका लगभग बीस हजार व्यक्तिहरु ल्हसामा भेला भएर तिब्बत स्वायत्त प्रदेश स्थापनाको पचासौँ वार्षिकोत्सव मनाएका छन्। चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङ सो समारोहमा सहभागी हुनुभएको छ।

        यु चङ शङले तिब्बतको शान्ति र स्थिरताको सुरक्षा गर्नु, तिब्बतको समृद्धिलाई साकार तुल्याउनु चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न जातिका जनताको साझा इच्छा रहेको भन्नुभयो। उहाँले विभिन्न जाति बीचको एकतालाई बलियो बनाउने र कानून रुपमा तिब्बतलाई व्यवस्थित पारिने बताउनुभयो। तिब्बतका जनताको आय बृद्धि गर्ने, शिक्षाको अवस्थालाई अझै राम्रो बनाउने, चिकित्सा र सामाजिक सुरक्षालाई अझै सुधार गर्नका लागि केन्द्रीय सरकारले तिब्बतमा विशेष नीतिलाई लागू गर्ने कुरामा उहाँले जोड दिनुभयो।

        आजको समारोहमा चीनका उप प्रधानमन्त्री लिउ येन तौंले चिनियाँ कम्युनिष्ट पार्टी, राष्ट्रिय जन काङग्रेस स्थायी समिति, राज्य परिषद, जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति, केन्द्रीय सैन्य आयोग आदि विभागद्बारा तिब्बत स्वायत्त प्रदेशलाई पठाएको सन्देश प्रस्तुत गर्नु भएको थियो। चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पठाउनु भएको शुभकामना सन्देश तिब्बत स्वायत्त प्रदेशलाई हस्तान्तरण गर्नुभयो।

जानकारी तथा लेखहरु