फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"क्यामरामा चीन-बंग्लादेशको मित्रता" शीर्षकको फोटो प्रदर्शनी

(GMT+08:00) 2015-12-01 15:35:21

          चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको बङ्ग्लादेशी सेवा, बङ्ग्लादेशका लागि चिनियाँ राजदूताबास र बङ्ग्लादेशी राष्ट्रिय संग्रहालयको संयुक्त तत्त्वावधानमा आयोजित "क्यामरामा चीन-बंग्लादेश मित्रता" शीर्षकको इन्टरनेट फोटो प्रतियोगिताको पुरस्कार वितरण समारोह अर्थात् श्रेष्ठ फोटो प्रदर्शनी गत नोभेम्बर पाँच तारिखदेखि बङ्ग्लादेशी राष्ट्रिय संग्रहालयमा औपचारिक रुपमा शुरु भएको थियो।

          बित्तीय र योजना सम्बन्धी बङ्ग्लादेशी राज्य मन्त्री एम.ए.मान्नान, बङ्ग्लादेशी राष्ट्रिय संग्रहालयका प्रमुख फाइजुल लाटिफ चौधरी, बङ्ग्लादेशी राष्ट्रिय टेलिभिजन स्टेशनका निर्देशक काजी अग्तारुद्दिन अहमद, बङ्ग्लादेशका लागि चिनियाँ राजदूताबासका संस्कृति काउन्सिलर छन स्वाङ र सिआरआई बङ्ग्लादेशी सेवाका उपप्रमुख छाउ येन ह्वाले उद्धाटन समारोहलाई सम्बोधन गर्दै फोटो प्रतियोगितका बिजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको छ। बङ्ग्लादेशका विभिन्न क्षेत्रका लगभग दुईसय मैत्रीपूर्ण व्यक्तिहरू सो उद्धाटन समारोहमा उपस्थिति हुनुहुन्थ्यो।

          फोटो प्रदर्शनीको अवलोकन गरेपछि बङ्ग्लादेशी राज्य मन्त्री मान्नानले प्रदर्शनीबाट चीन-बङ्ग्लादेश मित्रताले आफूलाई ज्यादै प्रभावित पारेको बताउँदै बङ्ग्लादेश र चीन बीचको मित्रता अमर रहोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ।

1 2 3
जानकारी तथा लेखहरु