फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनबृहत्त सभाभवनको परिचय

(GMT+08:00) 2016-03-05 14:56:50

हाल चीनको राजनीतिमा सबैभन्दा महत्वपूर्ण मानिएका दुईवटा राष्ट्रिय अधिवेशन अर्थात् चिनियाँ राष्ट्रिय जनकंग्रेस र चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन जारी रहेका छन्। 3 तारिख दिउँसो चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन पैचिंगस्थित जनबृहत्त सभा भवनमा शुरु भयो। त्यसैले आजको घुमघाम कार्यक्रममा मैले जनबृहत्त सभा भवनको बारेमा जानकारी दिनगइरहेकी छु।

थ्यान आन मन चोक चीनको राजधानी पैचिङ्गको मात्र होइन चीनको पनि एउटा प्रसिद्ध ठाउँ हो। थ्यान आन मन चोकको पश्चिमतिर जनबृहत्त सभाभवन छ। तपाईँलाई थाहा छ कि एक सय युआनको चिनियाँ मुद्रामा जनबृहत्त सभा भवनको चित्र अङ्कित छ।

सन् 1959मा जनगणतन्त्र चीन स्थापना भएको दशौं वार्षिकोत्सवको उपलक्ष्यमा दश वर्षमा हासिल गरिएका उपलब्धि देखाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषदले दशवटा भवनको निर्माण गर्ने निर्णय गरेको थियो। जनबृहत्त सभाभवन ती दशवटा भवनहरुध्येको एक हो।

सन् 1958 अक्टोबरबाट निर्माण सुरु गरेर सन् 1959 सेप्टेम्बरमा दस महिनाको अवधीमा यसको निर्माण पूरा भएको हो। जनबृहत्त सभाभवनको उचाइ 46 मिटर, लम्बाइ 3 सय 36 मिटर र चौडाइ 2 सय 6 मिटर छ।

जनबृहत्त सभाभवन तीन भागमा विभाजित छ। मध्य भाग महत्वपूर्ण बैठकको आयोजना गर्ने, मनोरञ्जन कार्यक्रम प्रदर्शन गर्ने र सामूहिक भेला गर्न दस हजार मानिस अट्ने भवन हो। उत्तरपट्टि पाँच हजार मानिस अट्ने स्वागत भोजका लागि भवन छ। र दक्षिणपट्टिको भागमा विभिन्न भवनहरु छन्। सामान्य रुपमा राष्ट्रिय जनकाँग्रेसको स्थायी समितिले जनबृहत्त सभा भवनको दक्षिण भागमा बैठक र कार्य गर्ने गर्दछ।

पूर्वी प्रवेशद्वार भवनको मुख्य प्रवेशद्वार हो। पाँचवटा सुनौला ढोकामाथि ठूलो राष्ट्रिय चिन्ह राखिएको छ। ढोकाअगाडिको ठूलो चोक राष्ट्रिय पाहुना स्वागत समारोह र सेनाको सलामी समारोह गर्ने ठाउँ हो। पूर्वी ढोकाबाट प्रवेश गरेर केन्द्रीय हलमा पुग्न सकिन्छ।

केन्द्रीय हलको क्षेत्रफल 3 हजार 6 सय वर्गमिटर रहेको छ। यो केन्द्रीय हल रङ्गीबिरङ्गी ढुंगाद्बारा बनाउनुका साथै वरिपरि बीसवटा ठुला स्तम्भहरु छन्।

केन्द्रीय हलबाट भित्रतिर प्रवेश गर्दा दश हजार मानिस अट्ने मुख्य भवनमा पुगिन्छ। यो सभाहलमा ड्यास लगायत सबै सिटको संख्या दश हजार भएकाले यसलाई दश हजार जनभवन पनि भनिन्छ। यो भवनमा दक्षिणबाट उत्तरसम्मको लम्बाइ 76 मिटर हुनुका साथै पूर्वबाट पश्चिमसम्मको लम्बाइ 60 मिटर छ। साथै उसको उचाइ 33मिटर छ। सभाकक्षभित्र हरेक सिटबाट अध्यक्षको सिट देख्नसकिन्छ।

मुख्य सभाकक्षबाहेक जनबृहत्त सभाभवनमा थाइवानलगायत चीनका विभिन्न प्रान्त, केन्द्र-शासित शहर र विशेष प्रशासनिक क्षेत्रको नाममा 33 वटा सभाकक्ष रहेका छन्। विभिन्न सभाकक्षमा विभिन्न प्रान्तका विशेषतायुक्त वस्तु राखिएका छन्।

अब म अर्को विशेषतायुक्त भवनबारे चर्चा गर्दैछु।

तेस्रो तल्लामा रहेको केन्द्रीय भवन पार्टी र चीनका नेतागणले विदेशी राष्ट्रनायकसँग भेट-घाट गर्ने र विदेशी राजदुतले आफ्नो ओहोदाको प्रमाण-प्रत्र पेश गर्ने ठाउँ हो। साथै चिनियाँ राष्ट्रनायकहरुले त्यहाँ पत्रकार सम्मेलनको आयोजना पनि गर्नेगर्दछ। सन् 1993 देखि हरेक वर्ष दुईटा राष्ट्रिय अधिवेशनको अवसरमा चिनियाँ प्रधानमन्त्रीले त्यहाँ पत्रकार सम्मेलनको आयोजना गर्ने चलन बस्दै आएको छ। सन् 2010 मा सम्वाददाताको संख्या धेरै भएकाले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पत्रकार सम्मेलन पनि त्यहाँ आयोजित भएको थियो। त्यो भवन निकै सुन्दर र राजकीय भएकाले त्यो भवनलाई सुनौलो भवन पनि भनिन्छ।

हाल जनबृहत्त सभाभवन सर्वसाधारणका लागि खुला गरिएको छ। डिसेम्बरदेखि अर्को मार्चसम्म हरेक दिन नौ बजेदेखि दिउँसो दुई बजेसम्म, अप्रिल महिनादेखि जुन महिनासम्म हरेक दिन बिहान सवा आठबजेदेखि दिउँसो तीन बजेसम्म, जुलाइ तथा अगष्ट महिनामा हरेक दिन बिहान साढे सातदेखि दिउँसो चारबजेसम्म र सेप्टेम्बरदेखि नोभेम्बरसम्म हरेक दिन बिहान साढे आठदेखि दिउँसो तीन बजेसम्म सर्वसाधारणका लागि जनबृहत्त सभाभवन खुल्ने गर्छ।

जानकारी तथा लेखहरु