फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा थाड प्रणाली प्रक्रिया बन्द गर्न सम्बन्धित मुलुकसँग आग्रह

(GMT+08:00) 2017-03-29 18:30:33
 

चीनले चीन लगायत सम्बन्धित मुलुकहरूको समुन्नत भविष्यको ख्यालगरीसही व्यवहारतथा आफ्नो मूलभूत हितलार्इ मध्य नजरमा राखी क्षेप्यास्त्र विरुद्धको प्रणालीथाडको तैनाथ प्रक्रिया बन्द गर्नविभिन्न पक्षसँग पुन: एकपल्ट आग्रह गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज उन्नतीस तारिख उक्त कुरा बताउनुभएको हो।

रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले हिजो गणतन्त्र कोरियामा अमेरिकी क्षेप्यास्त्र विरुद्धको प्रणाली तैनाथ गरिने कदमको रुस र चीन दुवैले विरोध गरेको बताउँदै त्यस कारवाईबाट क्षेत्रीय सुरक्षामा नकारात्मक असर पर्ने औंल्याउनुभएको छ।

अमेरिकाले यस क्षेत्रमा क्षेप्यास्त्र विरुद्धको प्रणाली स्थापना गर्ने विषयलार्इ चीनले सधैं नै विरोध गर्दैआएको पनि प्रवक्ता लु खाङले पुन:पुष्टी गर्नुभएको छ।

जानकारी तथा लेखहरु