फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चार अन्तर्राष्ट्रिय विमानस्थलमा ६० अर्ब लगानीको योजना

(GMT+08:00) 2017-03-30 18:30:30

नेपाल सरकारले आगामी तीन आर्थिक वर्षभित्र निर्माणाधीन तथा क्षमता अभिवृद्धिको चरणमा रहेका चारवटा अन्तर्राष्ट्रिय विमानस्थलका लागि करिब ६० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७४–७५ देखि आव २०७६–७७ सम्मको बजेट सीमा सार्वजनिक गरेको नयाँ पत्रिकाले लेखेको छ। जसअन्तर्गत चारवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ६३ अर्ब ८१ करोड ३० लाख रुपैयाँ खर्च गर्ने योजना छ।

मन्त्रालयको बजेट सीमाअनुसार आगामी तीन आवमा हवाई यातायात क्षमता अभिवृद्धि (त्रिभुवन अन्तर्राष्ट्रिय विस्तार आयोजना), दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना (गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा छन्।

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी तीन आवमा करिब ५ अर्ब रुपैयाँ मात्र बजेट सीमा तोकिएको छ। यो विमानस्थल निर्माणको मोडालिटी नबनिसकेको र स्रोतको समेत जोहो हुन बाँकी रहेका कारण व्यवस्थापकीय कार्यका लागि मात्र बजेट छुट्याइने मन्त्रालय स्रोतको भनाइ छ।

तीन आवमा अन्य निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये सबैभन्दा बढी भैरहवा र पोखरा विमानस्थलमा खर्च हुनेछ। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारमा ठूलो रकम खर्च गर्ने योजना सरकारको छ।

जानकारी तथा लेखहरु