चीनको परराष्ट्र मन्त्रालयको हङ्गकङ्ग विशेषदूतका प्रवक्ताले हिजो मार्च 29 तारिख हङ्गकङ्ग मामिला चीनको आन्तरिक मामिला भएको र चीनले कुनै पनि विदेशी संगठनले कुनै पनि उपायबाट हङ्गकङ्ग मामिलामा हस्तक्षेप गरेमा विरोध गर्ने जनाएको छ।
चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत हङ्गकङ्गका विशेषदूतका प्रवक्ताले सोहि दिन पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै हालै अमेरिकी कांग्रेस अन्तर्गत चिनियाँ समितिले हङ्गकङ्गको राजनैतिक प्रमुखको चुनावबारे विज्ञप्ति प्रकाशित गरेकोमा चीनले यसको कडा विरोध गरेको बताएको छ।
हङ्गकङ्ग विशेषदूतका प्रवक्ताले हङ्गकङ्गमा आयोजित यस पटकको चुनाव कानूनबमोजिम भएको र हङ्गकङ्ग समाजको ईच्छाअनुरुप रहेको पनि बताउनुभएको छ।