फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वानका मीठा खाना नेपालमा

(GMT+08:00) 2017-03-30 18:49:19

सन् 2017 नेपाल स छ्वानका मीठा खानेकुरा साँस्कृतिक सप्ताहको उद्धाटन समारोह उन्नतीस तारिख राति काठमाडौंमा आयोजना गरिएको छ। चीनको स छ्वानप्रान्तले पहिलो पटक नेपालमा स छ्वानप्रान्तको विशेषतायुक्त खानेकुरामा आधारित रहेर सांस्कृतिक गतिबिधिको आयोजना गरेको हो।

नेपालका उप-प्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, स छ्वान प्रान्तीय उपप्रमुख चु ह सिन र नेपालका लागि चिनियाँ राजदुत यु होङ उक्त उद्धाटन समारोहमा सम्मिलित हुनुभएको छ।

अर्थमन्त्री महराले उद्धाटन समारोहलाई सम्बोधन गर्दै यस गतिबिधि नेपाल भ्रमणमा रहेका चिनियाँ पर्यटकका लागि मात्र नभई नेपाली सर्वसाधारणका लागि पनि अझ बढी रोजाइका खानेकुरा प्रदान गर्ने बताउनुभयो।

स छ्वान प्रान्तीय उपप्रमुख चुले उक्त उद्धाटन समारोहमा स छ्वान प्रान्तको आर्थिक र सामाजिक विकासको आधारभूत अवस्थाबारे जानकारी दिनुभएको थियो।

जानकारी तथा लेखहरु