फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अप्रिल एक तारिखदेखि चीनमा कार्यरत् विदेशी नागरिकको अनुमोदन व्यवस्था आरम्भगर्ने

(GMT+08:00) 2017-03-30 18:56:06

आगामी अप्रिल एक तारिखदेखि चीनमा कार्यरत् सबैविदेशी नागरिकको अनुमोदन व्यवस्था सारा चीनभरि औपचारिक रुपमा आरम्भ गरिने सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त अनुमोदन व्यवस्था पूर्ण रुपमा लागू हुने सिलसिलामा पहिलेका "चीनमा कार्यरत् विदेशी विशेषज्ञको अनुमोदन पत्र" र "चीन प्रवेशसँगै काम गर्ने विदेशी नागरिकको अनुमोदन पत्र" दुवैलाई हालको चीनमा कार्यरत् विदेशी नागरिकको अनुमोदन व्यवस्थामा मिलाइएको छ।

जन-शक्ति स्रोत तथा सामाजिक प्रत्याभूति मन्त्रालयका उपप्रमुख एवम् राष्ट्रिय विदेशी विशेषज्ञ ब्युरोका प्रमुख चाङ चेन कोले आज तीस तारिख शाङ्गहाईमा आयोजित चीनमा कार्यरत् सबैविदेशी नागरिकको अनुमोदनव्यवस्थाको आरम्भ गरिने समारोहलाई सम्बोधन गर्दै उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु