चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले पाँच तारिख "एक पेटी एक मार्ग" प्रस्ताव चीनद्वारा प्रस्तुत गरिएको तर "एक पेटी एक मार्ग"को निर्माण सबै मिलेर गरिरहेको तथा चीनले "व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभ"को अवधारणालार्इ पछ्याए अनुसार सबैले सँगसँगै परामर्श गर्ने, काम गर्ने र लाभान्वित हुने मुख्य उद्देश्यलार्इ सधैं नै कायम राखिरहेको बताउनुभएको छ।
"एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च शुरु हुन अब दश दिन पनि बाँकी छैन। विभिन्न पक्षले यो मञ्चमाथि उच्च ध्यान दिएको छ। तर केही पश्चिमाको विचारमा "एक पटी एक मार्ग" प्रस्ताव "साझा विजयी" होइन र चीनद्वारा नियन्त्रण गरिएको हो। प्रवक्ता कङले पत्रकार सम्मेलनमा जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।
कङले चीनले उक्त शिखर मञ्चमा सहभागी पक्षहरूसँग "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च सफल बनाउनका लागि संयुक्त रुपमा अगाडि बढाउने प्रयास गर्ने आशा लिएको बताउनुभयो।