फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा निर्मित विशाल वायुयानको पहिलो सफल उडान

(GMT+08:00) 2017-05-05 18:36:26

चीनमा निर्मित विशाल वायुयान सी-919को पहिलो उडान मे पाँच तारिख दिउँसो शाङ्गहाई फुतुङ अन्तर्राष्ट्रिय विमानस्थलमा सफलताका साथ गरिएको छ।

सी-919को पहिलो उडानको क्रममा उड्नु अघिको परिक्षण, जमिन छोड्नु, माथि आकाशतर्फ उडनु, आकाशमा निरन्तर एक उचाइमा उड्नु लगायत पाँच वटा चरण समावेश छ। १६८ वटा सिट भएको यस सी-919 विमान अन्तर्राष्ट्रिय मापदण्ड वमोजिम बनाइएको हो र अन्तर्राष्ट्रिय बजारमा पाइने सोही स्तरका विमानभन्दा धेरै क्षेत्रमा अग्र स्थानमा रहेको जनाइएको छ। सी-919 वायुयानमा कुइरो तथा धुँवालो भएको दृष्टि कमजोर अवस्थामा पनि सुरक्षित रूपमा उडाउन र अवतरण गराउन सक्ने क्षमतायुक्त सेन्सर खडा गरिएको छ र जमिन तथा वायु बीच तारहीन ब्रोडब्याण्ड प्रविधिको प्रयोग गरेकाले यात्रुहरुले आकाशमा पनि नेटवर्कमार्फत जमिनबीच सम्पर्क गर्न पाउँछन्।

प्राप्त जानकारी अनुसार, पहिलो सफल उडानपछि सी-919को अनुसधान तथा उत्पादन नयाँ चरणमा प्रवेश हुने छ र भविष्यमा सी-919का छ वटा परिक्षात्मक विमानको उत्पादन गरिने छ जुन फरक फरक परिक्षात्मक कार्यमा प्रयोग गरिने छ।

सी-919को अनुसन्धान तथा उत्पादन योजनानुसार, उडानलार्इ उपयुक्त भन्ने प्रमाणपत्र पाएपछि सो विमान बजारमा प्रवेश गराइने छ। हालसम्म अमेरिका, जर्मनी, थाइल्याण्डका एयरलाइन्सहरु लगायत चिनियाँ एयरलाइन्सहरुले जम्मा गरी ५७० वटा सी-919 वायुयान खरीदका लागि अडर गरिसकेका छन्।

उक्त विशाल वायुयान फुतुङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको एक घण्टापछि सोही विमानस्थलमा सफल अवतरण गराइएको थियो।

जानकारी तथा लेखहरु