फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट आयातीत मोबाइलमा निर्भर नेपाली बजार

(GMT+08:00) 2017-05-06 15:14:49

चीनबाट नेपालमा आयात हुने मोबाइलको संख्यामा वार्षिक दुई गुणाको हाराहारीमा वृद्धि हुँदै गएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत पाँच वर्षदेखि निरन्तर रूपमा चीनबाट आयात हुने मोबाइलमा ठूलो संख्याले वृद्धि भएको छ।

आर्थिक वर्ष २०७२/०७३ मा नेपालमा आयात भएको कुल मोबाइलको ९० प्रतिशत हिस्सा चीनबाट आयात भएको मोबाइलको रहेको छ। यसले नेपालको मोबाइल बजार चीनबाट आयात हुने मोबाइलमा निर्भर रहेको देखाउँछ।

नेपाल मोबाइल आयात संघका महासचिव अमित अग्रवालले पछिल्लो समयमा चिनियाँ ब्रान्डप्रति ग्राहकको आकर्षण बढ्नुका साथै अन्य ब्रान्डका मोबाइल पनि चीनमै एसेम्बल भएर आउने भएकाले चीनको बाटो भएर नेपालमा मोबाइल भित्रिने संख्या ठूलो भएको बताएको अन्नपूर्णपोस्टे लेखेको छ।

आर्थिक वर्ष (आव) २०६८/०६९ मा १८ लाख ६६ हजार मोबाइल चीनबाट आयात भएकोमा आव २०७२/०७३ मा ४४ लाख ६२ हजार मोबाइल सेट चीनबाट नेपालमा भित्रिएको छ। आव २०६८/०६९ देखि २०७२/०७३ सम्मको पाँचवर्षे अवधिलाई तुलना गरी हेर्दा चीनबाट हुने मोबाइल आयातमा २.४१ प्रतिशतले वृद्धि भएको छ। मूल्यको आधारमा हेर्ने हो भने यो अवधिमा ३.०१ गुणाले वुद्धि भएको पाइन्छ। आव २०६८/०६९ मा चार अर्ब ६२ करोड ५४ लाख ६४ हजार मूल्यबराबरको मोबाइल भित्रिएकोमा आव २०७२/०७३ मा आइपुग्दा १३ अर्ब ९२ करोड ४५ लाख मूल्यको मोबाइल चीनबाट भित्रिएको छ। केन्द्रले आव २०७३/०७४ को पहिलो आठ महिनाको मोबाइल आयात रिपोर्ट पनि तयार पारिसकेको छ। यो आवको पहिलो आठ महिनामा आयात भएको मोबाइलाई मध्यनजर गर्ने हो भने वर्षको अन्त्यसम्ममा गत आर्थिक वर्षको तुलनामा दोब्बर नै मोबाइल आयात हुने अनुमान गर्न सकिन्छ। यो आवको आठ महिनामै ११ अर्ब ८८ करोड ६२ लाख ८७ हजार मूल्यबराबरको ३४ लाख ९० हजारभन्दा बढी मोबाइल भित्रिसकेको छ।

आव २०७१/७२ मा ३४ लाख ९७ हजार मोबाइल सेट चीनबाट भित्रिएको थियो। उक्त अवधिमा चीनबाट नेपालमा नौ अर्ब ८० करोड ८६ लाख ३४ हजार रुपैयाँको मोबाइल आयात भएको छ।

नेपालमा आयात हुने कुल मोबाइलको ९० प्रतिशत हिस्सा चीनले ओगटेको छ।

जानकारी तथा लेखहरु