फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब ४ तहका सरकारी अस्पताल हुने

(GMT+08:00) 2017-05-06 15:16:27

स्वास्थ्य मन्त्रालयले नयाँ संघीय संरचनामा चार तहका अस्पतालहरु रहने व्यवस्था गरेको छ। मन्त्रालयले बनाएको नेपाल स्वास्थ्य पुर्वाधार विकास मापदण्ड २०७४ मा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीय स्तरका प्राथमिक, द्धितीय, तृतीय र विशिष्टीकृत गरी चार स्तरका अस्पतालको व्यवस्था गरिएको हो।

वडास्तरमा भने कम्तीमा स्वास्थ्य चौकी वा जनता स्वास्थ्य केन्द्र वा सामुदायिक स्वास्थ्य इकाई हुनेछन्।

साथै मापदण्डमा अस्पतालहरुलाई सेवाका आधारमा पनि वर्गिकरण गरिएको छ। यसअघि शैयाका आधारमा अस्पताललाई वर्गिकरण गरिदै आएकोमा अबदेखि अस्पतालले दिने सेवाका आधारमा अस्पताललाई वर्गिकरण गरिने भएको अनलाइनखबरले लेखेको छ।

मापदण्डमा सबै तहका अस्पतालमा बायोमेडिकल तथा सहयोगी उपकरणहरूको खरिद, सञ्चालन, मर्मत सम्भार र व्यवस्थापनलाई बैज्ञानिक बनाइने, उपकरणको व्यवस्थापन र मर्मतसम्भारलाई थप सबलीकरण गर्ने उल्लेख छ।

स्वास्थ्य संस्थाका संरचनाहरु जथाभावी बन्ने कार्यलाई निरुत्साहित गर्दै नयाँ संरचना निर्माण गर्दा भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गरी निर्माण गर्नु पर्ने नयाँ मापदण्डमा व्यवस्था गरिएको छ।

जानकारी तथा लेखहरु