फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तरकारी खेतीबाटै मनग्य आम्दानी

(GMT+08:00) 2017-05-06 15:18:33
देशका युवाहरू विदेशिने क्रम बढीरहेको बेलामा रौतहटका करिव दर्जन गाउँका किसानहरूले बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन्।
जिल्लाको हजमिनिया, सरुअठा, झुनखुनवा, भेडियाही लगायतका गाउँका किसानहरुले नियमित रुपमा व्यावसायिक तरकारी खेती गर्दै आएका र यसबाट किसानको आय बढ्नुका साथै भारतबाट हुने तरकारीको आयातमा पनि कमि आएको नागरिकन्यूजले लेखेको छ।
त्यहाँका किसानहरूले बेमौसमी तरकारी उब्जाएर मनग्य आम्दानी गरिरहेका छन्। एक बिगाहा खेतमा नियमित तरकारी खेती गरेर मासिक बीसदेखि तीस हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनीहरू बताउँछन्। किसानहरूले उब्जाएको तरकारी राजधानी काठमाडौँसम्म पुगिरहेको छ।
त्यसैगरी जिल्लाको पूर्वी भेगमा बग्ने बागमतीको बगरमा पनि तरकारी खेती हुन थालेको छ। बागमती किनारका गाउँहरू ब्रह्मपुरी र कटरवन लगायतका गाउँका किसानहरू बगरमा परवल उब्जाएर राम्रो कमाइ गरिरहेका छन्।
तरकारी खेतीमा लगानीको तुलनामा आम्दानी धेरै भएको किसानहरु नै बताउँछन्। पानी, ज्याला, खनजोत, मलखाद, बीउ समेत गरी प्रतिकठा पाँचदेखि सात हजारसम्म रुपैयाँसम्म तरकारी खेतीमा लाग्ने गरेको छ। बीउ, मलखाद, सिँचाइ आदि सम्पूर्ण काम किसानले आफैँले गरिरहेकोमा सरकारी अनुदान भएमा किसानले झन् राम्रो गर्ने बताउँछन्। तरकारी खेतीको लागि अहिलेसम्म सरकारी अनुदान केही पनि नपाउँदा सरकारप्रति किसानहरु क्षुब्ध देखिएका छन्।
जिल्लाको विभिन्न गाउँमा गरी बन्दाकोभी ८०० हेक्टर, काउली १६४०, गोडभेंडा ४१०, मूला ५०, भिन्डी १७००, काँक्रो ३५०, फर्सी २५०, करेला ६५०, परवल २००, बोडी ३००, लौका १२६०, खुर्सानी ४२५, भन्टा ५०० हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ।
जानकारी तथा लेखहरु