फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघीय महासचिवद्वारा सुधारलाई निरन्तर बढाउन आग्रह

(GMT+08:00) 2017-05-06 15:22:06
राष्ट्र संघीय महासचिव एन्टोनियो गुटरसले संयुक्त राष्ट्र संघको सुधार प्रगतिबारे सदस्य मुलुकलाई एक चिट्ठी पठाउँदै विकास प्रणाली तथा सुरक्षा आदि क्षेत्रको सुधारलाई निरन्तर रुपमा बढाउन आग्रह गर्नुभएको छ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकका अनुसार, दिगो विकास, जलवायु परिरवर्तन, दीर्घकालीन शान्ति, विकास पूँजीको संकलन क्षेत्रमा सदस्य मुलुकहरुले केही विश्वव्यापी सन्धि गरिसकेका छन्। संयुक्त राष्ट्र संघले अझ प्रभावकारी भूमिका खेलेर साझा रुपमा चुनौतिको सामना गर्न र अवसरलार्इ अपनाउनका लागि महासचिव गुटरसले सुधारलाई निरन्तर रुपमा अगाडि बढाउने इच्छा व्यक्त गर्नुभएको छ।

चिट्ठीमा लैंगिक समानता, विकास प्रणालीको सुधार, शान्ति तथा सुरक्षा प्रारुपको सुधार, संयुक्त राष्ट्र संघको व्यवस्थापन, आतंकवाद विरोधी नयाँ कार्यालय, सूचनाबाहकको सुरक्षा आदि सुधारको प्रगति स्पष्ट पारिएको जनाइएको छ।

जानकारी तथा लेखहरु