फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा कर सुधारपछि हालसम्म 24अर्ब 70 करोड चिनियाँ युआनको कर मिनाहा

(GMT+08:00) 2017-05-06 16:30:24
सन् 2013देखि तिब्बतले राष्ट्रिय बनौटमूलक करलार्इ घटाउने नीतिको व्यवहारलाई सबल पारेर व्यापारिक करबाट मूल्य अभिवृद्धि करसम्मको सुधारलाई अघि बढाउँदैआएको छ। तिब्बती कर व्यूरोको तथ्याँकअनुसार, सन् 2013देखि चालू वर्ष मार्चसम्म कर विभागले 24अर्ब 70 करोड चिनियाँ युआनको असुल्नु पर्ने कर मिनाहा गरेको छ। सन् 2013मा 2 अर्ब 56करोड 70लाख चिनियाँ युआन, सन् 2014मा 3 अर्ब 47 करोड चिनियाँ युआन, सन् 2015मा 4 अर्ब 15 करोड 70लाख चिनियाँ युआन र 2016मा 12 अर्ब 94 करोड चिनियाँ युआनको कर मिनाहा गरिएको छ।

तिब्बत स्वायत्त प्रदेशअन्तर्गत कर व्यूरोका प्रमुख तुङ्ग थाउका अनुसार, कर व्यवस्थाको सुधार र करलाई घटाउने नीतिले व्यवसायीको बोझलाई प्रत्यक्ष रुपमा कम पार्नुका साथै पश्चिमी भागको राष्ट्रिय विकास रणनीति, आपूर्तिसम्बन्धी बनौटमूलक सुधार र व्यवसायको ढाँचा परिवर्तन तथा गुणस्तरलार्इ माथि उकास्नका लागि सहयोगी भएको छ।

जानकारी तथा लेखहरु