फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकासँग आर्थिक तथा व्यापारिक सम्बन्ध विकास गर्ने चीनको इच्छा

(GMT+08:00) 2017-07-19 18:35:54

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले चीन-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको चालीस वर्षयता द्वीपक्षीय आर्थिक तथा व्यापारिक सहयोगको उपलब्धिले दुई देशका जनता तथा विश्वलाई फाइदा पुगेको बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। चीन-अमेरिका पहिलो आर्थिक वार्ता अमेरिकी समयअनुसार उन्नाइस तारिख वाशिन्टनमा सुरु भएको छ। सो वार्ताबाट चीन-अमेरिका आर्थिक सम्बन्धको व्यावहारिक विकास भएर आर्थिक समस्या समाधान हुनसक्छ कि भन्नेबारे चर्चा गर्दै प्रवक्ता लु खाङले चीन-अमेरिका आर्थिक सम्बन्धका लागि आपसी हियुक्त आर्थिक तथा व्यापारिक सहयोगको दिगो, स्वस्थ र स्थिर विकासलाई कायम राख्नु नै निकै महत्वपूर्ण भएको बताउनुभयो। उहाँले दुई देशबीच आर्थिक सम्पर्क बढेसँगै केही मतभेद तथा द्वन्द्व पनि देखिएको तर यो सामान्य कुरा भएको भन्दै दुई पक्षले आपसी सम्मानको आधारमा सहयोगको स्तर र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई बढाएर वार्तामार्फत त्यसको समाधान गर्नसक्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु