नेपालको तराईका जिल्लामा स्थानीय जातको धान लोप हुँदै गएको छ। नेपालमा 52 मध्ये झन्डै 45 जातका धान लोप भएको जिल्ला कृषि कार्यालयले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।
कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पछिल्लो समय तराईका जिल्लामा स्थानीय जातको धान लोप भएको छ। किसानले उत्पादकत्व हेरी धानको बिउ फेरेपछि पुराना लोप भएको उहाँले बताउनुभयो। झन्डै 45 जात धान लोप भएको प्राविधिक सहायक लामिछानेले बताउनुभयो।
बाँस पाते, कनकजिरा, रतुवा, सुगन्ध, पहाडी अनदी, मधेसी मसिनो, एक्लो पहेले, साँवा, रामधानलगायत 52 जातका धानमध्ये किसानले सावित्री, रामधान, राधा 4, साँवा धान, अर्दिनाथ 1, र सुख्खा 2/4 मात्र लगाउन थालेको कार्यालयले जनायो। बारा, पर्सा, सर्लाही, रौतहटलगायतको जिल्लामा समेत पुराना स्थानीय जातको धान हराउन थालेको छ।
http://kantipur.ekantipur.com/news/2017-07-20/20170720084024.html